०३ साउन २०८३, आइतबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द

भदौ २५, २०८२
काठमाडौं
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले बुधबार एक अर्को सूचना जारी गर्दै देशको विषम परिस्थितिका कारण अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको जनाएको छ । 

‘उपत्यकामा जारी निषेधाज्ञा, कर्फ्यू आदेश, उपत्यकाभित्रको विषम परिस्थिति लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर विमान उडान अवतरण मार्गमा देखिएको धुवाँ लगायतले विमानको सुरक्षामा गम्भीर असर पर्नसक्ने देखिएकोले अर्को सूचना नभएसम्मको लागि विमानस्थल बन्द रहने बेहोरा सम्बन्धित सबैमा जानकारीका लागि पुनः अनुरोध छ’, सूचनामा भनिएको छ । 

विमानस्थल बन्द रहेको अवस्थामा विमानस्थलमा नआइदिन र विमानस्थल खुलेको सूचना भएपश्चात् सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरेर मात्र आउन नागरिक उड्डयन कार्यालयले अनुरोध गरेको छ । 

यसअघि बुधबार साँझ ६ बजेसम्मका लागि विमानस्थल बन्द हुने भनिएको थियो । 

null

salt training

कमेन्ट गर्नुहोस्