×

NMB BANK
NIC ASIA

काठमाडौं, १ जेठ-साउदीको ‘अर्काड इञ्जिनियरिङ एण्ड कन्स्ट्रक्सन’ कम्पनीमा खाना बनाउने ‘शेफ’को काम गर्न भनेर गएका मकवानपुरका ज्ञानबहादुर जिम्बालाई भाँडा माझ्न लगाइएपछि उनकी श्रीमती श्रीमानको उद्दारका लागि वैदेशिक रोजगार विभाग धाइरहेकी छिन् ।

Muktinath Bank

‘केएसए इन्टरनेसनल ग्रुप’ नामक म्यानपावरमार्फत् गएका जिम्बाले एजेन्ट वीरबहादुर थिङलाई ९२ हजार रुपैयाँ बुझाएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जाने बेलामा सम्झौतामा हस्ताक्षर गर्दा १८ सय रियल लेखिएको र त्यहाँ पुगेपछि जम्मा १ हजार रियल तलब भएको नयाँ सम्झौता पत्रमा हस्ताक्षर गराइएको पीडित ज्ञानबहादुर जिम्बाकी श्रीमती असली जिम्बाले लोकान्तरलाई बताइन् ।


Advertisment
Nabil box
Kumari

ज्ञानबहादुरलाई भनिएअनुसारको काम नदिएर भाँडा माझ्न लगाइएपछि उनले काम छाडेर घर फर्किने भन्दै उद्दारका लागि पहल गर्न आग्रह गरेका थिए । दुई महिना काम गर्दा पनि तलब नदिएको भन्दै नेपालस्थित म्यानपावर कम्पनीमा पीडितलाई नेपाल झिकाउन आग्रह गर्दा म्यानपावरले ८ दिनभित्र तलब दिलाइदिने भनेर श्रीमती असली जिम्बालाई भनेको थियो ।

Vianet communication

‘त्यस्ता आठ दिनहरू धेरै बिते, तर मेरो श्रीमानले न त तलब पाउनुभयो, न त फर्केर आउनुभयो,’ पीडितकी श्रीमती असलीले गुनासो गरिन् ।

ज्ञानबहादुरले भनेअनुसारको काम नपाएको छ महिना बितिसकेको छ, तर म्यानपावरले उद्दार गर्न कुनै चासो देखाएको छैन ।

वैदेशिक रोजगार विभागका राहत तथा उद्दार शाखाका निर्देशक उद्धवप्रसाद रिजालले म्यानपावरका सञ्चालकलाई बुधवार बोलाइएको र पीडितलाई नेपाल झिकाउन केही समय दिइने बताए । दिइएको समयमा पीडित नेपाल नआए म्यानपावरको कामकारवाही रोकिने छ,' उनले लोकान्तरसँग भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x