×

NMB BANK
NIC ASIA

नेपाली वैज्ञानिक सहभागी टोलीले पत्ता लगायो ‘खतरनाक’ जीका भाइरसको औषधि

जेठ ३०, २०७५

NTC
Premier Steels

काठमाडौं, ३० जेठ– नेपाली वैज्ञानिक सुदीप खड्कसहितको वैज्ञानिकहरुको समूहले जीका भाइरसको औषधि पत्ता लगाएको छ । खड्कासहितको १० जना वैज्ञानिकको टोलीले अरबिडोल÷उमिफेनोविर नामक औषधि पत्ता लगाएको हो ।  

Muktinath Bank

अमेरिकाको वाशिङटन विश्वविद्यालय (डा. स्टेफेन पोल्यक ल्याब) र जर्जिया स्टेट विश्वविद्यालय (डा. क्रिस्टोफर व्यस्लेर ल्याब) मा औषधिको पुनःप्रयोग तथा पुनःप्रायोजनको लागि नेपाली वैज्ञानिक खड्कासहितको वैज्ञानिकको टोलीले अनुसन्धान गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त औषधि केही मुलुकहरुमा फ्लू तथा इन्फ्लुअन्जाको उपचारको  निमित्त प्रयोगमा आइसकेको नेपाली वैज्ञानिक डाक्टर सुदीप खड्काले लोकान्तरलाई जानकारी दिए  । उनले भने, ‘पहिले नै यो औषधिको असरको बारेमा अनुसन्धान समेत भइसकेको छ । हामीले पत्ता लगाएको औषधिलाई चाडै नै जीका प्रभाभित क्षेत्रमा पुर्‍याउँन सकिन्छ भन्ने विस्वास छ ।’


Advertisment
Nabil box
Kumari

उक्त औषधिले जीका भाइरस विरुद्ध प्रभावकारी काम गर्छ भन्ने पुष्टि समेत भइसकेको नेचर जर्नलको साइन्टिफिक रिपोर्टसले सन् १२ जुन २०१८ मा प्रकाशित समेत गरिसकेको छ । 

Vianet communication

के हो जीका भाइरस ?

जीका एइडीज प्रजातिको लामखुट्टेबाट सर्ने गर्दछ । तर अन्य तरिकाबाट पनि यो भाइरस सर्ने सम्भावना रहेको बताइन्छ । नाइजेरियामा पहिलोपटक जिका भाइरस आधिकारिक रुपमा पहिचान भएको थियो ।
जीका लामखुट्टे पाइने स्थानहरुमा व्यापक रुपमा फैलिएको रोग हो ।

विश्वमा व्यापक रुपमा फैलिएको जीका बिरुद्ध यसअघि कुनै औषधि र भ्याक्सिन बनेको छैन । जीका भाईरस यौन सम्पर्क को मध्यम बाट पनि सर्छ । जीकाले भाइरसले गर्भमा रहेको भ्रूणको स्नायुको विकासमा अबरोध पुर्‍याउछ । जीका भाइरसले गर्भपतनको जोखिम समेत बढाउने  र  साथै गर्भपतनको जोखिम पनि बढाउने डा. खड्काको भनाइ छ ।

गर्भवती हुने उमेरका महिला तथा शिशु र वृद्धवृद्धाहरुमा समेत जीका भाइरसको जोखिम धेरै हुन्छ ।

विश्व स्वास्थ्य संगठनले लामखुट्टेका कारण सर्ने जीका भाइरसको कारण गर्भमा हुर्किरहेको शिशुमा शारीरिक तथा मानसिक विकाशमा अवरोध सिर्जना गरी गम्भीर समस्या तथा विकार पैदा गर्ने जनाएको छ ।

जीका भाइरसको संक्रमण फैलिएपछि विश्व स्वास्थ्य संगठनले विश्वमा जीका भाइरस संकटकालको घोषणा समेत गरिसकेको छ । हालसम्म जीका भाइसरको संक्रमण अफ्रिका लगायतका ८ देशहरुमा फैलिसकेको छ ।   नेपाल पनि जीका फैलिने खतरा भएको क्षेत्रमा पर्छ ।

नेपालको बाग्लुङ स्थायी घर भएका डा.खड्कासहतिको वैज्ञानिकहरुको टोलीले केही समय अगाडि इबोला भाइरसको औषधि समेत पत्ता लगाएका थिए ।

को हुन् डाक्टर सुदीप?

