०३ साउन २०८३, आइतबार
पोखरा विमानस्थल प्रकरण

पोखरा विमानस्थलको भ्रष्टाचार मुद्दा लिएर अख्तियारको टोली विशेष अदालतमा

मंसिर २१, २०८२
काठमाडौं
पोखरा विमानस्थलको भ्रष्टाचार मुद्दा लिएर अख्तियारको टोली विशेष अदालतमा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली विशेष अदालतमा पुगेको छ ।

केही पूर्वमन्त्रीलाई समेत प्रतिवादी बनाएर अख्तियारले भ्रष्टाचार मुद्दा दायर गर्न लागेको हो ।

८ अर्ब बिगो दाबीसहित ५ जना पूर्वमन्त्रीलाई प्रतिवादी बनाइएको अख्तियार स्रोतले जानकारी दियो ।

पूर्वमन्त्री डा. रामशरण महत, स्व. पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, दीपक अमात्यलगायलाई विपक्षी बनाइएको छ ।

मुद्दा दर्ता हुने प्रक्रियामा रहेको विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले लोकान्तरलाई जानकारी दिए ।

नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीसहित क्यानका पदाधिकारीलाई पनि प्रतिवादी बनाइएको छ ।

विघटित प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले पोखरा विमानस्थलमा घोटाला भएको निष्कर्षसहित अनुसन्धान गर्न अख्तियारलाई फाइल पठाएको थियो । 

यो पनि पढ्नुहोस् :

गलत डिजाइन स्वीकार गरेर निर्माण, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उपादेयतामै प्रश्न​​

 

salt training

कमेन्ट गर्नुहोस्