×

NMB BANK
NIC ASIA

सांगठनिक स्वरूप फेर्दै सशस्त्र प्रहरी, ७७ जिल्लामै स्थायी कार्यालय

सातवटै प्रदेश र राजधानीमा गरी ८ वटा बाहिनी

साउन १५, २०७५

NTC
Premier Steels

काठमाडौं –सशस्त्र प्रहरी बलले अब देशभरका ७७ वटै जिल्लामा आफ्नो स्थायी कार्यालय स्थापना गर्ने भएको छ । गत जेठ २७ गतेको मन्त्रिपषिद् बैठकको निर्णयअनुसार सशस्त्र प्रहरीले देशका सबै जिल्लामा आफ्नो स्थायी कार्यालय विस्तार गर्न लागेको हो । 

Muktinath Bank

यसअघि ४१ जिल्लामा मात्रै सशस्त्र प्रहरीको स्थायी कार्यालय थियो भने १५ जिल्लामा अस्थायी कार्यालय थियो । २७ जेठको मन्त्रिपरिषद् बैठकले ‘सशस्त्र प्रहरी बलमा सांगठनिक पुनर्संरचना सम्बन्धमा संक्षिप्त संगठन तथा व्यवस्थापन सर्वेक्षण– २०७५’ पारित गरेपछि सशस्त्र प्रहरी देशभर फैलिन लागेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सीमा सुरक्षा कार्यालय गणमा स्तर वृद्धि


Advertisment
Nabil box
Kumari

सशस्त्र प्रहरी बलले सीमा सुरक्षा कार्यालयलाई गणमा अभिवृद्धि गर्ने भएको छ । हाल भारतसँग सीमा जोडिएका तराईका जिल्ला झापादेखि कञ्चनपुरसम्म तथा सिन्धुपाल्चोकमा समेत २ सय ३७ नफ्रीमा रहेकाे रहेकाे सीमा सुरक्षा कार्यालय ६ सय २१ नफ्रीकाे गणामा स्तर बृद्धि हुने सशस्त्र प्रहरीका प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) बाबुराम पाण्डेले बताए । 

Vianet communication

पाण्डेले सीमा सुरक्षा तथा निरीक्षणका् लागि परिचालन हुने बोर्डर आउट पोस्ट (बीओपी)को संख्यामा पनि उल्लेख्य वृद्धि हुने बताए । बीओपीहरू अब सीमा सुरक्षा गणबाट परिचालन हुने पाण्डेको भनाइ छ । 

७ प्रदेश र संघीय राजधानीमा गरी ८ वटा बाहिनी  

सशस्त्र प्रहरीले हाल कायम ५ वटा बाहिनीको संख्यालाई पनि बढाउने भएको छ । ७ वटै प्रदेशमा १–१ र संघीय राजधानी रहेको काठमाडौं उपत्यकामा १ गरी देशभर ८ वटा बाहिनी रहनेछन् । बाहिनीको नेतृत्व सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी)ले गर्नेछन् । 

सशस्त्रको नयाँ संरचनाअनुसार देशभर रहेका इकाइहरू बाहिनी मातहत परिचालन हुनेछन् । सशस्त्र प्रहरी बलले सबै प्रदेशमा तालिम केन्द्र रहनेगरी थप ५ वटा तालिम केन्द्र खोल्ने तयारी पनि गरेको छ । 

केन्द्रमा महिला गण 

सशस्त्र प्रहरीले लैङ्गिक समावेशीतालाई महत्त्व दिन केन्द्रीय कार्यालयमा महिला कर्मचारीको मात्रै छुट्टै गुल्म राख्ने योजना अगाडि सारेको छ । यस्तै देशभरका ८ वटै बाहिनीमा १–१ सेमु नफ्रीमा महिला कर्मचारी खटाउने सशस्त्रको तयारी छ । 

सशस्त्र प्रहरीमा हाल २ हजार १ सयको हाराहारीमा महिला कर्मचारी रहेकामा अब महिला कर्मचारीको संख्या बढाइने प्रवक्ता पाण्डेले बताए । 

यसरी हुँदैछ सशस्त्र प्रहरीमा सांगठनिक परिवर्तन

सशस्त्र प्रहरीले जनशक्तिको व्यवस्थापन, परिचालन तथा  कार्यक्षेत्रको विशिष्टिकरण गरेर सांगठनिक परिवर्तनको अभ्यास थाल्ने जनाएको छ । 

