×

NMB BANK
NIC ASIA

प्रदेशसभा वार्षिक समीक्षा

नामाकरण र राजधानी तोक्न सफल, सरकारले बिजनेश नदिँदा कानून निर्माण सुस्त

माघ २२, २०७५

NTC
Premier Steels

पोखरा – गण्डकी प्रदेश सभाको पहिलो बैठक बसेको माघ २२ गते मंगलवार ठीक १ वर्ष पुगेको छ । 

Muktinath Bank

अन्य केही प्रदेशको तुलनामा गण्डकी प्रदेश सभाले प्रदेशको नाम र राजधानी तोक्ने विषयमा अग्रस्थान हाँसिल गर्न सफल भयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गण्डकीसहित कर्णाली र सुदूरपश्चिमबाहेक ४ वटा प्रदेशले अझै स्थायी नाम र राजधानी तोक्न सकेका छैनन् । गण्डकी प्रदेश सभाले १ वर्षमा १९ कानून निर्माण गरेको छ ।


Advertisment
Nabil box
Kumari

संघीय संरचनाको पहिलो वर्षमा गण्डकी प्रदेश कम विवादित रह्यो । गत वर्ष २०७४ मंसिर १० र २१ गतेको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनपश्चात् गण्डकी प्रदेशका ११ जिल्लाका प्रदेशसभा सदस्यले माघ ७ गते शपथ ग्रहण गरेका थिए ।

Vianet communication

प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले प्रदेश सभाका सदस्यलाई सपथ गराएका हुन् । माघ २२ गते सभाको पहिलो बैठक बसेकोमा फागुन ३ गते दोस्रो बैठकबाट नेत्रनाथ अधिकारी सभामुखमा निर्विरोध निर्वाचित भएका थिए ।

नाम र राजधानी सम्बन्धी निर्णय

प्रदेशको नाम र राजधानी तोक्ने विषयमा संविधानप्रदत्त अधिकार प्रयोग गर्दै सर्वसम्मत् रुपमा प्रदेशको राजधानी ‘पोखरा’ र नाम ‘गण्डकी’ तोकिएको छ । गत वर्ष असार १८ गते प्रदेशको राजधानी पोखरा र असार २२ गते प्रदेशको नामाकरण ‘गण्डकी’ गरिएको हो ।

प्रदेश राजधानीको निर्णय सर्वसम्मत भएपनि नामको विषयमा भने प्रमुख प्रतिपक्षी कांग्रेस लगायत दलबाट केही दिन नाराबाजी नै भयो ।

संसद्का ६७ दिन, ८१ बैठक

संसद्को पहिलो अधिवेशन माघ २२ गतेदेखि शुरू भइ २०७५ बैशाख २४ गतेसम्म गरी २९ दिन चल्यो । यसबीचका ३६ वटा बैठकमा २९ घण्टा १६ सेकेन्डसम्म बैठक बसेको थियो । प्रदेश प्रमुख बाबुराम कुँवरबाट प्रदेश सरकारको आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रम बैशाख ३ गते सभामा प्रस्तुत भएको थियो  । 

संसदको दोस्रो अधिवेशन २०७५ जेठ १६ गते शुरू भइ २०७५ असोज ८ गते अधिवेशन अन्त्य भयो । झण्डै ३ महिना रोकिएर संसद्को हिउँदे अधिवेशन गत पुस २३ गते शुरू भएको छ । 

दोस्रो अधिवेशनअन्तर्गत ३५ दिन सभा सञ्चालन भएकोमा बैठक ४२ वटा बसे । जसमा ४४ घण्टा ८ मिनेट समय खर्चिएको थियो । तेस्रोे अधिवेशसनसम्म आइपुग्दा ६७ दिनमा ८१ बैठक बसेको संसद् सचिवालयका सूचना अधिकारी विष्णुप्रसाद पौडेलले जानकारी दिए । प्रदेशसभालाई गत साउन ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन समेत गरेका थिए ।

प्रतिपक्षको अवरोध

प्रमुख प्रतिपक्षी दल कांग्रेस लगायतले २ पटकसम्म संसद् अवरुद्ध गरे । भौतिक पूर्वाधार तथा विकास मन्त्रालय बाहेकका मन्त्रालयले प्याकेज बजेट राखेकोमा प्रमुख प्रतिपक्ष दल कांग्रेसले संसद् नै अवरुद्ध पारेको थियो । 
प्रदेशको नामाकरण आइसकेपछि प्रस्ताव दर्ता भइसक्दा समेत त्यसलाई धकेल्ने काम भएको भन्दै कांग्रेस लगायत विपक्षी दलले संसद् अवरुद्ध पारेका हुन् ।

प्रमुख प्रतिपक्षी कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रभावकारी ढंगले अघि नबढेकोमा टिप्पणी गर्छन् । उनले भने, ‘नीति तथा कार्यक्रम सुन्दा जति राम्रो थियो । तर यस अवधिसम्म पनि कार्यान्वयन हिसाबले केही गर्न सकेको छैन ।’

