×

NMB BANK
NIC ASIA

स्थानीयको विरोधपछि विश्वकै ठूलो शंखसहितको पार्क निर्माण अलपत्र

कात्तिक २०, २०७४

NTC
Premier Steels
ललितपुर, ५ फागुन — ललितपुरको शंखमूलस्थित वाग्मती किनारमा गैरआवासीय नेपाली (एनआरएन)को सहयोगमा निर्माण हुँदै गरेको शंखमूल पार्क निर्माण प्रक्रिया अवरुद्ध भएको छ ।
शंखमूलको ललितपुरतर्फका स्थानीय संघसंस्था र राजनीतिक दलले पार्कअगाडिबाट बाटो निर्माण गर्नुपर्ने माग अघि सारेपछि एक महिनादेखि पार्क निर्माणको काम अलपत्र भएको हो ।
एनआरएनले करीब दुई करोड रुपैयाँ संकलन गरी पार्क निर्माणको प्रक्रिया अगाडि बढाएको थियो । शंखमूलको वाग्मती किनारस्थित ३२ रोपनी क्षेत्रफलमा उक्त पार्क निर्माणको काम आधाआधी सम्पन्न भइसकेको छ ।

नेपाल सरकारका तत्कालीन मुख्यसचिव लीलामणि पौड्याल र एनआरएनका अध्यक्ष शेष घलेले संयुक्त रूपमा २०७१ साल असोजमा पार्कको शिलान्यास गरेका थिए ।
पार्क निर्माण गर्दा स्थानीय समुदायसँग कुनै छलफल नगरी निर्माण प्रक्रिया अगाडि बढाएको भन्दै शंखमूलका स्थानीयहरूले विरोध जनाएका हुन् । पार्कअगाडिबाट पक्की बाटो निर्माण गर्नुपर्ने स्थानीयको माग छ ।
स्थानीयको विरोधपछि शंखमूल निर्माणको ठेक्का लिएका स्पेस क्राफ्ट कन्स्ट्रक्सन प्रालिले एक महिनादेखि निर्माण प्रक्रिया रोकेको छ ।

‘पार्क निर्माण शुरु गर्दा स्थानीयको कुनै विरोध नभएको र त्यहीअनुसार नै मास्टरप्लान अनुसार निर्माण प्रक्रिया अगाडि बढाएको थिएँ,’ स्पेस क्राफ्ट निर्माण कम्पनीका प्राविधिक मनोहर त्रिपाठीले भने, ‘अहिले निर्माणको बीचमा स्थानीयले विरोध जनाएपछि हामीले पार्क निर्माण गर्न गत महिनाबाट रोकेका छौं ।’
एनआरएनले वाग्मती सेवा समिति र एकीकृत वाग्मती विकास समितिको सहकार्यमा उक्त पार्क निर्माण थालेको थियो । शंखपार्क निर्माण गर्नका लागि एनआरएनले आफ्ना सदस्यलगायत विभिन्न पक्षसँग गरी करीब दुई करोड रकम आर्थिक संकलन गरेको थियो ।

पार्कमा पाँचवटा घाट, पोखरी र चौबीसै घण्टा पानी बग्ने ठूलो शंख र रुद्रधाराको निर्माण योजना रहेको स्पेस क्राफ्ट निर्माण कम्पनीका त्रिपाठीले बताए ।

च्यासल टोल सुधार समितिका अध्यक्ष स्थानीय श्याम व्यञ्जनकारले पार्क निर्माणबारे स्थानीयसँग कुनै छलफल नगरिएको गुनासो गरे । ‘स्थानीयलाई अत्यावश्यक पर्ने बाटो बनाइदिएमा निर्माण प्रक्रिया अगाडि बढाउन अवरोध हुदैन,’ उनले भने ।
ललितपुर युएनपार्कदेखि च्यासलस्थित फुटबल मैदान अगाडिसम्मको बाटो निर्माण नभई पार्क निर्माण सम्भव नहुने उनले बताए ।

सन् २०१७ को अप्रिलसम्ममा पार्क निर्माण सम्पन्न गर्ने योजना एनआरएनको थियो । निर्माण शुरु गर्नेबेला पार्क अगाडिबाट बाटो जाने कुनै योजना नबनेकोले सोही अनुसार पार्क बनाइएको निर्माण कम्पनीका त्रिपाठीले बताए ।
पुरातात्त्विक महत्त्वको क्षेत्र अगाडि बाटो निर्माण गर्दा यसले त्यहाँको संंरचना अशोभनीय हुने कारणले पनि बाटो निर्माणको योजना नराखिएको निर्माण कम्पनीले जनाएको छ ।

स्थानीय च्यासल युवा क्लबलगायत स्थानीय राजनीतिक दलले एनआरएनलगायत निर्माण पक्षसँग वार्ता गर्न लागेको व्यञ्जनकारले बताए ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x