×

NMB BANK
NIC ASIA

तेरो गोजीको जाँदैन, अर्थमा फाइल पठाइदे भनेर दिनदिनै दबाब दिन्छन् : स्वास्थ्य सहसचिव (भाग–६)

कात्तिक २०, २०७४

NTC
Premier Steels

काठमाडौं, ६ असार  – स्वास्थ्य मन्त्रालयका सहसचिव महेन्द्रप्रसाद श्रेष्ठले निर्देशिका मिचेर रकम उपलब्ध गराउन अस्पताल सञ्चालकहरूले व्यापक दबाब दिइरहेको खुलासा गर्नुभएको छ ।

Muktinath Bank

पहुँच, दबाब र भनसुनका आडमा स्वास्थ्य मन्त्रालयले बर्सेनि करोडौं रुपैयाँ अस्पतालहरूलाई बाँडेको भन्दै सरकारले निर्देशिका बनाएर त्यसमा रोक लगाइदिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हेरौं, लिंक (भनसुन र दबाबमा अस्पतालले अब अनुदान नपाउने, ४५ करोड रोक्का (भाग–२)


Advertisment
Nabil box
Kumari

निडर स्वभावका सहसचिव श्रेष्ठले अस्पताललाई अनुदान दिने सम्बन्धी निर्देशिका छलेर रकम लिनका लागि सिफारिस गरिदिन आफूमाथि दबाब बढेको वताउनुभयो ।bimal_sir_bhrastachar_swasthya_

Vianet communication

‘तपाईले स्वास्थ्यबाट सिफारिस गर्नुपर्यो । फाइल अर्थमा पठाइदिनुपर्यो । सिफारिस गर्दैमा तपाईंको गोजीको केही जाने होइन भनेर मलाई दबाब आएको छ,’ सहसचिव श्रेष्ठले लोकान्तरसँग भन्नुभयो । आफूलाई फोनमा त्यस्तो दबाब आइरहेको उहाँको भनाइ छ ।

सरकारले राजधानी र वाहिरका अस्पताललाई दिने भनेर यस वर्ष ५० करोड रुपैयाँ विनियोजन गरेको थियो । तर नाफामूलक अस्पतालले समेत राज्यकोषबाट रकम लिइरहेको, अनुदान शीर्षकमा लिएको रकमको सदुपयोग नभएको, खर्चको हिसाबकिताब समेत सन्तोषजनक नरहेको भन्दै निर्देशिका बनाएर रोक लगाइदिएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हालै निर्देशिका बनाएर रोक लगाएको हो ।

निर्देशिकाले राजधानीमा सञ्चालित अस्पतालले सरकारबाट अनुदान नपाउने व्यवस्था गरेको छ । गएको पाँचवर्षदेखि प्रस्ताव पेश गरेर स्वास्थ्य मन्त्रालयबाट अनुदान लिंदै आएका राजधानीमै सञ्चालित नाफामूलक अस्पतालहरूले आफूलाई त्यस्तो दबाब दिइरहेको श्रेष्ठको भनाइ छ ।

‘निर्देशिकाले मन्त्रालयबाट रकम लिन बन्देज लगाएपछि मन्त्रिपरिषद्बाट निर्णय गराएर लिने चुरीफुरी बढिसकेको छ,’ सहसचिव श्रेष्ठको भनाइ छ, ‘स्वास्थ्यले सिफारिस गरेपछि मन्त्रिपरिषद्ले निर्णय गरिदिनसक्ने भएकाले उनीहरू हामीलाई दबाब दिइरहेका छन् ।’

को-को हुन् त्यसरी दबाब दिने ? श्रेष्ठको जवाफ छ, ‘फोनमा मात्र दबाब दिइरहेका छन् । अहिलेसम्म निवेदन नै चाहिँ हालिसकेका छैनन् । जो सँग शक्ति र पहुँच छ, उनीहरूबाटै हो दबाब आएको ।’

निर्देशिका बनेपनि त्यसलाई उल्लंघन गर्ने प्रयास शुरु भइसकेको उहाँको भनाइ छ । पहुँचवालाले निर्देशिका छल्दै मन्त्रिपरिषद्बाट निर्णय गराएर रकम लान खोजेको श्रेष्ठको दाबी छ ।

‘स्वास्थ्य मन्त्रालयबाट वितरण हुने रकम राजधानीका अस्पतालले नपाउने गरी निर्देशका वनेपछि रकम स्वास्थ्यबाट होइन, अर्थबाट निकासा लिने गरी अस्पताल सञ्चालकहरू लागिपरेका छन्,’ उहाँले थप्नुभयो ।

पाँच वर्षको अवधिमा राजधानी काठमाडौं र वाहिर रहेका थुप्रै अस्पताल र स्वास्थ्य संस्थाले राज्यकोषबाट झण्डै तीन अर्व रुपैयाँ लिएको खुलासा लोकान्तरले गरिसकेको छ ।

हेरौं यो लिंक (पाँच वर्षमा नाफामूलक अस्पतालले तीन अर्व लिएको खुलासा)

‘पहिला मापदण्ड थिएन, सुशासन थिएन । आन्तरिक मूल्यांकनका भरमा रकम दिएका थियौँ । तर त्यो निष्पक्ष थिएन,’ सहसचिव श्रेष्ठको भनाइ छ, ‘अव सुशासन वसालौँ, निष्पक्ष गरौँ भनेर निर्देशिका वनाइयो, फेरि त्यसको पनि उल्लंघन गर्ने तयारी भइरहेको छ ।’ हेरौं सम्बन्धित समाचारका यी लिंकहरू पनिः

http://archive.lokaantar.com/sushasan/3441   http://archive.lokaantar.com/sushasan/4007   http://archive.lokaantar.com/sushasan/5161

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x