×

NMB BANK
NIC ASIA

कोहलपुर ८ पुस– २०५८ सालको जेठ १९ गते राती स्वयम्भु क्षेत्रमा दरवार हत्याकाण्ड भएको अपत्यारिलो हल्ला फैलियो । राज दरवारमा हत्या भएको त्यो घटनाले आम नेपालीको मनमा भूइचालो ल्याएको थियो । देश नै अन्योलताको भूमरीमा रहेको समयमा अरुभन्दा भिन्दै तनावमा थिए, देवानन्द अर्याल । जेठ २० गते ११ बजे उनको कोरिया जाने टिकट थियो । अहिले जस्तो इपिएस कोटाबाट सझिजै होइन, धेरै सोर्स फोर्स र लगानी लगाए लागेको भिसा । 

Muktinath Bank

दरवार हत्याकाण्ड भएपछि भोलि अब पक्कै एयसपोर्ट जान सकिन्न, भनेर रातभरी उनलाई औडाहा भयो । ‘भोलि कर्फु लाग्यो भने कसरी एयरपोर्ट पुगिएला र ? भाग्यमा लेखेको रहेनछ भनेर माया मारेर बसे । बास्तमा भेरो भाग्यको मृत्यु भएको निश्कर्ष निकाले । शरीर चिसो भयो’ देवानन्द त्यो दिनको स्मरण गर्छन् । बिहान ८ बजे उनी बसेको अंकलको घरमा फोन आयो ११ बजेको फ्लाइट, २ बजेलाई सर्यो । अनेक उपाय अपनाएर सेनाको गाडीमा उनी एयरपोर्ट सम्म पुगे । ‘एयरपोर्ट टेकेदेखि मेरो शरीरमा नयाँ रक्तसञ्चार भएको अनुभव भयो । बोडिङ पास लिएपछि युद्ध जिते सरह’ उनी स्मरण गर्छन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरिया पुगेपछि शुरुमा उनलाई त्यहाँको माटोको गन्ध नै अर्कै लाग्यो । देशको घटना सम्झदा ठूलो मुक्ति पाएर आएजस्तो भयो । शुरुको दिन तालिम भयो । केही दिनपछि काम शुरु भयो, पैसा कमाउन थाले । अनेकौ सपना थिए, शुरुको पैसाले घरमा ऋण तिर्ने काम भयो । जहाँ कृषि विकास बैंकले उनीहरुको जग्गा रोक्का गरेको थियो । ऋण तिरेपनि उनले कमाएको पैसाले कोहलपुरमा जग्गा किन्यो । ‘कमाउनु भन्दापनि व्यबस्थापन गर्नु ठूलो कुरा रहेछ । बुबा आमाले जग्गा किनिदिनु भएको थियो । त्यतीबेला सातलाखमा किनेको जग्गा पछि साढे ३ करोडमा बेचें’ उनले सुनाए । 


Advertisment
Nabil box
Kumari

विदेशमा कमाइ भएपनि देशमा भइरहेको राजनीतिक कोलाहलले अब नेपाल नै जान पाइन्छ कि पाइदैन भन्ने चिन्ताले उनलार्य सताउथ्यो । जव २०६३ साल मंसिरमा शान्ति सम्झौतामा हस्ताक्षर भयो, त्यसपछि कोरियामा कमाएको पैसाप्रति देवानन्दको मोह भंग भयो । ‘अब यही हो देशमा केही गर्ने भन्ने निश्कर्ष सहित कोरिया छाड्ने निर्णय गरे’ हालैको एक भेटका देवानन्दले लोकान्तरसंग भने, ‘राम्रो अबसर हुँदा हुँदैपनि म नेपाल फर्किन्छु भन्ने अठोट लिए ।’

Vianet communication
Laxmi Bank

****

२०३४ सालमा चितवनमा जन्मेका अर्याल परिवार २०४१ सालमा चितवनबाट कोहलपुर बसाइ सरेको थियो, अबसरको खोजीमा । राजनीतिक आस्था राख्ने देवानन्दका पिता डोलप्रसाद अर्याल सामान सप्लाइ र ढूवानीको काम गर्दथे । कर्णाली चिसापानी, बभइ र भेरी पूल निर्माणका क्रममा डोलप्रसाद वीरगञ्ज देखि सामान सप्लाइको काम पाएका थिए । 

पुल निर्माणको काम सकिएपछि उनीहरुले अन्य ढुवानीको काम गरे । ट्रक, बस र जिप किनेर । त्यसक्रममा देवानन्दले आफै पनि ट्रक चलाए । तर त्यो व्यबसाय खासै जमेन । पेशा वदल्ने योजनामा पुगे देवानन्द र अबसरको खोजी गर्दै जादा कोरिया पुगे, लुम्बिनी ओभरसिज मार्फत । सिमित मात्रै नेपाली कोरिया पुगेकोले उनलाई कामको समस्या थिएन त्यो बेला । तर देशमै केही गर्ने हुटहुटीले उनलाई लामो समय त्यहाँ बस्न दिएन । 

