०३ साउन २०८३, आइतबार
संसद् बैठक

प्रतिपक्षी दलको विरोधका बीच अर्थमन्त्रीद्वारा नीति तथा कार्यक्रममाथि जवाफ

बैशाख ३१, २०८३
काठमाडौं
प्रतिपक्षी दलको विरोधका बीच अर्थमन्त्रीद्वारा नीति तथा कार्यक्रममाथि जवाफ

 विपक्षी दलको अवरोधबीच अर्थमन्त्री स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि जवाफ दिएका छन् ।

बिहीबार राति विपक्षीले ढ्यापढ्याप गर्दै अवरोध गरे पनि सभामुख डीपी अर्यालले सदन अघि बढाएका हुन् । विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने  जवाफ माग गर्दै नाराबाजीसमेत गरेका हुन् । 

जवाफ दिने क्रममा मन्त्री वाग्लेले विगतमा बनेको अर्थतन्त्रको आधार र समावेशी विकासका साथै समग्र सामाजिक विकासलाई अगाडि बढाउन सरकार कटिबद्ध रहेको बताए । उनले सरकारले सय बुँदे शासकीय सुधारका कार्य र सदनमा आएका सुझावलाई ध्यान दिएर आगामी बजेट प्रस्तुत गरिने जानकारी गराए । 

सभाको पहिलो बैठकमा विपक्षी दलले प्रधानमन्त्री शाह नै उपस्थित भएर जवाफ दिनुपर्ने माग गर्दै अवरोध गरेपछि १५ मिनेटका लागि बैठक स्थगन भएको थियो । दोस्रो बैठकमा विपक्षी दलका सांसदहरुले आफ्नो स्थानबाट उठेर विरोध जारी राखे पनि सभामुख डोलप्रसाद अर्यालले अर्थमन्त्री वाग्लेलाई जवाफ दिन समय दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्