×

NMB BANK
NIC ASIA

बजारमा युनिलिभरदेखि क्यासियोसम्म नक्कली सामान, उद्योगीदेखि उपभोक्तासम्म मारमा

मंसिर २४, २०७५

NTC
Premier Steels

काठमाडौंबजारमा नक्कली वस्तुको कारोबार व्यापक भइरहेको पाइएपनि नियामक निकाय मौन छ । विश्वमा नाम चलेका ब्राण्डका नाममा नेपाली बजारमा नक्कली वस्तुको व्यापक बिक्री वितरण भइरहँदा नियामक निकाय उद्योग, वाणिज्य तथा आपूर्ति विभाग मौन रहेको हो ।

Muktinath Bank

अन्तर्राष्ट्रिय कम्पनी क्यासियो र युनिलिभरले आफ्नो उत्पादनको नाममा नेपालमा नक्कली वस्तुको बिक्री वितरण भइरहेको भन्दै उद्योग विभागमा उजुरी दर्ता गरेपछि नक्कली वस्तुको कारोबार भइरहेको रहस्य खुलेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

क्यासियो र युनिलिभरले आफ्नो उत्पादनको नाममा नक्कली वस्तुको बिक्री भइरहेको भन्दै विभागमा उजुरी दिएको र सोही आधारमा विभागले कारवाही प्रक्रिया अगाडी बढाउँदा बजारमा नक्कली वस्तुको व्यापक बिक्री वितरण रहेको पुष्टि भएको विभागले जानकारी दिएको छ ।


Advertisment
Nabil box
Kumari

विभागका अनुसार नेपाली बजारमा युनिलिभरका उत्पादन भन्दै स्याम्पु, लिपगार्ड लगायतका कस्मेटिक र क्यासियो कम्पनीका नक्कली क्याल्कुलेटर बिक्री भइरहेका छन् ।

Vianet communication

अन्तर्राष्ट्रिय बजारमा चर्चित ब्राण्डका रूपमा रहेको युनिलिभरका उत्पादन सनसिल्क स्याम्पु, डोभ स्याम्पु, फेयर एण्ड लभ्ली, पोण्ड्स र भ्यासलिन (लिपगार्ड) लगायतका सामान नेपाली बजारमा नक्कली बिक्री भइरहेका छन् ।

‘युनिलिभर र क्यासियोले नेपालमा नक्कली वस्तुको बिक्री वितरण भइरहेको र त्यसले आफ्नो कारोबार प्रभावित भएको भन्दै विभागमा उजुरी दिएपछि हामीले कारवाही प्रक्रिया अगाडी बढाएका हौं,’ विभागका कानून शाखाका उपसचिव टंकबहादुर महतले लोकान्तरसँग भने, ‘नक्कली वस्तु भएको पुष्टि भएपछि हामीले त्यस्ता वस्तु ठूलो परिमाणमा जफत गरेका छौं र जरिवाना समेत गरेका छौं ।’

उनका अनुसार बौद्धको उर्बसी कस्मेटिकले अन्तर्राष्ट्रिय कम्पनी युनिलिभरको उत्पादनको नाममा ठगी गर्दै आएको छ । युनिलिभरले दिएको उजुरीका आधारमा विभागले आवश्यक छानबिन गर्दा नक्कली कस्मेटिक वस्तुको कारोबार भइरहेको पुष्टि भएको उपसचिव महतले बताए ।

उनका अनुसार उर्बसी कस्मेटिकले नक्कली वस्तुको बिक्री गरेको पुष्टि भएपछि विभागले ३ हजार रूपैयाँ जरिवाना गरेको छ । त्यस्तै सोही ठाउँको निकिता इम्पेक्सले नक्कली कस्मेटिकको बिक्री गरेको पुष्टि भएपछि ४ हजार रूपैयाँ जरिवाना गरेको विभागले जानकारी दिएको छ ।

त्यस्तै विनायक इम्पेक्सलाई २ हजार, अनमोल इम्पेक्सलाई १ हजार, बालाजी इम्पेक्सलाई १ हजार रूपैयाँ जरिवाना गरिएको विभागले जानकारी दिएको छ ।

यसैगरी दुर्गा स्टोरलाई २ हजार रूपैयाँ, माइसप इम्पेक्सलाई २ हजार रूपैयाँ तथा राहुल इम्पेक्स तथा मञ्जुश्री इम्पेक्सलाई ३÷३ हजार रूपैयाँ जरिवाना गरिएको विभागले उल्लेख गरेको छ ।

बौद्धकै लाइट एण्ड डिलाइट ट्रेडर्सले क्यासियो कम्पनीको उत्पादन भन्दै नक्कली क्याल्कुलेटरको बिक्री गरेको पुष्टि हुँदा विभागले ३ हजार रूपैयाँ जरिवाना गरेको छ । सो ट्रेडर्सबाट २९ थान नक्कली क्यालकुलेट समेत जफत गरिएको छ । 

त्यस्तै आशिष इम्पिोरियमले समेत क्यासियो कम्पनीको नाममा नक्कली क्यालकुलेटर बिक्री गरेको पुष्टि हुँदा ३ हजार रूपैयाँ जरिवाना गराइएको विभागले जानकारी दिएको छ । सो इम्पोरियमबाट ३५ थान क्यालकुलेटर जफत समेत गरिएको छ ।

