पुस ११, २०८०
कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...
कात्तिक २०, २०७५
राष्ट्रिय समाचार समितिबाट प्रक्षेपित, आइतवार गोरखापत्रमा छापिएको जानकारी अनुसार नेपालमा गुड्ने मोटर वाहनहरूको संख्या ३२ लाख नाघेको छ । यसमध्ये १० लाखभन्दा बढी काठमाडौं उपत्यकामा छन् । सोही दिन बिहान एक निजी टेलिभिजन प्रसारणले ३२ लाखमध्ये २५ लाख त दुइपाङ्ग्रे वाहन (मोटरसाइकल) नै भएको आँकडा दिएको थियो । चर्चामा आएका सूचनाले दुई पाङ्ग्रे र चारपाङ्ग्रे मात्र होइन बस,ट्रक,टिप्पर र एक्स्क्याभेटर समेतका गह्रौं मोटर वाहनहरूको आयात तथा दर्ता चालू रहेको पनि बताउँछन् । अर्को शब्दमा, यात्रुवाहक र मालवाहक वाहनहरूको संख्या निरन्तर बढिरहेको छ । तर देशमा उपलब्ध सडकको लम्बाइ र चौडाइ सीमित भएको हुनाले सडकमा सवारी साधनहरूको चाप थेगेर नसकिने भैसकेको छ ।
अन्यत्रबाट उपत्यकामा आवतजावत गर्ने सवारीसाधन थपिँदा राजधानीको व्यवस्थापन अझ चुनौतीपूर्ण भएको सरोकारवाला प्रहरी एकाइका वरिष्ठ अधिकृत वसन्तकुमार पन्तको कथन छ । यहाँका सडकहरूमा भुक्तभोगीहरूमध्ये पनि बटुवा कति असुरक्षित छन् त्यो दिनदिनै देखिइरहेको छ । हालै कीर्तिपुरको सडकमा खाल्डोमा खसेर साइकलचढीको ज्यान गएको घटनाले उपलब्ध सडक सञ्जालको अवस्थाको झलक दिन्छ ।
राजधानी शहर रहेको उपत्यकाका सडक त असुरक्षित र अपर्याप्त छन् भने मोफसलमा के हालत होला ? हिजै मात्र डोल्पामा भएको जीप दुर्घटना हुँदा १० नेपालीको ज्यान गएको दु:खद समाचार आज मङ्गलवारका अखवारहरूमा छापिएको छ । बस र अन्य सवारी साधनहरूको दुर्घटनाका समाचार दिनहुँ आइरहँदा जनसाधारणमध्ये कतिपयले आफन्त गुमाउनुपरेको हुन्छ भने कसैले अपाङ्ग अवस्था बेहोर्नुपर्दछ । समाचारले आम जनतामै असुरक्षाको स्थिति महसूस गराउँछ जसको परिणति छुट्टै मूल्याङ्कनको विषय हो । सडक दुर्घटनाका कारक र कारण भत्केका सडक, बिग्रेका पुल, थोत्रा वाहन, चालकको लापरवाही आदि भएको तथ्य जग-जाहेर छ । तसर्थ यी पक्षको सम्बोधन र दुर्घटनाहरूको छानबीन नियमित प्रक्रियाभित्र परिदिए मात्र पनि एकतहको गुनासोको समाधान निस्कने थियो ।
पटके निर्णय र हचुवा नीतिले समस्याको दिगो समाधान निस्कन सक्दैन । यसमा सडक, व्यवस्थापन, निर्माण, लगायतका सबै पक्ष समेटिने गरी परिवहन सम्बन्धी एकीकृत गुरुयोजना तर्जुमा गरी त्यसलाई कडाइका साथ लागू गर्नु आवश्यक छ । सडकसंख्या र लम्बाइ थोरै मात्र थपिने तर मोटर वाहनहरूको गन्ती धेरै गुणाले बढ्ने अहिलेको बेथिति जतिसकेको छिटो समाप्त हुनैपर्छ । त्यसको लागि अर्थ मन्त्रालयले भन्सार राजस्व सङ्कलन धेरै हुन पाउँछ भनेर सवारी साधन आयात बढ्न दिने र बैंकहरूले पनि वाहन खरीदलाई सहजै कर्जा उपलब्ध गराउने हालको परिपाटीमा परिवर्तन गरिहाल्नु पर्छ । र, राष्ट्रिय योजना आयोग जस्तो कुनै जिम्मेवार निकायबाट फराकिलो परिवेशमा यातायात सम्बन्धी मुलुकको आवश्यकता पूरा गर्ने रणनीति अख्तियार गर्नु सामयिक हुनेछ ।
कति वर्षमा कति राजमार्ग, रेलमार्ग र सडक बनाउने अनि कति जनसंख्याको लागि कति सवारीसाधनको बन्दोबस्त गर्ने जस्ता काम प्राथमिकताको आधारमा तय नगरीकन हुँदैन । त्यस्तै, सडक एवं पुल-पुलेसाको भारवहन क्षमताको लेखाजोखा उत्तिकै जरूरी छ । यहीँनेर यातायात व्यवस्थापनका वरिष्ठ प्रहरी अधिकृत पन्तको यो भनाइ विचारणीय छ : ‘यहाँ ६० वटा गाडी ल्याउनु र ६० जना बोक्ने एउटा गाडी ल्याउनुमा निकै फरक पर्छ’। सार्वजनिक यातायातका साधन बढाएर व्यक्तिगत वाहनहरूको संख्या घटाउने नीति लिनु मनासिब हुन्छ । समय-समयमा गुड्ने र सुविधायुक्त बस, मिनिबसहरूको सेवा पाइने भएपछि निजी वाहन राख्ने प्रवृत्ति त्यसै पनि घटेर जानेछ । यस्तोमा करको दर केही बढाए पनि फरक पर्दैन ।
साथसाथै, पर्यावरण प्रदूषण अनियन्त्रित हुन नदिन बिजुलीबाट चल्ने सवारीसाधनलाई अझ प्रोत्साहन गर्नसके समस्याको दीर्घकालीन समाधान पनि निस्कने कुरा निर्विवाद छ ।
कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...
संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...
प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्मा ठूला भनिएका दलका शीर्ष न...
काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...
काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...