
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार राति युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र त्यसपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोन वार्ता गरेका छन् । रुस र युक्रेन युद्धको विषयमा ट्रम्प र पुटिनबीच करिब २ घण्टा छलफल भएको थियो ।
पुटिनले वार्तालाप धेरै राम्रो भएको बताएका छन् । कुराकानीपछि उनले सामाजिक सञ्जाल ट्वीटरमा 'यदि सही सम्झौता भएमा रूस र युक्रेनबीच केही समयको लागि युद्धविराम सम्भव' भएको बताएका छन् । 'मैले पुटिनसँग दुई घण्टा कुरा गरें। रुस र युक्रेनले युद्धविराम र अझ महत्त्वपूर्ण कुरा, युद्धको पूर्ण अन्त्यको लागि तुरुन्तै वार्ता शुरू गर्नुपर्छ,' उनले भनेका छन्, 'मलाई लाग्छ यो धेरै राम्रो भयो। रूस र युक्रेनले तुरुन्तै युद्धविराम र अझ महत्त्वपूर्ण कुरा युद्धको अन्त्यको लागि वार्ता शुरू गर्नेछन्। त्यसको लागि सर्तहरू दुई पक्षहरूबीच वार्ता गरिनेछ ।'
ट्रम्पले रुस र युक्रेनबीच तुरुन्तै वार्ता शुरू हुने बताएका छन् । 'मैले युक्रेनी राष्ट्रपति जेलेन्स्की र धेरै युरोपेली नेताहरूलाई फोन गरेर यसबारे जानकारी गराएको छु। पोपले वार्ता आयोजना गर्न इच्छुक रहेको बताएका छन्,' उनले भनेका छन् ।
रूसले यो विनाशकारी रक्तपात समाप्त भएपछि संयुक्त राज्य अमेरिकासँग ठूलो मात्रामा व्यापार गर्न चाहेको र त्यसमा आफू म सहमत भएको ट्रम्पले बताएका छन् । 'रूसले यो विनाशकारी रक्तपात समाप्त भएपछि संयुक्त राज्य अमेरिकासँग ठूलो मात्रामा व्यापार गर्न चाहन्छ र म सहमत छु। रूसको लागि ठूलो मात्रामा रोजगारी र सम्पत्ति सिर्जना गर्ने ठूलो अवसर छ। यसको सम्भावना असीमित छ,' उनले लेखेका छन् ।' युक्रेन आफ्नो देशको पुनर्निर्माणको प्रक्रियामा व्यापारमा ठूलो लाभार्थी हुन सक्ने उनको भनाइ छ ।
— Donald J. Trump (@realDonaldTrump) May 19, 2025
रुसी समाचार एजेन्सी तासका अनुसार पुटिनले युक्रेनसँग शान्ति सम्झौताको मस्यौदा तयार रहेको बताएका थिए । द्वन्द्वको वास्तविक कारण हटाउनु पर्ने उनको भनाइ थियो ।
जेलेन्स्की र ट्रम्पबीच केही मिनेट मात्र कुराकानी भएको थियो, जसको विस्तृत जानकारी अझै सार्वजनिक गरिएको छैन ।
जनवरी २० मा शपथ लिएपछि ट्रम्पले रुसी राष्ट्रपतिसँग तीन पटक कुरा गरिसकेका छन् । फेब्रुअरी १२ मा ट्रम्प र पुटिनले युक्रेन युद्ध अन्त्य गर्न वार्ता गरेका थिए । मार्च १८ दुवै नेताहरूले युक्रेनमा युद्धविराम र शान्तिबारे छलफल गरेका थिए । मे १९ अर्थात् गएराति दुवैले दुई घण्टाभन्दा बढीको टेलिफोन वार्ता गरेका हुन् ।
पुटिनले भने- रूस सम्झौताको लागि तयार छ
ट्रम्पसँग कुरा गरेपछि पुटिनले मिडियासँग कुरा गर्दै रूस सम्झौता गर्न तयार रहेको बताएका छन् । यद्यपि, कस्तो प्रकारका सम्झौताहरू हो भन्ने कुरा अझै स्पष्ट छैन।
यसअघि मे १६ मा रूस र युक्रेनबीचको युद्ध रोक्न टर्कीको इस्तानबुलमा वार्ता भएको थियो। टर्कीका अधिकारीहरूले मध्यस्थता गरेको वार्तामा दुवै देशका प्रतिनिधिमण्डलहरू उपस्थित थिए। यो कुराकानी २ घण्टाभन्दा कम समयसम्म चलेको थियो ।
रुसी राष्ट्रपति पुटिनले उपस्थित हुन अस्वीकार गरेका थिए । त्यसपछि रुसी प्रतिनिधिमण्डलको नेतृत्व पुटिनका सहयोगी भ्लादिमिर मेन्डिन्स्कीले गरेका थिए ।
यसमा दुई देशबीच युद्ध रोक्ने सम्बन्धमा कुनै सम्झौता भएन । युक्रेनी अधिकारीका अनुसार वार्ताको लागि कम्तिमा अस्थायी युद्धविराम एउटा सर्त थियो, जुन रुसले स्वीकार गर्न अस्वीकार गर्यो।
रुस र युक्रेनबीच फेब्रुअरी २०२२ देखि युद्ध चलिरहेको छ। विगत ३ वर्षमा पहिलो पटक दुई देशबीच शान्तिबारे प्रत्यक्ष वार्ता भएको थियो। युक्रेनी प्रतिनिधिमण्डलको नेतृत्व रक्षामन्त्री रुस्तम उमरोभले गरेका थिए । वार्ताअघि,जेनेल्स्कीले ट्रम्प र टर्कीका राष्ट्रपति एर्दोगानको सम्मान गर्ने भएकाले यो निर्णय लिएको बताएका थिए ।