×

NMB BANK
NIC ASIA

शिवरात्रिकै दिन दलितलाई पूजा गर्न निषेध, मन्दिरमा ताला

फागुन २०, २०७५

NTC
Premier Steels

धनगढी- शिवरात्रिको उल्लास चढेकै बेला धनगढीको एक शिवालयमा दलित समुदायलाई पूजा गर्नबाट रोक लगाइएको छ ।

Muktinath Bank

धनगढी उपमहानगरपालिका–५ जाईस्थित भैरव मन्दिरमा स्थानीय दलित समुदायलाई पूजा गर्नबाट रोक लगाइएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्दिरमा बस्ने माताको नामले चिनिने महिला पूजारीले अनुहार हेरैरै दलित युवतीलाई पूजा गर्नबाट रोक लगाउनुका साथै उनले लगेको पूजा सामग्रीसमेत फालेको स्थानीयहरूले बताएका छन् ।


Advertisment
Nabil box
Kumari

स्थानीय आंसु ताम्राकारले सोमवार बिहान ९ बजे मन्दिरमा पूजा गर्न पुगेकी थिइन् । दुध, फूल, अगरबत्तीलगायत पूजा सामग्री लिएर पूजा गर्न पुगेकी ताम्राकारले मन्दिरकी मातालाई पूजाको लागि ताला खोल्न आग्रह गरिन् । तर माताले तिमीहरू (दलित) बाहिरबाटै पूजा गर्नुपर्छ । मेरो मन्दिर हो । तिमीहरूको होइन भन्दै पूजा सामग्री नै हातबाट हुत्याई दिएको पीडित युवतीले दुखेसो सुनाइन् ।

Vianet communication

उनले लोकान्तरलाई भनिन्, ‘म भन्दा पहिले मेरी आमालगायतले पूजा गर्न जानुभयो । आमालाई दलित हो भनेर चिन्न नसकेपछि उहाँहरू पूजा गरेर फर्किनु भयो । पछि म आएँ । मलाई देख्ने वित्तिकै मन्दिरमा ताला लगाई दिनुभयो । मन्दिरको ताला खोल्न अनुरोध गर्दा तिमीहरूको मन्दिर होइन भनेर पूजाको थालीबाट दुध हुत्याई दिनुभयो । मेरी आमाले पूजा गर्न पाउनु, मैले किन नपाउनु भनेर प्रश्न गर्दा उल्टै आक्रोशमा आएर अनिष्ट हुने भन्दै कराइन् ।’

स्थानीय दलित समुदायका मान्छेहरू पूजा गर्न आउँछन् भन्दै हाल सो मन्दिरमा ताला लगाइएको छ । मन्दिरकी पूजारी माता सम्पर्कविहीन बनेकी छन् ।

सो मन्दिरमा दलित समुदायलाई पूजा गर्नबाट पहिलैदेखि रोक लगाइँदै आएको छ । स्थानीय कौशिला ताम्राकारले भनिन्, ''गत वर्ष मपनि मन्दिरमा पूजा गर्न आएकी थिएँ । तर पूजा गर्न दिइएन । हामीहरू (दलिबाहेक)को निजी मन्दिर भन्दै दलितलाई रोक लगाइँदै आएको उनी बताउँछिन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक आभुषण तिमिल्सिनाले घटना स्थलमा प्रहरी परिचालन गरी जातीय विभेद गरी पूजा गर्न रोक लगाउनेलाई पक्राउ गर्न निर्देशन दिएको जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x