
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सचिवालय बैठक जारी छ ।
आइतबार अपरान्हबाट शुरू भएको बैठकले २०८३ वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन शुरू गर्ने निर्णय गरेको छ।
पार्टी केन्द्रीय कार्यालयमा सभापति रवि लामिछानेको नेतृत्वमा बैठकले उक्त निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
रास्वपाले भोलिका लागि केन्द्रीय समिति बैठक पनि बोलाएको छ ।