पुस १९, २०८०
यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...
जनकपुरधाम, १८ चैत– प्रदेश नम्बर दुईको राजधानी जनकपुरधाम । धार्मिक, ऐतिहासिक, पुरातात्विक र पर्यटकीय महत्व बोकेको नेपालकै प्राचीन शहरहरूमध्येको एक प्रमुख शहर हो । यहाँ बर्षभरिमा लाखौँ स्वदेशी तथा बिदेशी पर्यटकहरू आउँछन् । धार्मिक शहर जनकपुरमा लाखौँ हिन्दू धर्माबलाम्बीहरू तिर्थाटन गर्न आउँछन् । तर, जनकपुर अत्यन्तै फोहोर शहरको रूपमा बद्नामित छ ।
यसका अतिरिक्त यस शहरमा बाहिरबाट आउने आगन्तुकहरूका लागि शौचालयको अभाव देखिन्छ । स्थानीय सरोकारवाला निकायहरूले समेत शहरका बिभिन्न चोक तथा सार्वजनिक स्थलमा शौचालय नबनाएकाले जनकपुर आउने मानिसहरू खुल्ला चउरमै शौच गर्न बाध्य छन् । स्थानीय तहले शौचालय निर्माणका लागि भनेर लाखौंको बजेट काम नै नगरी सकेका छन् । जनकपुरमा शौचालय निर्माणका नाममा भएको भ्रष्टाचारबारे लोकान्तरले तेस्रो भागमा विस्तृत चिरफार गरेको छ,
जनकपुरको रंगभूमि मैदानलाई प्राय बाह्र बिघाको नामले पनि चिचिन्छ । जनकपुरमा बाह्र बिघाभन्दा ठूलो खाली ठाउँ अन्य छैन । त्रेता युगमा भगवान राम र सीताको विवाह हुँदा रंगभुमी मैदानमा नै स्वयम्वर भएको भन्ने किंवदन्ती छ ।
अहिले पनि प्रत्येक वर्ष भगवान–राम जानकीको बिबाहपञ्चमी महोत्सव रंगभूमिमै स्वयम्वर आयोजना गरिन्छ । लाखौँ श्रद्धालुहरू त्यो दृश्यको दृश्याबलोकन गर्न पुग्ने गर्छन् । यसका अतिरिक्त कुनै पनि धार्मिक महोत्सव, राजनीतिक दलका खुल्ला सभा, खेलकूद प्रतियोगितादेखि बिहानै मर्निङ वाक गर्नेहरुसम्म रंगभूमिमा भेला हुन्छन् । तर यहाँ पुग्ने सबै मानिसले खुला चौरमै शौच गर्नुपर्ने बाध्यता छ ।
मानिसहरूको चहल पहल हुने रंगभूमिमा सुविधासम्पन्न सार्वजनिक शौचालय निर्माण गर्ने भनेर ८ वर्ष अगाडि नै सर्वदलीय बैठकबाट निर्णय गरिएको थियो ।
शौचालय निर्माणका लागि तत्कालीन जिल्ला विकास समितिले सञ्चालन गरेको एलजीसीडिपी परियोजनामार्फत लगानी गर्न सकिने भएपछि बिभिन्न स्रोतहरूको समेत खोजी गरियो । जनकपुर नगरपालिका र जनसहभागितामा समेत लगानी गर्न सकिने भन्दै शौचालय निर्माणका लागि उपभोक्ता समितिमार्फत काम अगाडि बढाउने निर्णय गरियो ।
२४ चैत्र २०६६ मा जनकपुर नगरपालिका (हाल उपमहानगरपालिका)– ९ स्थित बाह्र बिघा मैदानमा सार्बजनिक शौचालय निर्माणका लागि लालबाबु साहको अध्यक्षतामा एउटा उपभोक्ता समिति बन्यो । कोषाध्यक्षमा रिता कुमारी साह, सचिबमा ज्ञानेश्वर मण्डल र सदस्यहरूमा महेश कुमार साह, मिना देबी पासवान,कबिता मण्डल, लक्ष्मी देबी कर्णसहितको उपभोक्ता समिती बनाइयो ।
तत्कालीन जिल्ला विकास समिति धनुषाले १ लाख ९० हजार ९ सय ९, जनकपुर नगरपालिकाले ९५ हजार ४ सय ५४ र एलजिसीपी परियोजनाबाट १९ लाख ९ हजार तथा जनसहभागिताबाट १ लाख ९० हजार ९ सय ९ गरी कूल २३ लाख ८६ हजार ३ सय ६३ रुपियाँको लागतमा शौचालय निर्माण गर्ने भनियो । १ सय ४१ बर्गमीटर क्षेत्रफलमा २६ वटा कोठासहितको सार्वजनिक शौचालय निर्माण गर्ने भनेर उपभोक्ता समिति र जनकपुर नगरपालिकाबीच ३० बैशाख २०६७ मा सम्झौता भयो ।
सम्झौता भएपछि शौचालय निर्माणका लागि उक्त उपभोक्ता समितिले पटक–पटक गरी कूल २३ लाख ८४ हजार २४ रुपियाँ जिविस धनुषाबाट निकासा पनि पायो । तर, जिविसले प्राविधिक खटाइ मुल्याङ्कन गराउँदा १६ लाख ८४ हजार २४ रुपियाँको मात्र काम भएको देखियो । शौचालय निर्माणमा ७ लाख रुपियाँको काम फछ्र्यौट गर्न बाँकी नै रहेको भनेर महालेखा परीक्षकको कार्यालयबाट लेखा परीक्षण हुँदा प्रतिबेदन दिइएको थियो ।
