२२ असार २०८३, सोमबार

कांग्रेसले गण्डकी र मधेश प्रदेशमा सदस्यता अद्यावधिक कार्यक्रम गर्ने

जेठ ४, २०८३
काठमाडौं
कांग्रेसले गण्डकी र मधेश प्रदेशमा सदस्यता अद्यावधिक कार्यक्रम गर्ने

नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले गण्डकी र मधेश प्रदेशमा सदस्यता अद्यावधिकसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम आयोजना गर्ने भएको छ ।

समितिले सोमबार जारी गरेको विज्ञप्तिमा कार्यक्रम महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको उपस्थितिमा सञ्चालन हुने उल्लेख छ । 

यसअघि कर्णाली, लुम्बिनी, कोशी र बागमती प्रदेशमा सदस्यता अद्यावधिकसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भइसकेको जनाइएको छ । बाँकी रहेका गण्डकी र मधेश प्रदेशमा कार्यक्रम आयोजना गर्न लागिएको हो ।

विज्ञप्तिअनुसार गण्डकी प्रदेशको कार्यक्रम जेठ ८ गते कास्कीको पोखरामा तथा मधेश प्रदेशको कार्यक्रम जेठ ९ गते धनुषाको जनकपुरमा आयोजना हुनेछ ।

कार्यक्रममा सम्बन्धित प्रदेशका नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य, जरा अभियानका केन्द्रीय प्रतिनिधि, प्रदेश कार्यसमितिका पदाधिकारी, जिल्ला सभापति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका सभापति तथा प्रविधि विज्ञ सहभागी हुने जनाइएको छ ।

त्यसैगरी कार्यक्रम आयोजना हुने जिल्लाका नेपाली कांग्रेसका पालिका सभापतिहरूको समेत सहभागिता रहने विज्ञप्तिमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्