२२ असार २०८३, सोमबार

तान्जानियामा चुनावी विरोध प्रदर्शनमा दमन हुँदा सयौंको मृत्यु

कात्तिक १५, २०८२
काठमाडौं
तान्जानियामा चुनावी विरोध प्रदर्शनमा दमन हुँदा सयौंको मृत्यु

तान्जानियाको मुख्य विपक्षी दलले बुधबारको आम चुनावपछि तीन दिनको विरोध प्रदर्शनमा सयौंको मृत्यु भएको बताएको छ।

मृत्यु हुनेको संख्यासम्बन्धी दाबी फरक-फरक छ र राष्ट्रव्यापी इन्टरनेट बन्दले यी तथ्याङ्कहरू प्रमाणित गर्न गाह्रो बनाएको बीबीसीले जनाएको छ । 

विपक्षी दलका प्रवक्ता चाडेमाले एएफपीलाई बताएअनुसार सुरक्षा बलसँगको झडपमा लगभग ७०० जनाको मृत्यु भएको छ । तान्जानियाको एक कूटनीतिक स्रोतलाई उदेधृत गर्दै बीबीसीले पनि कम्तिमा ५०० जनाको मृत्यु भएको संकेत गरेको छ । 

सरकारले हिंसाको स्तरलाई कम आँकलन गर्ने प्रयास गरिरहेको छ र अशान्ति रोक्न कर्फ्यू बढाएको समाचारमा उल्लेख छ । 

धेरैजसो युवाहरू चुनावलाई अनुचित भन्दै देशभरका धेरै शहरहरूमा सडकमा उत्रिएका थिए ।

प्रदर्शनकारीहरूले सरकारले प्रमुख विपक्षी नेताहरूलाई दबाएर लोकतन्त्रलाई कमजोर बनाएको आरोप लगाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्