०१ साउन २०८३, शुक्रबार

पुरुष टी–२० विश्वकप : नेपालको समूह चरणका चारै खेल मुम्बईमा

मंसिर ९, २०८२
काठमाडौं
पुरुष टी–२० विश्वकप : नेपालको समूह चरणका चारै खेल मुम्बईमा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२६ मा हुने पुरुष टी–२० विश्वकपको खेल तालिका र समूह विभाजन सार्वजनिक गरेको छ। भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने यो प्रतियोगिता फेब्रुअरी ७ देखि मार्च ८ सम्म सञ्चालन हुनेछ।

सार्वजनिक तालिका अनुसार नेपाल समूह ‘सी’ मा परेको छ, जहाँ नेपालले विश्व क्रिकेटका बलिया टोलीहरूसँग भिड्नुपर्नेछ। इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटालीसँगै रहेको नेपालले समूह चरणका आफ्ना सबै खेल भारतको मुम्बईस्थित वाङखेडे रंगशालामा खेल्नेछ।

नेपालका खेलहरू (मुम्बई)

फेब्रुअरी ८: नेपाल भर्सेस इंग्ल्यान्ड

फेब्रुअरी १२: नेपाल भर्सेस इटाली

फेब्रुअरी १५: नेपाल भर्सेस वेस्ट इन्डिज

फेब्रुअरी १७: नेपाल भर्सेस बंगलादेश

उद्घाटन खेल फेब्रुअरी ७ मा मुम्बईमै भारत र अमेरिकाबिच हुनेछ। सोही दिन श्रीलंकामा पाकिस्तान–नेदरल्यान्ड्स र कोलकतामा वेस्ट इन्डिज–बंगलादेशबीचको खेल हुने तालिका छ। विश्व क्रिकेटकै बहुप्रतिक्षित भारत–पाकिस्तानबिचको भिडन्त फेब्रुअरी १५ मा कोलम्बोमा हुनेछ।

समूह विभाजन

समूह ए: भारत, अमेरिका, नामिबिया, नेदरल्यान्ड्स, पाकिस्तान

समूह बी: अष्ट्रेलिया, श्रीलंका, जिम्बाब्वे, आयरल्यान्ड, ओमान

समूह सी: इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश, इटाली, नेपाल

समूह डी: दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, क्यानडा, यूएई

कुल २० टोली सहभागी प्रतिस्पर्धामा ४० समूह चरणका खेल हुनेछन्। समूहका शीर्ष दुई टोली सुपर एटमा प्रवेश गर्नेछन्। सुपर एटका खेलहरू फेब्रुअरी २१ देखि सुरु हुँदै भारत र श्रीलंकाका ८ भेन्युमा प्रतियोगिता अघि बढ्नेछ। सेमिफाइनल कोलकता/कोलम्बो र मुम्बईमा तथा फाइनल मार्च ८ खेलाइनेछ।

salt training

कमेन्ट गर्नुहोस्