०३ साउन २०८३, आइतबार
राष्ट्रिय सभा निर्वाचन

कोशीबाट राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध निर्वाचित

पुस २३, २०८२
विराटनगर
कोशीबाट राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध निर्वाचित

राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार सुनिल थापा निर्विरोध निर्वाचित भएका छन् । 

कोशी प्रदेशको अन्यतर्फको कोटामा नेकपाका हेमराज घिमिरे उम्मेदवारी दर्ता गर्न नआएपछि थापा निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत भीष्मराज प्रसाईंले जानकारी दिए ।

थापाले कांग्रेस र नेकपा एमालेको गठबन्धनमा उम्मेदवारी दिएका हुन् ।

राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते हुँदैछ । सो निर्वाचनका लागि कांग्रेस र एमालेले ९ र ८ सीटमा भागबण्डा गरेका छन् । एक सीट जसपाका तर्फबाट महन्थ ठाकुरलाई दिइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्