उक्त प्रतिबेदन पश्चात १ अशोज २०७१ मा जिविसले पुनः स्थलगत निरीक्षण गर्यो । स्थलगत निरीक्षण पछि कूल २२ लाख ७ हजार ७ सय ४५ मध्ये १० प्रतिशत जनसहभागिताको रकम कटाई रु. १९ लाख ८६ हजार ९ सय ६८ को मुल्याङ्कन पेश भएको भन्दै जिविसका प्राबिधिकको टोलीले प्रतिबेदन पेश गर्यो ।
जनगुनासो बढे पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३१ साउन २०६८ मा र २९ अशोज २०७१ मा जिविस धनुषालाई पत्र पठाउँदै शौचालय निर्माणबारे खर्च भएको रकमको विवरण माग्यो ।
शौचालय निर्माणमा अख्तियारले चासो देखाएपछि जिविसबाट निकासा गरिएको २३ लाख ८४ हजार रकम मध्ये ३ लाख ९७ हजार ५६ रुपैयाँ जिविसको खातामा दाखिला गराउन देखाबटी नाटक मन्चन गरियो ।
उपभोक्ता समितिले उक्त रकम २९ बैशाख २०७२ मा दाखिला गर्यो । त्यसपछि जिविसले पनि २३ लाख रुपैयाँको काम सम्पन्न भएको भन्यो ।
अब यो तस्बिर हुर्नुहोस्,
तस्बीरमा देखिएको निर्माणाधिन अवस्थामै जीर्ण भएको भवन त्यही शौचालय हो, जसमा करिब २४ लाख खर्च गरिएको हो । सुविधासम्पन्न शौचालयका लागि भनेर निर्माण गरिएको यो भवनमा कमसल इट्टा र निर्माण सामग्रीको प्रयोग गरेर पर्खाल मात्रै लगाइएको छ । त्यो पनि भत्किन लागिसकेको छ ।
प्लास्टर गरिएको छैन । ढोका, झ्याल केही पनि लगाइएको छैन । पानीका लागि कुनै पनि काम गरिएको छैन । मोटर, धारा केही पनि जडान गरिएको छैन । निर्माण कार्य सम्पन्न भएको प्रमाण पत्र पाइसकेको र जिविसले आफ्नो मातहत स्वामित्व हस्तान्तरण गरिसकेको उक्त सौचालयको वास्तविकता यही हो, जुन तपाईं तस्बिरमा देख्न सक्नुहन्छ ।
मानिसहरु यही सौचालयका भित्तामा पिषाब गर्छन् । विहान यहाँ आउँदा यो भवनको वरिपरि मानिसहरु खुला रुपमा शौच गरिरहेको देख्न सकिन्छ ।
हेर्नुहोस्, तस्बीरमा पनि प्रष्ट देखिन्छ,
राजनीतिक संक्रमणको फाइदा उठाउँदै जनकपुरमा कर्मचारी र उपभोक्ता समितिले यस्ता धेरै योजनामा मिलेमतो गरेर लाखौं रुपैयाँको हिनामिना गरेका छन् । तर यस्ता व्यक्तिलाई सम्बन्धित निकायले कारबाही नगर्दा भ्रष्टाचारजन्य गतिविधि अझै बढ्दै गइरहेको बताउँछन् नागरिक समाजका अगुवा अमर चन्द्र अनिल । शौचालय निर्माणमा भएको अनियमितताका सम्बन्धमा उच्च स्तरीय छानबिन दोषिहरूलाई गर्नुपर्ने उनको माग छ ।
शौचालय निर्माणमा लाखौं रुपैयाँको भ्रष्टाचार भएको त छ नै, अधुरो रहेको उक्त संरचनालाई संरक्षण गर्न नसक्दा निर्माण सम्पन्न नहुँदै जीर्ण भइसकेको छ ।
उक्त शौचालय निर्माण बाट कम्तिमा पनि २ सय पिछडिएका बर्ग र १ सय अन्य गरी कुल ३ सय घर परिबार सहित कुल १ हजार ३ सय २५ जना लक्षित बर्गले सेवा लिने सम्झौतामा उल्लेख गरिएको छ ।
जिल्ला विकास समितिका तत्कालीन प्राविधिक राज किशोर साहले आफ्ना निकटका व्यक्तिहरुको उपभोक्ता समिति बनाएर रकम हिनामिना गरेको स्थानीयको भनाइ छ । सोही कारण जिविसबाट शौचालय निर्माणमा भएको अनियमिततामाथि कुनै पनि छानविन नभएको स्थानीय बताउँछन् ।
यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...
काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...
मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...
संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...
प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...
कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...