×

NIC ASIA

फिचर

प्रधानमन्त्रीको हातबाट जीविकोपार्जन भत्ता पाउँदा बिरामीमा देखिएको चमक...

माघ ११, २०७४

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं, ११ माघ–वीर अस्पतालको देब्रेतर्फ रहेको ट्रमा सेन्टर परिसरमा सुुरक्षा व्यवस्था निकै कडा पारिएको थियो । 
ट्रमा सेन्टरको गेटमै शुरक्षाकर्मीहरु लामवद्ध थिए । सधैं बिरामी र बिरामीका आफन्तहरु आवतजावत गर्दै गरेको देखिने ट्रमा सेन्टरको आकस्मिक कक्ष अगाडि बिहीबार स्वास्थ्य मन्त्री दिपक बोहोरासहित स्वास्थ्य मन्त्रालयका कर्मचारी, वीर र ट्रमा सेन्टरका चिकित्सक तथा पधादिकारीहरु  हातमा पुष्पगुच्छा लिएर उभिएका थिए । 
अस्पतालमा आएका बिरामी र तीनका आफन्तहरु भने पुष्पगुुच्छा लिएर बसेका टोलीलाई हेर्दै थिए ।

Muktinath Bank

त्यही पखाई तथा बिरामी र तिनका आफन्तको हेराईका बीच हल्का सेतो रङको दौराबाहिर कोट र  भादगाउँले टोपीमा सजिएका प्रधानमन्त्री शेरबहादुर देउवा आइपुगे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहीबार साँझ ४ बजे ट्रमा सेन्टरमा पुुग्दाको दृश्य थियो यो । 


Advertisment
Nabil box
Kumari

सरकारले माघ १२ गते देखि मिर्गौंला, क्यान्सर र स्पाइनल इन्जुरी कारण प्यारालाइसिस भएका बिरामीलाई मासिक ५ हजार दिने निर्णय कार्यान्वयनको शुुभारम्भ गर्न ट्रमा सेन्टरमा आएका थिए, प्रधानमन्त्री । 

Vianet communication

स्वास्थ्य मन्त्रालय र अस्पतालको टिमले स्वागतपछि  प्रधानमन्त्री देउवालाई ७ तला माथि रहेको कार्यक्रम हल तर्फ लग्यो । 

पत्नीको कुरामा थप्दै शैय्यामा सुुतिरहेका मंगलबहादुरले भने, ‘प्रधानमन्त्रीले हातमै चेक राखिदिएर नमस्कार गर्नुभयो । अब महिना–महिनामा पाइन्छ रे, धेरै खुुसी लागेको छ ।’


अनि सुरु भयो– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको आयोजनामा तीन प्रकारका बिरामीलाई जिविकोपार्जन भत्ता वितरणको कार्यक्रम । 

 कार्यक्रममा स्वास्थ्य मन्त्री दीपक बोहोरा र स्वास्थ्य सचिव विनोदमान बोहोराको मन्तव्य पछि प्रधानमन्त्रीले विरामीलाई मासिक भत्ता वापतको चेक हस्तान्तरण गर्ने कार्यक्रम सुुरु भयो । 

कार्यक्रम स्थलबाट दुुई तला मुनि स्पाइनल इन्जुरीको कारण प्यारालाइसिस भएका बिरामीलाई चेक हस्तान्तरण गर्दै प्रधानमन्त्री देउवाले  निर्णय कार्यान्वयनको शुुभारम्भ गरेका हुन् । 

प्रधानमन्त्री देउवाको हातबाट स्पाइनल इन्जुरीको कारण प्यारालाइसिस भएका धादिङको नीलकण्ठ नगरपालिका –४ सुनौलाबजारका मंगल बहादुुर वि.क.ले जिविकोपार्जनको लागि सरकारको पहिलो भत्ता पाँच हजारको चेक  पाए ।
प्रधानमन्त्रीको हातबाट पहिलो महिनाको भत्ता पाउँदा वि.क निकै खुुसी देखिन्थे । हातमा प्रधानमन्त्रीले दिएको चेक लिएर उनी हात जोड्दै सुुतिरहेका थिए । 

उनकै छेउमा रहेकी उनकी पत्नी रमा पनि खुसी थिइन्, श्रीमानले प्रधानमन्त्रीको हातबाट चेक पाउँदा । 

सानै उमेरमा छोप्ने व्यथा रहेका विकलाई स्पाइनल इन्जुरीको कारण प्यारलाइसिस भएको रमाले लोकान्तरलाई बताइन् । ‘उहाँको काम गर्न सक्ने अवस्था छैन । सरकारले महिनामा ५ हजार दिनुुभयो । खुुसी लाग्यो’, उनले भनिन् । 
पत्नीको कुरामा थप्दै शैय्या सुुतिरहेका मंगलबाहादुरले भने, ‘प्रधानमन्त्रीले हातमै चेक राखिदिएर नमस्कार गर्नुभयो । अब महिना महिनामा पाहिन्छ रे, धेरै खुुसी लागेको छ ।’

‘साँच्चै अब महिना महिनामा पैसा लिन यहाँ नै आउनुपर्छ कि धादिङमै पाहिन्छ ?’ उनले जिज्ञासा राखे ।