क्यासियो कम्पनीकै उत्पादन भनेर जी शेक घडीको कारोबार गर्दै आएको इमेज वल्र्ड वाइड ट्रेनिङलाई विभागले ४ हजार रूपैयाँ जरिवाना गरेको र २ सय १७ थान घडी जफत गरेको छ । सोही स्थानमा रहेको डीआर वाच सेन्टर र डोटेल स्टोर पसलले समेत क्यासियो कम्पनीको उत्पादन भन्दै ठगी गरेको पुष्टि भएपछि क्रमशः २ हजार रूपैयाँ र १ हजार रूपैयाँ जरिवाना गराएको विभागले जानकारी दिएको छ । यी दुईटै व्यवसायीबाट क्रमशः १४ थान र ७ थान घडी जफत गरिएको विभागले जानकारी दिएको छ ।

विभागले पेटेन्ट डिजाइन ट्रेडमार्क ऐनको दफा १९ बमोजिम नक्कली वस्तु बिक्रीमा संख्याको आधारमा फरक–फरक रकममा जरिवाना गरिएको उपसचिव महतले बताए ।

को हो नियामक निकाय ?

उद्योग विभागका अधिकारीहरूले बजार अनुमगन तथा निमयनका लागि अन्य निकाय भएकाले ट्रेडमार्क सम्बन्धी विषय मात्रै आफ्नो कार्यक्षेत्र भित्र पर्ने बताएका छन् । ‘आफ्नो ट्रेमार्क चोरी गरेर आफ्नो उत्पादनलाई असर पर्ने गरी फलानोले बिक्री गरेको भन्दै कुनै उद्योगले उजुरी दिएमा मात्रै हामीले अनुमगन गर्ने हो,’ विभागका एक अधिकारीले भने, ‘अनुमगन गर्ने निकाय अरु नै छन् । त्यो हाम्रो क्षेत्राधिकार भित्र पर्दैन ।’

बजार अनुमगन तथा नियमन गर्ने अन्य पनि निकाय रहेका छन् । अन्य निकायहरूबीच आवश्यक समन्वय हुन नसकेको र कस्मेटिक एवं प्राविधिक वस्तुको नियमन समेत कसले गर्ने भन्ने स्पष्ट नभएको जानकारहरू बताउँछन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति विभागका महानिर्देशक योगेन्द्र गौचनले कुनै पनि वस्तुको मापदण्ड तथा गुणस्तर नियमनको कार्य नापतौल तथा गुणस्तर विभागले गर्ने बताए । त्यस्तै ट्रेडमार्कसँग सम्बन्धित वस्तुको नियमन उद्योग विभागले गर्ने र खाद्य वस्तुसँग सम्बन्धित वस्तुको नियमनको कार्य खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको कार्य क्षेत्रभित्र पर्ने बताए  ।

आफ्नो विभागले उपभोक्तासँग सरोकारका सबै विषयको अनुगमन तथा नियमन गर्ने भएपनि कस्मेटिक तथा प्राविधिक विषयमा ठगी गरेको, नक्कली भएको कुनै उजुरी विभागमा नपरेपछि अनुमगन गर्न नसकिएको उनले स्वीकार गरे ।

सबै नियमनकारी निकायबीच समन्वय हुन नसकेको स्वीकार गर्दै महानिर्देशक गौचनले यी वस्तुका बारेमा तुरुन्तै छलफल गरिने बताए । ‘नक्कली वस्तु नियमन जिल्ला प्रशासन कार्यालयको कार्य क्षेत्रभित्र पनि पर्छ,’ उनले लोकान्तरसँग भने, ‘एक हिसाबले यी सबै निकायबीच समन्वय नभएको पनि हो । हामी यस विषयमा चाँडै छलफल गर्नेछौं ।’ छलफल गरेर सम्बन्धित निकायका अधिकारी सहित अनुमगनमा जाने प्रतिबद्धता समेत गौचनले व्यक्त गरे ।

यसरी बजारमा नक्कली वस्तुको कारोबार भइरहेकाले उपभोक्ताको स्वास्थ जोखिममा परेको भन्दै उपभोक्ता अधिकारकर्मीहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बजारमा नक्कली वस्तुको अनुमगन गर्ने जिम्मेवार तथा अधिकार सम्पन्न निकाय आपूर्ति विभाग नै रहेको दाबी गरे ।

‘बजार अनुमगन गर्ने र नक्कली वस्तु भेटिएको अवस्थामा नमुना संकलन गर्ने कार्य आपूर्ति विभागकै हो,’ उनले भने, ‘आपूर्ति विभागसँग इच्छाशक्ति नभएका कारण यसमा ध्यान दिएको छैन र कस्मेटिक लगायतका वस्तुको नियमनका लागि सरकारसँग स्पष्ट निकाय छैन ।’

कस्मेटिक वस्तुमा मापदण्ड अनुसार आवश्यक तत्व नभएपछि उपभोक्ताको स्वास्थमा गम्भीर असर पार्ने भएकाले सरकारले यसको नियमनमा विशेष चासो दिनुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाइ छ ।

‘गाजल, लिपस्टिक, स्याम्पु लगायतका कस्मेटिक वस्तुमा हानिकारक रसायन भेटिएको छ,’ उनले लोकान्तरसँग भने, ‘यसले पनि बजारमा नक्कली वस्तु रहेको पुष्टि गर्छ । यसले उपभोक्ताको स्वास्थमा गम्भीर हानी गर्ने समेत विज्ञहरूले बताउँदै आएकाले सरकारले नियमनमा कडाई गर्नुपर्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x