×

NMB BANK
NIC ASIA

काठमाडौं, २८ चैत– नेपाल प्रहरीका वर्तमान महानिरीक्षक प्रकाश अर्यालले बुधवारबाट अवकाश पाएका छन् । ३० वर्ष अगाडि २०४४ चैत २९ गते प्रहरी निरीक्षक (इन्सिपेक्टर)का रुपमा प्रहरी सेवामा प्रवेश गरेका अर्याल गत वर्ष (२०७३) चैत २८ गते नेपाल प्रहरीको महानिरीक्षक (आईजी)मा नियुक्त (बढुवा) भएका थिए । 

Muktinath Bank

प्रहरी नियमावलीअनुसार ३० वर्षे सेवा अवधि पूरा गरेर अर्यालले अनिवार्य अवकाश पाएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महानिरीक्षक अर्यालसँगै १५ जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी), ९ जना प्रहरी नायब महानिरीक्षक (डिआईजी) र एक जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पनि बुधवारबाट अनिवार्य अवकाश पाएका छन् । 


Advertisment
Nabil box
Kumari

एआईजीहरु जयबहादुर चन्द, बमबहादुर भण्डारी, देवेन्द्र सुवेदी, बिजयकुमार भट्ट, हेमन्त पाल, रणबहादुर चन्द, मिङ्मार लामा, मधुप्रसाद पुडासैनी, केशरीराज घिमिरे, विजयलाल कायस्थ, माधवप्रसाद नेपाल, माधव जोशी, कमलसिंह बम, पंकज श्रेष्ठ र पशुपति उपाध्यायले अनिवार्य अवकाश पाएका हुन् । 

Vianet communication

त्यस्तै डिआईजीहरुमा गणेश केसी,  केदारमानसिंह भण्डारी, रमेश रञ्जित, सुदीप आचार्य, रामेन्द्र सिंह देउजा, गोविन्द निरौला, भोगबहादुर थापा, पुष्प रञ्जित र पुष्कल रेग्मीले अवकाश पाएका छन् । अवकाश पाउने प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)मा विष्णुहरि गौतम छन् । 

अर्यालको सहज बिदाइ

गत वर्ष फागुन २ गते तत्कालीन प्रहरी महानिरीक्षक उपेन्द्र कान्त अर्यालले अनिवार्य अवकाश पाउँदा नयाँ महानिरीक्षक को हुने भन्ने नै टुंगो लागेको थिएन । अघिल्लो दिन (फागुन १ गते) बसेको मन्त्रिपरिषद बैठकले जयबहादुर चन्दलाई आईजी बनाउने निर्णय गरे पनि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै चन्दलाई आईजी हुनबाट राकेको थियो । 

आईजी बनाइ पाउँ भन्दै नवराज सिलवाल अदालत पुगे । अदालतले बरियताका आधारमा एक नम्बरमा रहेका व्यक्तिलाई आईजी बनाउन आदेश जारी गरेपछि पहिलो नम्बरमा रहेका प्रकाश अर्याल आईजी बन्न पुगे ।

विभिन्न विवाद झेल्दै आईजी बन्न पुगेका अर्यालको कार्यकालमा देशमा तीन तहको निर्वाचन सम्पन्न भएको छ । साथै संविधान कार्यान्वयनको चरण पूरा भएर देश नयाँ दिशामा अगाडि बढेको छ । 

प्रकाश अर्याल प्रहरी सेवाबाट बिदाइ भएर घर फर्किँदा बुधवार साँझको ८ बजिसकेकाे थियो । आफ्नै बिदाइ समारोहमा उपस्थित अर्याल गेम जिताएर फर्किएको टिमका क्याप्टेन जस्तो आत्मविश्वासी देखिन्थे । सायद उनी आफूले सफलतापूवर्क जिम्मेवारी पूरा गरेको ठानिरहेका थिए ।   

अर्यालयको बिदाइ कार्यक्रममा सहभागी प्रहरी अधिकारीहरु उनको सहज बिदाइ भएको बताइरहेका थिए । 

‘जस्तोसुकै विवाद झेलेर आएपनि उहाँले प्रहरी संगठनलाई सन्तुलित रुपमा अगाडि बढाउने प्रयास गर्नुभयो,’ अर्यालको बिदाइ समारोहमा भेटिएका एक प्रहरी अधिकारीले भने, ‘उहाँ पनि आफ्नो सेवाअवधि र आफूले निर्वाह गरेको जिम्मेवारबाट सन्तुष्ट हुनुहुन्छ होला ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x