‘अब अर्कोपटक जिल्लाबाटै पाइन्छ रे !’ मंगलबहादुरको प्रश्नको उत्तर रामाले दिइन् ।

स्पाइनल इन्जुरीका कारण प्यारालाइसिस भएका अन्य ५ जना विरामीलाई पनि देउवाले चेक वितरण गरेर हिँडे । 

हामी सञ्चारकर्मी भने भत्ता लिएका बिरामीहरुको अवस्था हेर्दै थियौं ।

सरकारले हरेक महिना दिने भनेको जिविकोपार्जन भत्ता पहिलोपटक लिएका बिरामीहरु  निकै खुुसी देखिन्थे । 

मंगलबहादुरको शैय्या भन्दा अलि पर शैय्यामा सुतिरहेका एक बिरामी प्रधानमन्त्रीले दिएको चेक हेर्दै थिए । उनले निकै बेरसम्म चेकलाई हेरिरहे । हामीले उनकै नजिकै गएर कुराकानी ग¥यौं ।

‘दाइ खुुसी हुनुुहुुन्छ ?’ एकटकले चेकलाई हेरीरहेका उनले हामीतर्फ नजर लगाउँदै हास्दै उत्तर दिए, ‘प्रधानमन्त्री नै आउनुु भएर चेक दिनुुभयो, खुसी लाग्यो ।’

उनले लोकान्तरसँग आफ्नो नाम दावेन तामाङ र घर धादिङको तिप्लिङ भएको बताए । 

गाउँमा आमा, बुुबा र बहिनी भएको बताउने तामाङ अस्पतालको शैय्यामा भने एक्लै थिए ।

‘म एक वर्ष अगाडि तिप्लिङमै भीरबाट लडेको  थिएँ, काकाहरुले ल्याएर यहाँ छोडिदिनुभएको हो ।  त्यसपछि घरबाट कोही पनि आउनुु भएको छैन’ उनले भावुक हुँदै भने, ‘मलाई हेर्ने आफन्तहरु त केहीपनि छैनन् । औषधि सबै यहीँको नर्सहरुले ल्याइदिनु हुुन्छ ।’

तामाङको वेवारिसे विरामीको रुपमा अस्पतालकै स्रोतबाट औषधि उपचार भइरहेको छ । हेरचाह गर्ने आफन्त नभएपनि जिविकोपार्जको सरकारले दिएको मासिक पाँच हजारले अब उनलाई राहत मिलेको छ ।

स्पाइनल इन्जुरीका बिरामीलाई चेक दिएपछि प्रधानमन्त्री देउवाले कायक्रम स्थलमै १० जना मिर्गौंलाका विरामी र ११ जना क्यान्सरका विरामीको हातमा पाँच हजारको चेक राखिदिए । 

प्रधानमन्त्रीको हातबाट पाँच हजारको चेक लिँदै गरेका बिरामीको अनुहारमा खुसीको चमक थियो । प्रधानमन्त्री देउवा पनि बिरामीलाई भत्ता विरण गर्न पाउँदा प्रसन्न देखिन्थे ।

बिरामीलाई चेक वितरण गरेपछि आफ्नो मन्तव्य दिएर प्रधानमन्त्री कार्यक्रम स्थलबाट बाहिरिए । हामी भने वीर अस्पतालको क्यानसरका बिरामी रहेको कक्ष तिर लाग्यौं ।

किमो चढाएर शैय्या सुुतिरहेकी पर्वतकी सीता शर्माले आफूले पनि प्रधानमन्त्रीको हातबाट पाँच हजारको चेक पाएको भन्दै देखाइन् ।

‘मैले पनि प्रधानमन्त्रीको हातबाट पाँच हजारको चेक पाएको हो । आज किमो चढाउन १२ बजे वीर अस्पतालमा आएको थिएँ । यहि आएपछि पाँच हजार पाउने भनेर थाहा पाए । किमोको बोतल केही समय बन्द गरेर आफै गएर प्रधानमन्त्रीको हातबाट चेक लिए,’ शर्माले खुुसी हुँदै भनिन्, ‘सधै टिभीमा मात्रै देखिने प्रधानमन्त्रीको हातबाट भत्ता वापतको चेक लिन पाएँ, धेरै खुुसी छुु ।’

शर्माको गत असोज महिनामा टिचिङ अस्पतालमा स्तन क्यान्सरको उपचार भएको हो । उनी असोज महिना देखि नै २२ दिनको फरकमा किमो चढाउन वीर अस्पतालमा आउने गर्छिन् । स्तन क्यान्सरले ज्यान बाँचेपनि कसरी जिविका चलाउने भन्ने चिन्तामा रहेकी शर्माले सरकारबाट मासिक पाँच हजार पाउने भएपछि खुसी भएकी छन् ।

‘सरकारले ठूूला रोगका बिरामीलाई एक लाख दिन थालेको पनि धेरै भएको छैन । अहिले भत्ता समेत दिन थालेको छ । यसले हामीजस्ता रोगले पीडित बनाएका बिरामीलाई धेरै ठूूलो राहत मिल्छ’, उनले भनिन् । 

विक, तामाङ र शर्मा जस्तै वीर अस्पताल र ट्रमा सेन्टरका क्यान्सर, मृर्गौलाका विरामी र स्पाइनल इन्जुरीबाट प्यारलाइसिस भएका २६ जनाले बिहीबार प्रधानमन्त्री देउवाको हातबाट  जिविकोपार्जन वापतको पहिलो रकम पाएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

x