कात्तिक १९, २०८०
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
काठमाडौं, ६ माघ– टिप्पर दुर्घटनामा परेपछि पाटन अस्पतालमा उपचारत रुकुमकी १५ वर्षीय हिमालीलाई आफ्नो भन्दा आमाको पिरले बढी सताइरहेको छ ।
टिप्पर दुर्घटनामा परेपछि पाटन अस्पतालमा भर्ना भएकी हिमालीकी आमाको भक्तपुरको क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । उनकी आमालाई पाठेघरको क्यान्सर भएको छ ।
आर्थिक अवस्था कमजोर भएका हिमालीका बुबालाई श्रीमती र छोरीको उपचार गर्न निकै कष्ट परेको छ ।
क्यान्सर अस्पतालमा भर्ना भएकी हिमाली र उनकी आमाको उपचारका लागि आर्थिक अभाव भएको बारेको समाचार लोकान्तरमा प्रकाशित भएसँगै उनीहरुको सहयोगमा आर्थिक रकम जुट्न शुरु भएको छ ।
‘दुःखीमाथि ‘दैव’को बज्रपात : आमा क्यान्सरसँग लडिरहँदा जीवनमरणको दोसाँधमा हिमाली’शिर्षकमा समाचार आएपछि हिमालीलाई आर्थिक सहयोग जुट्न थालेको हो । समाचार पढेर हिमालीको अवस्थाको विषयमा जानकारी पाएपछि पाटन अस्पतालमै पुगेका तीन जना व्यक्तिहरुले ३० हजार रकम सहयोग गरेका छन् ।
समाचार आएपछि उपचार खर्चमा सहयोग पुगेको भन्दै हिमालीले खुसी व्यक्त गरिन् ।
‘तपाइले समाचार लेखिदिनुभएपछि मलाई धेरैले फोन गर्नुभएको छ । ३ जनाले अस्पतालमै आएर सहयोग गर्नुभयो । विदेशबाट पनि पैसा पठाइदिन्छु भन्नुभएको छ । उहाँहरुले समाचारमा पढेर सहयोग गर्न आएको बताउँनुभएको थियो । तपाइलाई धेरै धेरै धन्यवाद ।’
अहिलेसम्म तीस हजार रकम सहयोग पाएको हिमालीले जानकारी दिइन् ।
गत कात्तिक २७ गतेदेखी पाटन अस्पतालमा उपचार भइरहेको हिमालीलाई छिटै घर जाने इच्च्छा छ । तर उनको आन्द्रामा भएको घाउँ भने निको भइसकेको छैन ।
आफूलाई घर फर्किएर स्कुल जाने मन रहेको भन्दै हिमालीले भनिन्, ‘मेरो घाउँ अझै निको भएको छैन । बेलाबेलामा दुख्छ । डाक्टरले निको भएपछि मात्रै जानुपर्छ भन्नुहुन्छ । मलाई घरजना धेरै मन लागेको छ ।’
केही रकम जुटेपनि आमा र आफ्नो उपचार खर्च धेरै लागेकोले उनलाई अझै चिन्ता छ ।
उता भक्तपुर क्यान्सर अस्पतालमा पुसको दोस्रो साता पाठेघरको क्यान्सरको अप्रेसन गराएकी हिमालीकी आमा धनपुरा बुढामगर पनि अस्पतालमै छिन् । उनलाई अस्पतालमा चेकजाच गराइरहनुपर्ने भएकाले धनपुरा बिरामी कुरुवा बस्ने ठाउँमा दिनको ५० रुपैंया तिरेर बसेकी छन् ।
‘अस्पतालले शैय््याबाट मात्रै डिस्चार्ज गरीदियो । डाक्टरले केही समय अस्पताल नजिकै राख्नु भनेको छ । अस्पताल नजिक बस्ने ठाउँ छैन, होटलमा पैसा तिरेर बस्न सकिन्न । बुढीलाई बिरामी कुरुवा बस्ने ठाउँमा नै दिनको ५० रुपैंया तिरेर राखेको छु ।’हिमालीका बुबा कबल बुढाले लोकान्तरलाई बताए ।
छोरी हिमालीको उपचार खर्चको कुरा गर्दा उनले भने, ‘छोरीको यस्तो अवस्था छ । आमा पनि उता अस्पतालमै छिन् । छोरीको अस्पतालमा एक लाख भन्दा बढी बिल भइसक्यो अस्पतालले छिटो तिर्नु भनेको छ । अलिअलि सहयोग त आयो अस्पतालमा तिर्ने पैसा पुगेको छैन । खै कसरी पो तिर्ने हो ।’
अस्पतामा भर्ना भएकी हिमालीलाई औषधी खर्च मात्रै ४ लाख लागिसकेको बुढाले बताए ।
हिमाली यसरी परिन् दुर्घटनामा
रुकुमको उत्तरगंगा गाउँपालिका १८ तक्सेराकी हिमाली बुढा मगर महेन्द्र उ।मा।विमा आठ कक्षामा पढ्दै थिइन् । हिमालीको आमा धनपुरा बुढा मगरलाई पाठेघरको क्यान्सर भएर गत साउन महिना उपचारका लागि काठमाडौं ल्याइयो । आमालाई उपचारको लागि काठमाडौं ल्याइएपछि हिमालीले आफ्ना दुई भाईहरुको स्याहार गर्ने गर्थिन् ।
