×

NMB BANK
NIC ASIA

उम्मेदवारसँग सुकुम्बासी बस्तीका युवाको माग-‘हामीलाई घरबार हैन रोजगार देऊ’

मंसिर १८, २०७४

NTC
Premier Steels

इटहरी, १८ मंसिर — गत साउन २७ गते इटहरीमा आएको विनाशकारी बाढीले आठजनाको ज्यान लियो । त्यसमा चारजना त इटहरी–४ स्थित गैरीगाउँका खोला किनारवासी थिए । 
ऐलानी जग्गामा बूढी खोला किनारमा रहेको  यो बस्तीमा अहिले नेताहरूको आगमन बढेको छ । दलहरू आउन थालेका छन् । चुनाव नजिकिएसँगै बस्तीसँग नजिकिने नेताहरू पनि बढेको यहाँका स्थानीय बताउँछन् ।

Muktinath Bank

हरेक दिनजसो आउने फरकफरक दलका फरकफरक अनुहारहरू हेर्दै आएका इटहरी गैरीगाउँका १८३ घरका स्थानीयहरूलाई आश्वासन भने सामान आउने गरेका छन् । कसैले ऐलानी जग्गाको धनीपुर्जा दिने सपना बाँडिरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कसैले व्यवस्थित घर बनाइदिने गुलिया गफहरू दिँदै आएका छन् । कसैले भने खोलाको तटबन्धलाई व्यवस्थित गरेर जसरीपनि बस्तीलाई बाढीको सम्भावित प्रकोपबाट  जोगाउने मौखिक र लिखित सपनाहरू बाँड्दै आएका यहाँका स्थानीय सुनाउँछन् । 


Advertisment
Nabil box
Kumari

यसरी फरकफरक  दलहरूका समान तर अपूरा आश्वासनहरू पाउँदै आएको इटहरीको दश वर्ष पुरानो सुकुम्बासीबस्तीका केही युवाहरू यी कुनै पनि कुरामा विश्वास राख्दैनन् । 

Vianet communication

‘चुनाव आएपछि सुकुम्बासी बस्तीमा सपनाहरू बाँडिन थाल्छन्’, स्थानीय युवा सन्तोष रायले भने, ‘तर चुनाव सकिन्छ अनि सबैथोक त्यही पुरानै अवस्थामा जान्छ ।’ 

यस्तै गैरीगाउँका अर्का युवा सुरज लिम्बू पनि सुकुम्बासीलाई दलहरूले भोटको भाँडो मात्रै बनाएको बताउँछन् । भन्छन्, ‘हामीलाई सबै दलहरूले गर्छु भनेका दश प्रतिशत मात्रै काम गरेपनि धेरै हुन्थ्यो ।’ 

लिम्बू जस्तै धारणा राख्छन् १९ वर्षका गैरीगाउँकै स्थानीय युवा सन्तोष काफ्ले । ‘यस्ता गर्न नसक्ने धेरै कामहरू गर्छु भन्नुभन्दा गर्न सक्ने यो तटबन्ध व्यवस्थित मात्रै गरिदिने हो भने धेरै हुन्थ्यो’, काफ्ले भन्छन्, ‘तर यो कुरा सुन्न र गर्न फुर्सत कुनै नेताहरूमा देखिन्न ।’

‘घरबार हैन रोजगार देऊ’

इटहरीको सुकुम्बासी बस्ती गैरीगाउँका धेरैको माग घरबार हो । गैरिगाउँ पुग्ने धेरै दलहरूको आश्वासन पनि घरबारका लागि चाहिने लालपुर्जा नै हो । तर यस्ता माग र आश्वासनभन्दा अलिक  फरक छन बस्तीका केही युवाहरू । 

शिव राय, सन्तोष काफ्ले, सुरज लिम्बू र जीवन केरुङ जस्ता बस्तीका युवाहरू भने घरबारभन्दा रोजगारको पक्षमा छन् । ‘हामीलाई निरन्तर आम्दानीको बाटो चाहिन्छ, त्यो एउटा घर मात्रैले हुन्न’, सुरज लिम्बू भन्छन्, ‘राम्रो र दिगो रोजगार भयो भने बाँकी आफैं हुन्छ ।’ 

यस्तै शिव राय पनि घर र लालपुर्जा अनि जीवनभर रोजगारीका दुई विकल्प हुँदा आफूले रोजगार नै रोज्ने बताउँछन् । भन्छन्, ‘घर भएर पनि घरखर्च भएन भने राम्रो हुँदैन । त्यसैले पहिले घरबारभन्दा रोजगारी देऊ ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x