यसरी बन्यो चारतारे होटलको अवधारणा

कोहलपुर फर्केपछि देवानन्दले कोहलपुर बजारमा पक्की घर बनाए, जहाँ उनले सानो डिमार्टमेण्ड स्टोर सञ्चालन गर्ने योजना सहति । तर कसैले रेष्टुरेण्ट चलाउन घर भाडामा माग्यो । अर्यालले चर्को भाडा भने, ताकि उसले भाडामा नलिओस् । तरपनि त्यो व्यक्ति सहमत भयो । मासिक ५० हजार लिएर घर भाडामा दिए । 

रेण्टुरेण्ट वालाले व्यबसाय चलाउन सकेन । उसले भाडा तिर्न नसकेपछि देवानन्दले सो रेण्टुरा आफै किनिदिए । तर पूरानै शैलीले चल्दैन भन्ने चाहा थियो । पूराना सामान फेरे । कोहलपुरमा एउटा स्तरिय रेष्टुरेण्ट चलाउनु पर्छ भनेर उनले लगानी बढाए । 

गेस्टहाउसमा बसेका पाहुँना उनको रेष्टुरामा खाना खान आउने गर्दथे, उनीहरुको गुनासो हुन्र्थो । कोहलपुरमा राम्रो गेष्ट हाउस भएन । त्यसपछि देवानन्दलाई गेष्ट हाउस चलाउनु पर्छ भन्ने सोचाइ आयो । र पहिलो पटक कोहलपुरमा एसी सहितको गेष्टहाउस बनाए । होटल सञ्चालन गरेको शुरु देखि नै व्यापारले साथ थियो । अपवाद बाहेक रुम खाली बसने । 

कोहलपुरको बजारमा रहेको सेन्टर प्लाजा होटलको सफलता पछि उनले मध्यपश्चिमकै सुविधा सम्पन्न होटल सञ्चालन गर्ने निर्णय लिए । ‘पश्चिम नेपालका २३ जिल्लाको प्रवेशद्वार कोहलपुरमा सम्भावनै सम्भावना देखेर चारतारे स्तरको होटल सञ्चालन गर्ने जोखिम मोले’ देवानन्दले लोकान्तरसँग भने, ‘यो त मेरो बेस क्याम्प हो, बर्दिया राष्ट्रिय निकुन्ज आसपासमा जंगल रिर्सोट र रारामा डिलक्स रिर्सोट सञ्जालन गर्ने लक्ष अनुसार काम शुरु गरेका छौ ।’
****
खासमा उनले कोरियामा सिकेको प्रबिधि अनुसार नेपालमा प्रिफ्याक उद्योग खोल्ने सोचाइ बनाएका थिए, अहिले प्रयोग भइरहेको जस्ता पातको विकल्पमा । त्यो भयो भने जस्ता पाताको जस्तो जस्तो चिसो नहुने भनेर । तर देवानन्दको सोचलाई बैंकले पत्याएनन् ।

‘बैंकले सो प्रस्ताव नपत्याएपछि हस्पिटालिटि क्षेत्रमै केही गर्नु पर्छ भनेर चारतारे स्तरको होटल खोल्ने योजना बनायौ’ देवानन्दले भने, ‘यस क्षेत्रकै उत्कृष्ट होटल बनाउन सक्नु भन्ने अहिले पनि आत्मविश्वास छ ।’ लगानीका लागि बैंकको ऋण लगायत अन्य व्यबस्थापकिय पक्षको बारेमा लण्डनको मसरफ बैंकमा कार्यरत भाइ सीए बासुदेव अर्यालले देवानन्दलाई मद्दत गर्ने गरेका छन् । भाइको मद्दतमा अाफूले सफलता पाएको उनी बताउँछन् ।  ‘मैले कोरियामा कमाएको एउटा लगानी भाइलाई सीए बनाउनु पनि हो, उ अहिले बेलायतको बैंकमा प्रतिष्ठित जागिर पाएको छ’ देवानन्दले भने, ‘मेरो योजनामा शाहस दिने आमा / बुवा पनि हो ।’

५० करोड लगानीमा निर्माण सम्पन्न भएको होटल मंसिर पहिलो सातादेखि सञ्चलनमा आएको हो । ८० कोठा क्षमताको होटलमा स्वीमिङ पुल, हेल्थ क्लव लगायत सबै सुविधा छन् । दुइ बिगाह क्षेत्रफलमा बनेको भौतिक संरचना उत्कृष्ट डिजाइनमा गरिएको छ । ‘भारतका विभिन्न शहरबाट यस समेत होटलमा पाहुँना आउने गरेका छन्’ उनले भने, ‘मानशरोवर जाने मौसम शुरु भएपनि पर्यटकको कुनै अभाव हुँदैन । नेपाली ग्राहक पनि स्तरिय होटलको खोजीमा छन् ।’

होटल सेन्ट्रल प्लजाले अहिले ७९ जनालाई रोजगारी दिएको छ । होटलमा काम गर्ने अधिकाशं स्थानीय छन् । होटलको भौतिक पूर्वाधार निर्माणमा कुनैपनि कम्परमाइज नगरिएको अर्याल बताउँछन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x