डा.सुदीप खड्का बागलुङका पूर्वसांसद स्वर्गीय हरिबहादुर खड्का र पूर्व  गरिवी निवारण तथा सहकारी राज्यमन्त्री चम्पादेवी खड्काका जेठा छोरा हुन् । शिक्षित परिवारमा जन्मिएका खड्का सानैदेखि अन्तरमुखी स्वभावका थिए । आधारभूत शिक्षाको सुरुवातमा नै उनी अन्य पुस्तकहरु पढ्न रुची राख्थे । 

वैज्ञानिक बन्ने सपना लिएका सुदीपले घरमा रहेको घडी, रेडियो टिभी फुकालेर फेरी बनाउने प्रयास गरीरहन्थें । 

उनले बाल्यकालको घटना सम्ंझर्दै लोकान्तरसँगको कुराकानीमा भने, ‘मलाई साइन्टिस्टहरुको बारेमा लेखिएको पुस्तक पढ्न रमाइलो लाग्थ्यो । एकदिन पत्रिकामा एकजना २६ वर्षमै पीएचडी गरेका वैज्ञानिकको बारेमा समाचार पढें । त्यो समाचारले मलाई प्रभावित बनायो । समाचार पढेपछि मलाई पनि वैज्ञानिक बन्नुपर्छ भन्ने लाग्यो । मैले ठूलो भएपछि साइन्टिस्ट बन्छु भन्थे ।’

बागलुङमा कक्षा सातसम्म पढेका खड्काले आठ कक्षाबाट काठमाडौंको ग्यालेक्सी स्कुलमा अध्ययन गरे । उनले सोही स्कुलबाट एसएलसी दिएका हुन् ।  एसएलसी पछि काठमाडौं विश्वविद्यालयबाट खड्काले आइएस्सी गरे । 

आइएस्सीमा राम्रो अंक आएपछि घरपरिवारले सुदीपलाई डाक्टर बनाउने सपना लिए । तर सुदीपले सानैमा वैज्ञानिक बन्ने सपना बनाइसकेका थिए ।

एमबिबिएस पढाएर छोरालाई डाक्टर बनाउने सुदीपको बुवाआमाको सपना थियो । एमबिबिएस पढाउने बुवाको निर्णयलाई सुदीपले अस्वीकार गरीदिए । डाक्टरले बिरामीको स्वास्थ्य परीक्षण गरेर अरुले पत्ता लगाएर तयार भएको औषधि खानु भन्ने सल्लाह दिन्छन् । तर सुदीपलाई आफैले नयाँ औषधि पत्ता लगाउने चाहना थियो । 

बुबाको डाक्टर बनाउने सपनालाई त्यागेर सुदीप सन् २००३ मा अमेरीका गए । नेपालमा एमबिबिएस भर्ना भएको वर्ष दिन नपुग्दै साइन्टिस्ट बन्न अमेरिका पुगेका सुदीपले अमेरिकामै पीएचडी गरे । 

त्यसपछि उनलाई अमेरीकामा धेरै अवसरहरु पाप्त भयो । उनले आफ्नो वैज्ञानिक बन्ने सपनालाई पुरा गर्न सफल भए । तीन वर्ष अगाडि अमेरिकाको जर्जिया राज्यस्थित इन्स्टिच्युट फर बायोमेडिकल साइन्स विश्वविद्यालयमा भाइरसको विषयमा अनुसन्धान गर्ने अवसर पाए । उनीले त्यो अवसरलाई निकै महत्त्वपूर्ण रुपमा लिए । 

यो पनि पढ्नुहोस्

अमेरिकामा इबोलाको औषधि पत्ता लगाउने वैज्ञानिक सुदीपको योजना– नेपाल फर्किएर राजनीति गर्ने !

 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २९, २०८१

भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x