×

NMB BANK
NIC ASIA

दशैंमा नयाँ बस थपिने सम्भावना न्यून : बार्गेनिङमा व्यवसायी, मुख ताक्दै सरकार

असोज १५, २०७५

NTC
काठमाडौं गोंगबुस्थित नयाँ बसपार्कमा दशैंका लागि टिकट बुकिङ गराउँदै यात्रु
Premier Steels

काठमाडौं –यो वर्षको दशैंमा नयाँ गाडी नथपिने भएपछि लामो दूरीका यात्रु समस्यामा पर्ने भएका छन् । यातायात व्यवसायीहरू यो वर्ष पर्याप्त बस किन्ने माहोल नभएको बताउँछन् ।

Muktinath Bank

दशैंको मुखमा आइपुग्दा पनि सरकारसँग विभिन्न असमझदारी विद्यमान रहेका कारण व्यवसायीले नयाँ बसमा लगानी नगर्ने भएका हुन् । जसका कारण दशैंमा पर्याप्त गाडी नपाइने निश्चित प्रायः छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यातायात व्यवस्था विभागले भने गैरजिम्मेवार जवाफ दिँदै व्यवसायीले व्यवस्था मिलाउने आशा व्यक्त गरेको छ ।  विभागका सूचना अधिकारी गोकर्ण उपाध्यायले भने, ‘व्यवसायीहरूले भनेका छन् । केही व्यवस्था मिलाउलान् नि !’ उनका अनुसार छोटो दूरीका बस किनिरहे पनि यो वर्ष लामो दूरीका बसमा लगानी गर्न व्यवसायीहरू हच्किएका छन् ।


Advertisment
Nabil box
Kumari

धमाधम टिकट बुकिङ

Vianet communication

दशैंमा घर जानका लागि यात्रुहरूले धमाधम अग्रिम टिकट बुकिङ गरिरहेका छन् । शनिबारसम्ममा ४१ हजारले अग्रिम टिकट बुकिङ गरेको देखिन्छ । २० भन्दा पुराना गाडी र बिग्रिएका केही बस विस्थापित भएपनि पर्याप्त मात्रामा नयाँ बस नथपिने भएको हो ।

गत वर्षको मात्रै अवस्था हेर्दा नियमित चल्नबाहेक ४ सय नयाँ बस थपिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार गत वर्ष दशैंमा २५ लाख मानिस राजधानी उपत्यकाबाट बाहिरिएका थिए । 

कसरी होला व्यवस्थापन ?

यसअघिका तथ्यांक हेर्दा प्रत्येक वर्षको दशैंमा ४ सयदेखि ५ सय ठूला बसहरू बजारमा आउने गरेको थिए । यस्तै करीब २ सय सवारी साधन विस्थापित हुने गरेको यातायात व्यवस्था विभागले जनाएको छ । यो वर्ष पनि २० वर्ष पुराना वा बिग्रएका सवारी साधान विस्थापित भएपनि गत वर्षहरूमा जस्तो नयाँ सवारी भने बजारमा नआएको विभागले जानएको छ । 

विभागका सूचना अधिकारी उपाध्याय भन्छन्, ‘सामान्यतया फाट्टफुट्ट गाडी आइरहेका छन्, तर दशैंका लागि नै भनेर आउने गाडी भने यो वर्ष अत्यन्तै कम छ, किनभने लगानी गर्न व्यवसायीहरू डराएका छन् ।’

यात्रुको चाप बढेर दबाब परे एकसय बस नयाँ आउने सम्भावना रहेको व्यवसायीहरू बताउँछन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महांघका महासचिव सरोज सिटौलाका अनुसार समान्य अवस्थामा यो वर्ष व्यवसायीहरू नयाँ बस किन्ने मनस्थितिमा छैनन् ।

सिटौला भन्छन्, ‘यो वर्ष विगतका वर्षहरूमा जस्तो गाडीमा धेरै लगानी गर्न व्यवसायी सहमत छैनन्, किनभने सरकारले हाम्रो घाँटी न्याक्ने षड्यन्त्र गरिरहन्छ । यद्यपि दशैंको सन्दर्भमा भने हामी जसरी पनि व्यवस्थापन भने गर्नेछौं ।’ 

‘खै हाम्रो सुरक्षा !’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य भन्छन्, ‘व्यवसायीमाथि एकोहोरो हस्तक्षेप भइरहेको छ । हाम्रो लगानीको सुरक्षाको प्रत्याभूति छैन । कसरी नयाँ गाडी किन्ने ? सिन्डिकेट भन्दै हामीमाथि एकोहोरो हस्तक्षेप गर्ने सरकारले पनि सोच्नुपर्छ नि !’

कर्माचार्यले सरकारले जस्तो ‘गैरजिम्मेवार’ भने व्यवसायी नबन्ने बताउँदै भने, ‘हामी सरकारजस्तो गैरजिम्मेवार भने बन्दैनौं । यात्रुको आवश्यकताअनुसार बसको व्यवस्थापन गर्नेछौं । ढुक्क भएर दशैं मनाउने तयारी गर्नुस् ।’

व्यवसायी अझै बार्गेनिङमा

यो वर्ष गत असोज ९ गतेदेखि अग्रिम टिकट बुकिङ खुलेको थियो । यसअघि बुकिङ खोल्ने विषयमा सरकार र यातायात व्यवसायीबीच असमझदारी थियो ।

दुवै पक्षबीचको तीन चरणको वार्तापश्चात गत असोज ५ गतेदेखि अग्रिम बुकिङ खोल्ने घोषणा गरेपछि पनि व्यवसायीहरूले मिति सारेका थिए । मिति घोषणापछि पेट्रोयिम पदार्थको मूल्यवृद्धि भयो । व्यवसायीहरूले वैज्ञानिक रूपमा यातायातको भाडा पनि बढाउनुपर्ने माग राखेका थिए । सरकारले दशैंको मुखमा भाडा नबढाउने भने पनि व्यवसायीहरू आफ्नो अडानबाट पछि नहटेपछि यातायाताको भाडा बढेको हो ।

सरकारले यसअघि सिन्डिकेट खारेज गर्ने भन्दै रोक्का गरेका यातायात समितिका बैंक खाता तत्काल खोल्न पनि व्यवसायीहरूले सरकारलाई दबाब दिइरहेका छन् । यो विषयमा छलफल भइरहेको यातायात व्यवस्था विभागका महानिर्देशक लावण्यकुमार ढकालले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x