घरमा साना भाइहरुको हेरचाह गर्दै रुकुममै बसेकी हिमाली आमालाई निको बनाएर कहिले ल्याउलान् भनेर सोच्दै बस्थिन् । विकट बस्तीमा रहेको विद्यालय भएकाले सरकारले हिमाली पढ्ने गरेको विद्यालयमा पढ्ने बालबालिकाको लागि दिउँसोको खाजा खाने व्यवस्था गरेको छ । सरकारले पठाएको खाजा समय समयमा लिन क्युबाङमा जानुपर्थ्यो ।
विद्यालयबाट पैदल हिँडेर एक घण्टामा पुगिने क्युवाङमा खाजा लिन विद्यालयले स्कुलमा पढ्ने विद्यार्थीलाई नै पालै–पालो पठाउने गरेको थियो । जान नसक्ने साना विद्यार्थी भएमा उनीहरुका अभिभावकले खाजा स्कुलसम्म ल्याइदिनु पर्ने हुन्थ्यो ।
गत कात्तिक १७ गते शनीबारको दिन । त्यो दिन स्कुलबाट खाजा लिन क्युबाङ जाने पालो हिमालीको थियो । उनी र उनकै घर नजिकै रहेकी एकजना छिमेकीसँग उनी तक्सेराबाट स्कुलको खाजा लिन क्युवाङ पुगिन् ।
क्युबाङवाट घर फर्र्कने क्रममा बाटोमा ट्रिपर भेटियो । खाजाको भारी बोक्न नपर्ने भयो भनेर उनी खुसी भइन् । छिमेकी दिदी उनका छोराछोरीको खाजा लिन जाने पालोमा गएको हिमालीले बताइन् ।
‘ट्रिपर आएपछि हामी खुसी हुँदै त्यसैमै चढेर घर फर्कियौं । जादाँ घर म, छिमेकी दिदी र स्कुलकै शिक्षक पनि हुनुहुन्थ्यो । म दिदीको काखमा सुतेको थिए । मैले सर र दिदी कुरा गरीरहेको आवाजमात्रै सुनिरहेको थिए । सरले हामीलाई ‘स्कुलसम्मै जाने कि घरमाथि’ झर्ने भनेर सोध्दै हुनुहुन्थ्यो । घरबाट करीब पाँच मिनेट टाढा डाडामा पुगिसकेका थियौं हामी । एक्कासी ट्रिपर पल्टियो,’ उनले त्यो दिनको घटना सम्झदै लोकान्तरलाई भनिन्, ‘म होसमा आउँदा नेपालगञ्ज अस्पतालको आइसीयूमा रैछु । मलाई सपना जस्तै लाग्यो । मेरो पेटमा अपरेशन गरिएको थियो । पछि थाहा भयो हामीसँगै ट्रिपरमा हुनुभएको सरको त मृत्यु भएछ ।’
उनले भावुक हँुदै भनिन्, ‘त्यो दिन बरु हिँडेरै गएको भए, सर पनि वित्नुहुन्न थियो, मेरो आज यस्तो अवस्था हुँदैन थियो ।’
हिमाली हरेक दिन भाईहरुलाई सँगै लिएर स्कुल जान्थिन् । दुर्घटनामा परेपछि उनी त स्कुल जान सकेकी छैनन् नै उनका दुई भाइहरुले पनि पढ्न पाएका छैनन् ।
‘आमा पनि बिरामी भएर अस्पतालमा हुनुहन्छ, बुवा पनि आमालाई कुर्न झक्तपुर अस्पतालमै हुनुहुन्छ,’ गाउँमा रहेका आफ्ना भाईहरु सम्झदै हिमालीले भनिन्, ‘आमाबुवा नहुँदा मैले नै हेरचाह गर्थें । म त विरामी भएर स्कुल जान पाइन । अहिले त भाईहरु पनि स्कुल गएका छैनन् रे, आफन्तहरुले हेर्न हेर्छन कि हेर्दैनन्, कहाँ कसरी बसेका छन् थाहा छैन । आमा पनि अस्पतामा, म पनि अस्पतामै छु ।’ आफ्नो परिवारको अवस्थालाई सम्झर्दै उनले आँसु झारिन् ।
रुकुममा पनि उनीहरुको घर छैन । आमालाई साउनदेखि अस्पतालमा राख्दा धेरै खर्च भएको चिन्ता छ हिमालीलाई । आफ्नो उपचारमा भएको खर्चको हिसाव गर्दै मुर्छित हुन्छिन् उनी । बुवाआमा नै भक्तपुरको क्यान्सर अस्पतालमा भए पछि उनकी फूपले औषधि ल्याइदिन्छिन् । औषधिको पैसा पनि अस्पतालको बिलमा जोडिएको छ ।
दैनिक छाक टार्न समेत धौ–धौ पर्ने हिमालीको परिवारले एकैपटक ठूलो आर्थिक भार व्यहोर्नुपरेको छ । उपचार नगरी बाँच्न सकिदैन, उपचार गर्न पैसा छैन । बाल्यावस्थामै ठूलो चोट सहन बाध्य हिमाली उपचार सकिएर घर फर्किन चाहन्छिन् । आफ्नो उपचारका लागि कुनै मनकारी व्यक्तिले सहयोग गर्लान् भन्ने आसमा बसेकी छन् उनी । उनको उपचारमा सहयोग गर्न चाहने मनकारी व्यक्ति तथा संस्थाले हिमालीको मोबाइल नम्बर ९८१३४४४५३६मा सम्पर्क गर्न सक्नुहुनेछ । साथै हिमालीकी आमा धनपुरा बुढामगरलाई ९७४८११३६०८मा सम्पर्क गर्न सकिने छ ।
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...
एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...
आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...