मंसिर १७, २०८०
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
मंसिर १४, २०७५
काठमाडौं – औषधि व्यवस्था विभागले आर्थिक वर्ष २०७४/७५ मा ३ हजार ६ सय ९१ वटा औषधि पसल अनुगमन गरेको थियो । अनुगमनमा दर्ता नभएका १ सय ३६ वटा, फर्मासिस्ट नै नभएका ६ सय ९७ वटा र दर्ता नभएका औषधि बिक्री गर्ने ३ सय ६९ वटा औषधि पसल भेटिएका थिए ।
यस्तै ३ सय ४८ वटाले औषधि पसलले औषधिको रेर्कड नराख्ने गरेको, ८८ वटाले उचित तापक्रममा भ्याक्सिन सञ्चय नगरेको र १ सय २३ वटाले म्याद नाघेका औषधि फार्मेसीमै राख्ने गरेको पाइएको थियो ।
यो त विभागले अनुगमन गरेका ३ हजार ६ सय ९१ वटा फार्मेसीको मात्रै तथ्यांक हो । नेपालमा हाल दर्ता भएर सञ्चालनमा रहेका औषधि पसलको संख्या २१ हजार ६ सय ५१ छ । ती औषधि पसलहरू कसरी सञ्चालन भइरहेका छन् भन्ने तथ्याङ्क विभागसँग छैन ।
औषधिको समुचित प्रयोग गरी नकारात्मक प्रभाव न्यूनिकरण, जनसुरक्षित, असरयुक्त र गुणयुक्त औषधिको मात्र उत्पादन, निकासी पैठारी, बिक्री वितरण तथा सेवनलाई व्यवस्थित गरी जनतामा औषधिको पहुँच पुर्याउँदै जनस्वास्थ्यको रक्षा गर्ने औषधि व्यवस्था विभागको प्रतिबद्धता छ ।
उक्त प्रतिबद्धता पूरा गर्न औषधि व्यवस्था विभागले औषधि उत्पादक कम्पनी र औषधि पसलहरूको निरीक्षण गर्न जरुरी हुन्छ ।
तर ती औषधि पसलहरूको निरीक्षण र नियमन गर्ने निरीक्षकको संख्या भने ७ मात्रै रहेको औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले बताए ।
‘औषधि ऐन २०३५ अनुसार ४० जनाको दरबन्दी थियो तर अहिले ७ जना मात्रै निरीक्षक हुनुहुन्छ,’ केसीले लोकान्तरसँग भने, ‘जनशक्ति र स्रोत साधनको अभावमा प्रभावकारी अनुगमन गर्न सकिरहेका छैनौं ।’
औषधि व्यवस्था विभागका निर्देशक नारायणप्रसाद ढकालले फार्मेसीको संख्याअनुसार औषधि निरीक्षकको दरबन्दी नहुँदा ढुक्कसँग अनुगमन गर्न नसकिएको बताए ।
‘फार्मेसी सञ्चालकको संख्या बढेको छ, तर हाम्रो निरीक्षकको दरबन्दी ३० वर्ष पुरानो संरचनाको आधारमा छ, निरीक्षण गर्ने जनशक्ति थोरै नै हो,’ निर्देशक ढकालले भने, ‘तर हामीले जनशक्ति छैन भनेर अनुगमन नगरी बसेका छैनौं, जनशक्तिअनुसार लक्ष्य राखेर अनुगमन गरिरहेका छौं ।’
निर्देशक ढकालले हालको फार्मेसी संख्याका आधारमा प्रभावकारी अनुगमन गर्न एक सयजना विज्ञ औषधि निरीक्षकको आवश्यक रहेको बताए ।
उनले भने, ‘सामान्य रूपमा एउटा जिल्लामा एकजना निरीक्षकको व्यवस्था गर्न पनि ७७ जना आवश्यकता पर्छ, काठमाडौं, पोखरा लगायतका शहर मा फार्मेसीहरूको संख्या धेरै छ, सोही अनुसार हामीलाई एक सयजना औषधि निरीक्षक आवश्यक छ ।’
औषधि व्यवस्था विभागले औषधि पसलको अनुगमन गर्ने जनशक्ति माग गर्दै २०७२ सालमा स्वास्थ्य मन्त्रालयलाई परिपत्र समेत गरेको थियो । तर मन्त्रालयले हालसम्म औषधिको अनुगमन गर्ने निरीक्षकको दरबन्दी थप गरेको छैन ।
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...