०३ साउन २०८३, आइतबार

नक्कली प्रमाणपत्रको आरोपमा ​रामदेनी तिवारी आधारभूत विद्यालयका शिक्षकविरुद्ध मुद्दा दायर

जेठ २६, २०८२
काठमाडौं
नक्कली प्रमाणपत्रको आरोपमा ​रामदेनी तिवारी आधारभूत विद्यालयका शिक्षकविरुद्ध मुद्दा दायर

पर्साको रामदेनी तिवारी आधारभूत विद्यालयमा कार्यरत निमावि द्वितीय श्रेणीका शिक्षक चन्देशकुमार चौहानविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ​उनीविरुद्ध सोमबार ​विशेष अदालतमा शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी आरोपपत्र दायर गरेको हो ।

चौहानको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी आयोगमा परेको थियो ।

अनुसन्धानका क्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैयास्थित उक्त विद्यालयमा २०६०/०८/०५ मा निमावि तृतीय श्रेणीमा अंग्रेजी शिक्षकमा स्थायी नियुक्ति भई निमावि द्वितीय श्रेणीको शिक्षक पदमा बढुवा प्रयोजनका लागि उनले नक्कली प्रमाणपत्र पेश गरेको पाइएको आयोगको दाबी छ ।​

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार उनले ​मगध विश्वविद्यालय बोधगयाबाट अंग्रेजीमा स्नातक तह उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रहरू पेश गरेको पाइएको थियो ।

आयोगले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना दुवै सजायको मागदाबी ​गरेको छ। 

salt training

कमेन्ट गर्नुहोस्