सशस्त्रले एकै तहका युनिटहरूको नफ्री समान हुनेगरी सांगठनिक व्यवस्थापन गर्ने भएको छ । साथै अब युनिट सरुवा प्रणाली लागू गर्ने सशस्त्रको तयारी छ । यसअघि सशस्त्रमा व्यक्तिगत रूपमा सरुवा हुने गरेकोमा अब सशस्त्र प्रहरी नायव निरीक्षकभन्दा तलका कर्मचारीको युनिटगत रूपमा सरुवा हुनेछ । 

३७ हजारबाटै देशभर खटिने

सशस्त्र प्रहरीमा हाल ३७ हजार १ सय १७ जनाको दरबन्दी छ । अहिलेको अवस्थामा ४५ जिल्लामा स्थायी र अन्य १५ जिल्लामा अस्थायी मात्रै कार्यालय रहेको सशस्त्र प्रहरी ७७ वटै जिल्लामा परिचालन हुँदा थप जनशक्ति आवश्यक पर्ने देखिन्छ । 

तर तत्कालका लागि हाल रहकै जनशक्तिलाई नयाँ संरचनामा रूपान्तरण गरिने सशस्त्र प्रहरी बलका प्रवक्ता समेत रहेका डीआईजी बाबुराम पाण्डे बताउँछन् । 

प्रहरीले सीमा सुरक्षा तथा व्यवस्थापन, विपद् व्यवस्थापन, दंगा तथा विद्रोह नियन्त्रण, पृथकतावादी तथा आतंकवादी गतिविधि नियन्त्रण, विशिष्ट व्यक्तिको सुरक्षा, औद्योगिक क्षेत्र र नेपालस्थित कूटनीतिक नियोगहरूमा सुरक्षा प्रदान गर्न सशस्त्र प्रहरी परिचालन गरिएको छ । 

सरकारले सशस्त्र प्रहरीलाई पहिलो प्राथमिकता निर्धारण गरी सीमा सुरक्षा र व्यवस्थापनका लागि परिचालन गरेको छ भने त्यसपछि दंगा तथा विद्रोह नियन्त्रणका लागि सशस्त्रलाई रिजर्भ फोर्सका रूपमा राखेको छ । तर नयाँ संरचनाअनुसार ७७ वटै जिल्ला छरिँदा सशस्त्रमा जनशक्तिको अभाव हुने देखिन्छ । 

‘भौतिक संरचना र जनशक्तिका हिसाबले तत्काल केही अप्ठ्यारो हुने निश्चित नै छ,’ सशस्त्र प्रहरीका एक वरिष्ठ अधिकारी भन्छन्, ‘यद्यपि सरकारले खटाएको ठाउँमा परिचालन हुन जस्तोसुकै अवस्थामा पनि तयार छौं ।’

थप जनशक्ति आवश्यक

संघीय व्यवस्थाअनुसार सशस्त्र प्रहरीको परिचालनका लागि सरकारले हाल रहेको सशस्त्र प्रहरी ऐन– २०५८ लाई परिवर्तन गर्न मस्यौदा तयार पारिसकेको छ । संसदमा दर्ताको तयारीमा रहेको ऐनमा सशस्त्र प्रहरी बल केन्द्र सरकार मातहत रहने परिकल्पना गरिएको छ । 

संघीयतामा पनि केन्द्र सरकार मातहत हुने सशस्त्र प्रहरीलाई सीमा सुरक्षा, आतंकवादी गतिविधि तथा सशस्त्र विद्रोह नियन्त्रण र दंगा नियन्त्रणका लागि परिचालन गरिने नयाँ ऐनमा व्यवस्था गरिएको छ । 

सीमा सुरक्षा र व्यवस्थापनका लागि ४ हजारको संख्यामा सशस्त्र प्रहरी परिचालन छन् । सबैभन्दा बढी भारतसँग नाका जोडिएका क्षेत्रमा परिचालन गरिएको सशस्त्रको संख्या नेपाली सीमामा परिचालित भारतीय प्रहरीको तुलनामा ५ गुणा कम हो । 

भारतले नेपाली सीमा क्षेत्रमा मात्रै २३ हजारको संख्यामा सीमा सुरक्षा बल (एसएसबी)लाई परिचालन गरेको छ । 

संघीयतामा पृथकतावादी गतिविधि बढ्ने सम्भावना भएकाले पृथकतावादी गतिविधि नियन्त्रणका लागि पनि सशस्त्रको बलियो उपस्थिति हुनु जरुरी देखिन्छ । 

सशस्त्र प्रहरीले थप जनशक्तिका लागि गृह मन्त्रालयमा प्रतिवेदन समेत पठाएको छ । गृहमा पठाएको प्रतिवेदनमा सशस्त्र प्रहरीले तत्कालका लागि २० देखि २५ हजारको संख्यामा थप जनशक्ति आवश्यक पर्ने उल्लेख गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

बैशाख २९, २०८१

भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x