×

NMB BANK
NIC ASIA

विकास भनेको जादुको छडी होइन : पूर्वमन्त्री न्यौपाने

असोज २६, २०७५

NTC
Premier Steels

काठमाडौं – सत्तारुढ नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेले विकास भनेका जादुको छडी नरहेको बताएका छन् ।

Muktinath Bank

देशमा वर्तमान सरकारले विकास गर्ने विषयमा कुनै पनि सम्झौता नगर्ने उनले स्पष्ट पारे । जनता डिजिटल प्रालिद्वारा रिपोर्टर्स क्लब नेपालमा शुक्रवार गरिएको गीत विमोचन कार्यक्रममा पूर्वमन्त्री न्यौपानेले केपी ओली नेतृत्वको वर्तमान सरकारले विकास र समृद्धिका लागि काम गरेको भन्दै सरकारको आलोचना गर्न आवश्यक नरहेको बताए । सरकारले जनताका पक्षमा काम गरिरहेको पनि उनले दावी गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री ओलीको बचाउ गरेका न्यौपानेले विकासमा सरकारको उच्च ध्यान रहेको जनाएका छन् । ‘विकास भनेको जादुको छडी होइन,’ उनले भने, ‘विकास भइरहेको छ । सरकार बनेको भर्खरै ६ महिना पुगेको छ । यस्तो अवस्थामा केही पनि काम भएन भन्नु पूर्वाग्रही कुरा हो ।’


Advertisment
Nabil box
Kumari

न्यौपानेले वर्तमान सरकारको आलोचना नगर्न आग्रह गरे । ‘दुईतिहाईको सरकारलाई काम गर्न दिनुपर्छ,’ उनले भने, ‘काम गरेको छ वा छैन भनेर मूल्यांकन गर्ने अहिले होइन । जे जति काम भएको छ त्यो धेरै राम्रो भएको छ ।’

Vianet communication

जनता डिजिटल प्रालिले गीत संगीतको क्षेत्रमा गरेको योगदानको पूर्वमन्त्री न्यौपानेले प्रशंसा गरे । ‘गीत संगीतबाट नै देशको कला र संस्कृतिको जगेर्ना गर्न सकिन्छ,’ उनले भने, ‘गीत संगीतकै कारण धेरैको रोजगारीमा सहयोग मिलेको छ । यो क्षेत्रलाई सरकारलाई पनि विशेष ध्यान दिनुपर्छ ।’

कार्यक्रममा पूर्वमन्त्री न्यौपानेले ‘तिमी हुन्छ मात्र भन...’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । कार्यक्रममा जनता डिजिटल एण्ड फिल्मस् प्रालिको ब्यानरमा बनेको निरबहादुर बम्जनको लोकपप गीत सार्वजनिक गरिएको थियो । कार्यक्रममा म्युजिक भिडियोका कलाकार, निर्देशक, कोरियोग्राफर, संगीतकार, गीतकार, सहयोगी टीम सबैलाई मायाको चिनोमार्फत् सम्मान गरिएको थियो ।

हेर्नुस् भिडियो :

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

फागुन २८, २०८०

प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x