चैत १५, २०८०
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
भदौ ३, २०७५
काठमाडौं – सिन्धुलीकी कमला राना वैदेशिक रोजगार विभाग बुद्धनगरमा आइतबार मलिन अनुहारमा भेटिइन् ।
वैदेशिक रोजगारीका लागि साउदी गएका पति अलपत्र परेपछि उनी आफ्नो पतिलाई नेपाल झिकाइदिन माग गर्दै विभाग आइपुगेकी हुन् । कमला विभागमा धाउन थालेको पनि धेरै भइसक्यो ।
इम्पावर ओभरसिज प्रा.लि. नामको म्यानपावर कम्पनीले उनका पतिलाई क्याटरिङमा वेटरको काम लगाइदिने भन्दै गत चैत ३ गते साउदी अरेबिया पठाएको थियो ।
एक लाख तीस हजार नेपाली रुपैयाँ तिरेर साउदी गएका कमलाका पतिले डेढ महिनासम्म काम नै पाएनन् ।
पतिले फोनमा आफूलाई म्यानपावरले काममा नै नलगाएको बताएपछि कमलाले म्यानपावरवालासँग पतिलाई नेपाल झिकाइदिन भनिन् । तर म्यानपावरवालाले काम लगाइदिने भनेर टार्यो ।
राम्रो काम भनेर विदेश पठाइएको थियो, तर उनले शौचालय सफा गर्ने काम पाए । त्यसबापतको तलब पनि नपाएको कमलाले गुनासो गरिन् । तलब माग्दा उनका पतिलाई कम्पनीले कामबाटै निकालिदियो । कामबाट निकालिएपछि उनी साउदीको चर्को घाममा भोकै सडकमा भौँतारिन बाध्य भए ।
‘श्रीमानले फोनमा होटलमा काम लगाइदिने भनेर शौचालयमा काम लगाइदिएको भनेर सुनाउनुभयो, पछि त्यही कामको पनि तलब नदेर निकालिदियो,’ कमलाले लोकान्तरसँग भनिन्, ‘सडकमा भोकै छु, नेपाल झिकाऊ भन्दै श्रीमान् फोनमै रुनुभयो ।’
त्यसपछि पतिको उद्धारका लागि भन्दै उनी वैदेशिक रोजगार विभाग धाउन थालेकी हुन् ।
३८ जना नेपाली साउदीमै अलपत्र
कमलाको पतिसँगै गएका अन्य ३७ जना नेपाली पनि अहिले साउदीमा अलपत्र छन् ।
आफ्नो मान्छे विदेशमा अलपत्र परेपछि ३८ जनाकै आफन्त आइतवार विभागमा भेला भएका थिए ।
उनीहरूले गत साउन ३ गते आफ्ना आफन्तलाई झिकाइदिन माग गर्दै उजुरी पनि दिएका थिए । उजुरी दिएको एक महिनासम्म खासै पहल नभएको उनीहरूको गुनासो छ ।
यसरी परे अलपत्र
फागुन र चैत महिनामा गरी इम्पावर ओभरसिज प्रा.लि. र तीनजुरे इम्प्लोइमेन्ट सर्भिस प्रा.लि. नामको म्यानपावर कम्पनीले ३८ जना नेपालीलाई साउदीमा पठाएका थिए ।
वैदेशिक रोजगारीमा गएका ३८ जना नेपालीले साउदी गएको डेढ महिनासम्म काम पाएनन् ।
उजुरीपछि विभागले उनीहरूलाई साउदी पठाउने म्यानपावर कम्पनीको कामकारवाही रोक्का गरेर कारवाही अघि बढायो ।
काम रोक्का भएपछि इम्पावर ओभरसिजका सञ्चालक तारामणि राई तथा तीनजुरे इम्प्लोइमेन्टका सञ्चालकहरू राजकुमार राई, कविन्द्र थापा र बबिन राई विभागमै आए ।
वैदेशिक रोजगार विभागले विदेशमा अलपत्र परेकाहरूको आफन्त र म्यानपावर कम्पनीका सञ्चालकलाई राखेर कुराकानी गरायो ।
छलफलमा म्यानपावर कम्पनीले सबैलाई काम लगाइदिने र भनेअनुसारको तलब पनि दिलाउने सहमति गर्यो र छलफल टुंगियो ।
विभागका अधिकारीहरूको सहमतिमा दुई पक्षीय हस्ताक्षर पनि भयो ।
डेढ महिना काम गरे, तलब माग्दा निकालिए !
म्यानपावरसँगको सहमतिपछि पनि उनीहरूले भनेअनुसारको काम र तलब पाएनन् ।
काममा लागेको डेढ महिना बितिसक्दा पनि तलब नपाएपछि उनीहरूले साहुसँग तलब मागे । तलब माग्दा कामबाटै निकालिनुपरेको विभागमा भेटिएका पीडितका आफन्त प्रदीप सुन्दासले बताए ।
‘पहिला तीन जना तलब माग्न गए, उनीहरूलाई कामबाट निकालिदियो । पछि त्यहाँ काम गर्ने ३८ जनालाई नै तलब मागेकै निहुँमा निकालियो,’ सुन्दासले भने, ‘विदेशको ठाउँमा पानीसमेत पिउन पाएनन् । २४ घण्टा त सडकमा भोकभोकै बस्नुपर्यो ।’
त्यसपछि आफन्तहरू पुन: विभागमा आए । साउन ३ गते अर्को उजुरी दर्ता भयो । सामूहिक रूपमा दर्ता गराएको त्यो उजुरीले केही हदसम्म काम गर्यो । एनआरएनएको तर्फबाट उनीहरूले दुई दिनपछि खाना खान पाए ।
‘हामीले यहाँबाट विभिन्न संस्थालाई गुहारेपछि हाम्रा आफन्तले दुई दिनपछि बल्ल खान पाए,’ उनले गहभरी आँसु पार्दै सुनाए ।
नेपालबाट आफन्तको पहलमा केही समय खाना पाए पनि ३८ जना नेपाली एक महिनाअघिदेखि साउदीमा अलपत्र छन् ।
विभिन्न संघ-संस्थाको पहलमा दुई बोरा, चामल, एक बोरा दाल र एक केजी नून र एक लिटर तेल पाएका थिए । उक्त खाद्यान्न पनि सकियो ।
एउटै कोठामा ३८ जना कोच्चिएर बसेका छन् । उनीहरू यथासक्य छिटो नेपाल फर्कन चाहन्छन् ।
‘फोन गर्दा राम्रोसँग बोल्न समेत सकेका छैनन्, हाम्रो उद्धार नै हुँदैन कि भनेर चिन्तामा छन्,’ सुन्दासले सुनाए ।
वैदेशिक रोजगार विभागका प्रवक्ता उद्धव रिजाल भने साउदीमा अलपत्र नेपालीको उद्धारका लागि पहल भइरहेको बताउँछन् ।
‘अहिले पनि हामी त्यही विषयमा छलफल गरिरहेका छौं, साउदीको केसमा उद्धारका लागि अलि समय लाग्छ, तर उहाँहरूको उद्धार हुन्छ,’ उनले भने ।
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...