०२ साउन २०८३, शनिबार

शनिबार र आइतबार सार्वजनिक बिदा दिन सार्वजनिक प्रशासन रूपान्तरण अभियानको प्रस्ताव

चैत १०, २०८२
काठमाडौं
शनिबार र आइतबार सार्वजनिक बिदा दिन सार्वजनिक प्रशासन रूपान्तरण अभियानको प्रस्ताव

सार्वजनिक प्रशासन रूपान्तरण अभियानले सरकारी कार्यालयमा शनिबार र आइतबार गरी २ दिन बिदा दिन प्रस्ताव गरेको छ ।

सार्वजनिक प्रशारण रूपान्तरण अभियान २०८२ ले बालेन्द्र शाह (बालेन)को नेतृत्वमा बन्दै गरेको सरकारका लागि सुधारको खाका सार्वजनिक गर्दै हप्तामा २ दिन सार्वजनिक बिदा दिन प्रस्ताव गरेको हो ।

अभियानका संयोजक गणेश घिमिरेले मंगलबार सुधारको खाका सार्वजनिक गर्दै इन्धन संकट कम गर्न तथा पर्यटन प्रवर्द्धनका लागि पनि हप्तामा २ दिन बिदा दिन उपयुक्त हुने बताएका हुन् ।

‘हप्तामा शनिबार र आइतबार सार्वजनिक बिदा दिई अन्य सार्वजनिक बिदाहरू पुनरवलोकन गर्ने । कार्यालय समय बिहान ९:०० बजेदेखि शुरू गर्ने’, सुधारको खाकामा उल्लेख छ ।

कार्यालय समय बिहान ९ देखि ५ बजेसम्म गर्दा कर्मचारीले हप्तामा काम गर्ने समयमा तलमाथि नहुने घिमिरेले बताए ।

salt training

कमेन्ट गर्नुहोस्