
बुटवलको राजमार्ग चौराहामा टिपरको ठक्करबाट ईभी साइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रूपन्देही सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ बैंक रोड भैरहवा बस्ने ६० वर्षीय तारचन सुनार रहेका छन् ।
भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख ३००२ नम्बरको टिपरले सोही दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा सुनारको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका इन्स्पेक्टर थम्मन जीसीले जानकारी दिए ।