०३ साउन २०८३, आइतबार

मोरङ ५ मा रास्वपाकी आशा झा विजयी

फागुन २३, २०८२
विराटनगर
मोरङ ५ मा रास्वपाकी आशा झा विजयी

मोरङको क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी आशा झा विजयी भएकी छिन् । ३० हजार ४३४ मत प्राप्त गर्दै उनी विजयी बनेकी हुन् ।

कांग्रेसका फूलकुमार लालवानीले ९ हजार ४१५ मत ल्याउँदा तेस्रो स्थानमा रहेका जनता समाजवादी पार्टी नेपालका राजकुमार यादवले ८ हजार ७४७ मत प्राप्त गरेका छन् ।

यस्तै, नेपाली कम्युनिस्ट पार्टीका शिवकुमार मंडल (केवट)ले ८ हजार ६१४, नेकपा एमालेका मनोजकुमार अग्रवालले ६ हजार ९४५ र राष्ट्रिय ऊर्जाशील पार्टीका योगेन्द्र मण्डलले ४ हजार १९९ मत पाएका छन् ।

मण्डलले यस अगाडि प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्