फागुन ५, २०८०
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
काठमाडौं, २७ चैत- धादिङको सलाङघाटका विदुर बास्कोटा काठमाडौंमा तरकारी तथा अण्डाको व्यापार गरेर जीविका चलाउँदै आएका थिए ।
काठमाडौंमा व्यापार गरेर दैनिकी चलाउँदै आएका बास्कोटाले २०७२ सालमा भूकम्पले भत्काएको घर भने बनाउन सकिरहेका थिएनन् । भूकम्पले घर भत्किएपछि टहरामै बसेका परिवारका सदस्यलाई नयाँ घर बनाएर खुशीसँग राख्ने बास्कोटाको योजना थियो ।
व्यापार गरेर कमाएको रकम घरखर्चबाट केही बचाएर भूकम्पले भत्किएको घर बनाउने सपना बुन्दै थिए उनी ।
नयाँ घर बनाउने योजना बनाएका उनी घर बनाउनका लागि मान्छे लिएर गत मंगलबार बिहान काठमाडौंबाट धादिङ गए । भोलिपल्ट आफ्नो पसल पनि खोल्नुपर्ने भएकोले उनी मंगलबार बेलुका नै काठमाडौं फर्किए ।
घर बनाउने मान्छे घरमा छोडेर परिवारसँग विदाइ भएका बास्कोटाको सपना बाटोमै चक्नाचुर भयो । उनी काठमाडौं नआइपुग्दै गजुरीमा दुर्घटनामा परे ।
बेलुका साढे नौ बजे गजुरीको चालिसे आइपुगेका बास्कोटालाई विपरीत दिशाबाट आउँदै गरेको गाडीले ठक्कर दिएर भाग्यो ।
उनले दुर्घटनाको समय सम्झदै भने, ‘बाइक चलाएर एक्लै आएको थिएँ । बेलुका करीब साढे नौ बजे गजुरीको चालिसे भन्ने स्थानमा दुर्घटनामा परेँ । अगाडिबाट गाडीले ठक्कर दिएर ठूलो आवज आएको मैले सुनेँ, त्यसपछि केही याद भएन ।’
गजुरीमा दुर्घटनामा परेका उनलाई स्थानीय र प्रहरीले उद्धार गरी गजुरीको सामुदायिक अस्पतालमा लगे । गजुरी अस्पतालमा प्राथमिक उपचारपछि प्रहरीले राजमार्ग विपत् उद्धार समाज नेपालको एम्बुलेन्समा काठमाडौं पठायो । एम्बुलेन्स चालक बलराम त्रिपाठीले उनको अवस्था निकै गम्भीर भएको र कोही आफन्त नभएपछि आफैले नर्भिक अस्पतालमा लगेको बताए ।
‘राति १० बजे गजुरी अस्पतालबाट फोन आयो । त्यति राति उसको आफन्त आउने सम्भावना भएन,’ उनले भने, ‘उसको अवस्था निकै गम्भीर थियो । भोलिसम्म बाँच्यो भने त उसका आफन्तले चाहेको अस्पतालमा लैजान्छन्, उपचार गराउँछन् भनेर निकै मुस्किलले नर्भिकमा लगेँ ।’
गजुरी अस्पतालबाट काठमाडौंको नर्भिक अस्पतालसम्म एक्लै बिरामी लिएर आउन निकै कठीन भएको उनले सुनाए ।
बेहोस अवस्थामा नर्भिक पुगेका बास्कोटाको बुधबार मात्रै होस आयो । आफैँ बाइक चलाएर घरबाट काठमाडौं हिँडेका बास्कोटाले होस् खुल्दा दाहिने हात चुँडिन लागेको र दाहिने खुट्टा दुई ठाउँमा भाँचिएको अवस्थामा आफूलाई अस्पतालको शय्यामा पाए ।
‘मेरो बुधबार बिहान होस आएको थियो । म अस्पतालको शय्यामा रहेछु । अस्पतालमा सबैले होस् आयो! होस् आयो! तपाई नर्भिक अस्पतालमा हुनुहन्छ भन्नुभयो,’ बास्कोटाले लोकान्तरसँग भने, ‘मेरो होस आएपछि नर्भिक अस्पतालका डाक्टरले तपाईँको दाइने हातले काम गर्दैन, काट्नुपर्छ भन्नुभयो । मैले डाक्टरको कुरा सुनिरहेँ ।’
दुर्घटनाको कारण बास्कोटाले आफ्नो दाहिने हात गुमाउनु पर्यो । दाहिने खुट्टाको घुँडामुनि दुई ठाउँमा भाँचिएको छ । नर्भिक अस्पतालले १० लाख रुपैँया लाग्छ भनेपछि उपचार खर्च तिर्न नसक्ने भएर बास्कोटाको परिवारले राष्ट्रिय ट्रमा सेन्टरमा लग्यो । बास्कोटा अहिले ट्रमा सेन्टरको चौथो तलामा रहेको ७१४ नम्बर शय्यामा उपचारत छन् ।
धादिङ प्रहरीले बास्कोटालाई ठक्कर दिने सवारी पत्ता लगाउन सकेको छैन । तरकारी पसल गरेर जीविका चलाउँदै आएका उनको परिवारलाई अब कसरी उपचार खर्च जुटाउने भन्ने समस्या परेको छ ।
‘तरकारी पसल गरेर काठमाडौंमा बस्दै आएका थियौं । घर बनाउने मान्छे पुर्याएर फर्कँदै हुनुहुन्थ्यो । तर दुर्घटनमा परेर हात पनि काट्नुपर्यो, खुट्टा दुईठाउँमा भाँचिएको छ । उपचारमा कति समय र पैसा लाग्छ केही थाहा छैन,’ बास्कोटाकी पत्नी पुनमले भनिन्, ‘उहाँ दुर्घटनामा परेदेखि पसल पनि बन्द छ । उहाँको उपचार कसरी गर्ने, कसरी दैनिकी चलाउने केही सोच्न सकेको छैन ।’
बास्कोटाको उपचारमा डेढ लाख खर्च भइसकेको छ । उनको परिवारको आर्थिक अवस्था कमजोर भएकाले कसैले सहयोग गरिदिए हुन्थ्यो भन्ने परिवारको आशा छ ।
नोट : बास्कोटालाई सहयोग गर्न चाहनेहरूले ९८०३४६१५८४ मा पुनम बास्कोटालाई सम्पर्क गर्न सक्नुहुनेछ ।
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...