०३ साउन २०८३, आइतबार

नेपाल प्रहरीका चार एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस

जेठ १४, २०८३
काठमाडौं
नेपाल प्रहरीका चार एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस

नेपाल प्रहरीका चार जना प्रहरी उपरीक्षक (एसपी)  प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस भएका छन् । 

जेठ १३ गते बसेको बढुवा समितिको बैठकले जनपद र प्राविधिक समूहतर्फका अधिकारीहरूलाई बढुवा गर्ने निर्णय गरेको गृह मन्त्रालयले बिहीबार जनाएको छ । 
सिफारिस सूचीअनुसार जनपद समूहतर्फ जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत एसपी अमरेन्द्र बहादुर सिंहलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको छ ।

त्यसैगरी, प्राविधिक समूहतर्फ स्वास्थ्य उप-समूह (चिकित्सक) बाट नेपाल प्रहरी अस्पतालमा कार्यरत डा. सेवक श्रेष्ठलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । यस्तै, इन्जिनियरिङ उप-समूह (सूचना प्रविधि) तर्फबाट सरोज शाक्य र मनिषराज सापकोटालाई एसएसपी पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

प्रहरी नियमावली २०७१ को नियम २७ को उप-नियम (४) अनुसार बढुवा समितिको बैठकले सो सिफारिस गरेको सदस्य-सचिव एवं प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्