×

NMB BANK
NIC ASIA

काठमाडौंमा लुटिएको साढे ३३ किलो सुनका कारण बिराटनगरमा सनमको हत्या

फागुन २०, २०७४

NTC
Premier Steels

बिराटनगर, २० फागुन–   पछिल्लो समय पूर्वी नेपालमा अपराधिक घटनाको क्रम बढेको छ । शनिवार बिराटनगर महानगरपालिका– ३ स्थित गोधुली मार्गबाट हत्या गरिएको शवसहित पक्राउ परेका ३ जनालाई प्रहरीले सार्वजनिक गर्दै पुर्वी नेपालमा पनि सुन तस्करको ठूलो जालो रहेको हुनसक्ने बताएको छ । प्रहरीले हत्यामा संलग्नहरुलाई आज (आइतवार) सार्बजनिक गर्दै नाटकीय ढंगबाट भएको हत्याको बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।  

Muktinath Bank

यसरी भयो हत्या 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मोरङको उर्लावारी नगरपालिका– ७ का ३६ वर्र्षीय सनम शाक्यका नरेन्द्र कार्की, टेकराज मल्ल लगायत साथीहरु थिए । विगत केही वर्षदेखि नै उनीहरु सनमको घरमा आउजाउ गरिरहन्थे । त्यो क्रम केही वर्ष अघिदेखि नै जारी रहेको थियो । १७ गते पनि त्यही रुपमा सनम एकाएक गायव भए । साथीहरुसँग गएको हुनसक्ने परिवारले अड्कल काटे । अपहरणको शैलीमा यी सबैले शाक्यलाई बिराटनगरबाट  इटहरीको होटेलमा लगेर एकदिन राखेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालयका मोरङका प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बिसीका अनुसार त्यसपछि शाक्यलाई इटहरीबाट सिराहा लगेको देखिएको छ । त्यहाँ केही यातना दिइएपछि शाक्यलाई फर्काएर मोरङकै उर्लावारी नगरपालिका १ स्थित सोल्टी खोलाको किनारको जंगलमा हत्या गरेको बिसीले बताए । हत्या गरेपछि उनीहरुले सनमको शवलाई बा१२च ५९६३ नम्बरको स्कारपीओ गाडीमा हालेर नहरै नहर नेपाल–भारत सीमातर्फ लैजाँदै गर्दा पक्राउ परे ।  


Advertisment
Nabil box
Kumari

महानगरीय प्रहरी अपराध महाशाखा टेकु काठमाडौंबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय मोरङसँग समन्व गरी खोजतलास गर्ने क्रममा शनिवार दिउँसो शव सहित ३ जना र २ वटा गाडी नियन्त्रणमा लिएको थियो । प्रहरीले चेकिङ गर्ने क्रममा भागेर दक्षिणतर्फ जाँदै गरेको गाडी फेरि उत्तरतर्फ मोडिएको थियो । दक्षिणबाट उत्तरतर्फ जादै गरेको बा१२च ५९६३ नम्बरको सेतो रंगको स्कारपीओ र त्यही गाडीको पछाडि रहेको मे१च ५३९५ नम्बरको गाडीलाई बिराटनगर ३ को गोधुली मार्गमा प्रहरीले फेला पार्यो । चेकजाँच गर्ने क्रममा प्रहरीले एउटा गाडीमा शव भेट्यो भने अर्को गाडीमा फिरन्ते रुपमा लामो समय जंगलमा बस्दै हिँड्ने व्यक्तिका लागि आवश्यक पर्ने सबै बन्दोबस्तीमा सामान फेला पार्यो । 

Vianet communication

चेकजाँच गर्दा उक्त गाडीभित्र कालो म्याट्रेस, त्रिपाल र तौलियाले लुकाई राखेको शव, करेन्ट लगाउन प्रयोग गरिएका तार जोडिएका ब्याट्रीहरु समेत फेला परे । प्रहरीले उनीहरुलाई पक्राउ गरेर सोधिखोजी गर्दा उक्त शव सनमको बताए । 

को हुन् पक्राउ परेका व्यक्ति ? 

प्रहरीले शवसहित पक्राउ गरेकामा काभ्रे मन्डन देउपुर गाउपालिका वडा नं. १२ का टेकराज मल्ल ठकुरीले चलाएको बा१२च ५९६३ नम्बरको गाडीमा शव भेटिएको थियो  । ठकुरी सहित मे१च ५३९८ गाडीका चालक मोरङको उर्लावारी नगरपालिका– ५ का मोहन काफ्ले र सोही गाडीमा रहेका उर्लाबारी– ७ का कृष्ण भन्ने नरेन्द्र कार्कीलाई प्रहरीले पक्राउ गर्यो । 

हत्याको कारण साढे ३३ किलो सुन 

प्रहरीले सनम शाक्यको हत्या सुन तस्करीसँग मिलेको बताएको छ । ‘पक्राउ परेका ३ जना लगयतका अन्य व्यक्तिहरुको समेत संलग्नतामा आर्थिक लेनदेन भएको कारणले शाक्यको हत्या भएकोे खुलेको छ,’ मोरङका प्रहरी उपरीक्षक बिसीले भने, ‘विगत एक महिना अघि काठमाडौंबाट हराएको (लुटिएको भनिएको) साढे ३३ किलो सुनको विषयलाई लिएर सनम शाक्यलाई कुटपिट गरी करेन्ट लगाई हत्या भएको देखिन्छ ।’ 

हत्या गरेको स्थलमा प्रहरीले पुगेर हत्या गरिएको अबस्थाको बारेमा जानकारी लिँदै त्यहाँबाट बियरका बोतलहरु समेत बरामद गरेको जनाएको छ । 

प्रहरीका अनुसार सनमको हत्या उर्लाबारी नगरपालिका– १ स्थित सोल्टी खोलाको किनारको जंगलमा भएको थियो । प्रहरीले हत्याको बिषयमा थप अनुसन्धान भइरहेको जनाउँदै पुर्वी नेपालमा सुन तस्करहरुको गिरोह नै सक्रिय रहेको हुन सक्ने बताएको छ । 

पक्राउ परेका तीन जनाविरुद्ध संगठित अपराध तथा अपहरण गरी कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरी आइतवार नै मोरङ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएको छ ।
 
प्रहरीले हत्यामा संलग्नसँगै उनीहरुले प्रयोग गरेका बन्दोबस्तीका सामानहरु समेत सार्बजनिक गरेको छ । हत्यामा प्रयोग भएका ब्याट्री, तार, झिर, बोवाईल, खाना बनाउन प्रयोग भएको जुठो भाँडा सहितको डेक्ची, माछा मार्ने जाली, म्याट्रेस, लत्ता कपडा, पानी भएको ड्रम, करेन्ट लगाउन प्रयोग भएको पाइप लगायतका सामान प्रहरीले सार्वजनिक गरेको हो । एउटा गाडीमा लाश राखिएको प्रहरीले फेला पारेको थियो भने एउटा गाडीबाट बन्दोबस्तीका सामाग्री बरामद भएको थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

बैशाख २९, २०८१

भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x