उनी भन्छन्, ‘प्रदेश सरकारको निरीहता झल्किन्छ । कार्यान्वयन जति हुनुपर्ने हो, सो हुन सकेको छैन । सरकार ढिलो गतिमा छ । बिजनेश नै छैन ।’ 

कानून निर्माण सुस्त

संघ सरकारको ढिलाइले कानून निर्माण गर्न कठिनाइ भएको गण्डकी प्रदेश सभाको गुनासो छ । सातै प्रदेशको कानून निर्माण प्रक्रिया भने उस्तैउस्तै छ । सबै नयाँ संरचना र प्राथमिकतामा परेको नीति निर्माण वर्षमा अपेक्षाकृत कानून बनेका छैनन् ।

प्रदेशले पहिलो वर्षलाई नीति निर्माण वर्षको रुपमा घोषणा गरेकोमा यसअवधिमा १९ कानून मात्र बने । अत्यावश्यक रहेका कानून निर्माणको १ वर्षबारे सभामुख अधिकारी भन्छन्, ‘हामीसँग चुनौती छ । तर पनि प्रदेशसभाको पहिलो कार्य नीति निर्माण गर्नु नै हो, हामीले गरिरहेका छौं ।’

प्रदेश सभाले पारित गरेका १९ वटा कानून, प्रक्रियामा रहेका ३ वटा विधेयक र सरकारले मस्यौदासहित प्रदेश सभामा पठाएका विधेयकमा छलफल गर्ने नै अहिलेको मुख्य काम तथा उपलब्धी रहेको उनको दाबी छ । संक्रमणकाल तथा नयाँ संरचना व्यवस्थापनमा चुनौती देखिएपनि प्रदेशले संघीयता व्यवस्थापन र कार्यान्वयनमा जोड दिएको उनी बताउँछन् । नीति तथा कार्यक्रम, बजेटसँगै कानूनमा नै प्रदेशसभा केन्द्रित रहेको उनले प्रतिक्रिया दिए । 

मनाङेको शपथ चर्चा

'गुण्डा नाइके' भनेर चर्चामा आउने दीपक मनाङे भनिने राजीव गुरुङको शपथले पनि गण्डकी प्रदेशको ध्यान खिच्यो । उनले गत माघ १४ गते मात्र निर्वाचित भएको १४ महिनापछि मात्र सभामुखसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । 

रेशम चौधरीले शपथ लिएलगत्तै मनाङ जिल्ला प्रदेश (ख) बाट गत वर्ष १० मंसिरमा निर्वाचित दीपक मनाङेको पनि शपथको लागि चौतर्फी दबाब थियोे । विभिन्न विवादित मुद्दामा मुछिएका उनले शपथपछि उनले भने, ‘ढिलै भएपनि राम्रो भएको छ । अब मनाङको बाटोघाटो, शिक्षा र स्वास्थ्यमै केन्द्रित हुनेछु ।’

उनको शपथलाई लिएर अझै पनि विरोधका स्वर सुनिएकै छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली भन्छन्, ‘सरकारको प्रेसरमा परेर पनि हुनसक्छ, सभामुखले शपथ गराउनुभयो । यसमा हामीहरूले अझैं पनि विरोध गरिरहेकै छौं । सो कार्य कानूनको खिल्ली उडाउने गरी भयो ।’

कांग्रेससहित राष्ट्रिय जनमोर्चा, नयाँ शक्तिले उनको शपथ हुन नहुने अडान कायम राख्दै आएको भएपनि सर्वाधिकार सभामुखलाई दिइएकोमा अन्ततः उनको शपथ भएको हो । प्रदेश सरकारलाई जिम्मेवार बनाउन, प्रदेशको संरचनाको औचित्य पुष्टि गर्न प्रदेश सभाको सक्रियता सन्तोषजनक नभएको सर्वसाधारणको गुनासो छ ।

पर्यटकीय नगरी पोखरा राजधानी बनेको गण्डकी प्रदेशमा ५ दलबाट प्रतिनिनिधित्व गर्ने ६० जना सांसद हुन् । त्यसमध्ये राष्ट्रिय जनमोर्चाबाट प्रतिनिधित्व गरेका सदस्य टेकबहादुर घर्तीमगरको करीब २ महिना उपचार क्रममा भारतमा मृत्यु भयो । हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट ३९, नेपाली कांग्रेसबाट १५, नयाँ शक्ति पार्टी नेपालबाट २, राष्ट्रिय जनमोर्चाबाट २, स्वतन्त्र १ गरी कुल ५९ सदस्य छन् ।

तत्कालीन एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ गत वर्षको माघ २९ गते मुख्यमन्त्रीको रुपमा नियुक्त भएका थिए । उनलाई प्रदेश प्रमुख बाबुराम कुँवरले मुख्यमन्त्रीको रुपमा नियुक्त गरेपछि फागुन २ गते उनको शपथ भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x