×

NMB BANK
NIC ASIA

संघीयता कार्यान्वयनमा कर्मचारीको असहयोग : प्रदेशमा खटाउँदा विदेशमा मस्ती !

फागुन २७, २०७४

NTC
Premier Steels

काठमाडौं, २५ फागुन- देश संघीयता कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको अवस्थामा कर्मचारी प्रशासन भने असहयोगी देखिएको छ । सबै प्रदेशमा नयाँ सरकार गठन भएको १ महिनाभन्दा बढी समय हुन लागिसकेको छ, तर केन्द्रमा काम गर्ने कर्मचारीहरू प्रदेशमा जान मानिरहेका छैनन् ।  

Muktinath Bank

केन्द्र सरकारले १ माघ तेस्रो सातादेखि प्रदेशमा कर्मचारी परिचालन गरेको जनाएको छ । तर १ महिनासम्म करीब ६० प्रतिशत कर्मचारी मात्रै प्रदेशमा हाजिर भएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सामान्य प्रशासन मन्त्रालयका अनुसार राजपत्रांकित प्रथम तहका सह-सहिवदेखि सहायक तहका गरी १ हजार ६८ जना कर्मचारी प्रदेशमा पठाइएको छ । तर अहिलेसम्म ६५३ जना कर्मचारी मात्रै हाजिर भएका छन् । 


Advertisment
Nabil box
Kumari

‘प्रदेशमा कर्मचारी पठाएको मितिदेखि ३५ दिनको म्याद दिइएको हुन्छ,’ सामान्य प्रशासन मन्त्रालयकी सह–सचिव सुप्रभा खनाल ढुङ्गेलले लोकान्तरसँग भनिन्, ‘३५ दिन म्याद भएकाले पनि धेरैजना कर्मचारी हाजिर हुन नगएको बुझिएको छ । कतिपयको प्राविधिक समस्या पनि छन् ।’

Vianet communication

कर्मचारीले यसअघि आफू कार्यरत ठाउँमा सबै जिम्मेवारी (काम)को बरबुझाव गरी सरुवा गरिएको ठाउँमा खटिनुपर्ने भएकाले केही ढिलाइ भएको हुनसक्ने सामान्य प्रशासन मन्त्रालयका अधिकारी बताउँछन् । 

प्रदेश सरकारमा खटाएका कर्मचारीको विदेशमा मस्ती

प्रदेश नम्बर ७ को भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिवमा खटाइएका सह–सचिव राजनराज पाण्डे विदेश भ्रमणमा छन् । भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले आफ्नो मन्त्रालयका सचिवको फोनसमेत स्वीच अफ रहेको र उनी अमेरिका गएको सूचना प्राप्त गरेको बताए ।  

सामान्य प्रशासन मन्त्रालयमा बुझ्दा सह-सचिव पाण्डेले रमानाको पत्र बुझिसकेका छन् । तर पत्र बुझेर उनी अमेरिका उडेको जनाइएको छ । उनी कुन कार्यक्रममा अमेरिका गएका हुन भन्ने विषयमा न त सामान्य प्रशासन मन्त्रालयलाई थाहा छ न त प्रदेशमा उनी खटिएको मन्त्रालयलाई नै थाहा छ । 

पाण्डे मात्र हैन, प्रदेश तहका मन्त्रालयमा खटाइएका अधिकांश सह-सचिव, उप-उचिव र अधिकृतहरू मोबाइल अफ गरेर बसेका छन् । ‘यहाँबाट पत्र बुझेर गइसकेका कर्मचारी पनि प्रदेशमा नपुगेको भनेर गुनासो आइरहेको छ,’ सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन शाखाका एक अधिकारीले लोकान्तरसँग भने, ‘उहाँहरूलाई सम्पर्क गर्दा फोन स्वीच अफ भन्छ । पत्र बुझेको ३५ दिनसम्म पनि खटाइएको ठाउँमा नपुगे कारबाही हुन्छ ।’

कुन प्रदेशमा कति कर्मचारी ?

सामान्य प्रशासन मन्त्रालयका अनुसार प्रदेश १ मा १६२ कर्मचारी खटाइएका छन् । जसमध्ये १०२ जना कर्मचारीले मात्रै हाजिरी गरेका छन् । ४१ कर्मचारी अहिलेसम्म कार्यस्थलमै पुगेका छैनन् भने १९ जनाले पत्र बुझेका छैनन् । यस्तै प्रदेश नम्बर २ मा १३६ कर्मचारी खटाइएकोमा अहिलेसम्म ८५ जनाले मात्रै हाजिरी गरेका छन् । ३६ जना हाजिर नै हुन गएका छैनन् भने २८ जनाले पत्र नै बुझेका छैनन् । 

प्रदेश नम्बर ३ मा १३७ कर्मचारी खटाइएको छ । खटाइएकामध्ये १०१ कर्मचारी हाजिर भएपनि २७ कर्मचारी सम्पर्कमै आएका छैनन् । ९ कर्मचारीले भने पत्र नै बुझेका छैनन् ।

केन्द्र सरकारले प्रदेश नम्बर ४ मा १६४ जना कर्मचारी खटाएको छ । तर अहिलेसम्म ९८ कर्मचारीले मात्रै हाजिरी गरेका छन् । ४५ जना कर्मचारी सम्पर्कमै आएका छैनन् भने २१ जना कर्मचारीले पत्र नै बुझेका छैनन् । 

प्रदेश नम्बर ५ का लागि १४९ कर्मचारी खटाइएकोमा ८१ जना कर्मचारी मात्रै हाजिर भएका छन् । ५३ जना कर्मचारी अझै सम्पर्कमा आएका छैनन् । १० जना कर्मचारीले पत्र नै बुझेका छैनन् । 

कर्णाली प्रदेशमा केन्द्र सरकारले १६२ कर्मचारी खटाएकोमा ९५ जना मात्रै हाजिर हुन पुगेका छन् । ३६ कर्मचारी अझै सम्पर्कमा नआएको कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।  कर्णाली प्रदेशमा खटाइएका ३१ कर्मचारीले पत्र नै बुझेका छैनन् । 

प्रदेश नम्बर ७ मा खटाइएका १४४ कर्मचारीमध्ये अहिलेसम्म ९५ जना कर्मचारी मात्रै हाजिर हुन पुगेका छन् । ३३ जना कर्मचारी अझै सम्पर्कमा आएका छैनन् । १६ कर्मचारीले अझै पत्र बुझेका छैनन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x