×

NMB BANK
NIC ASIA

सुदूरपश्चिमको शिक्षा प्रविधिमा क्रान्ति: सर्वोदय पहिलो आईटी स्मार्ट स्कूल, डिजिटलमा पठनपाठन

फागुन २१, २०७५

NTC
Premier Steels

धनगढी- धनगढी उपमहानगरपालिका–१४ स्थित सर्वोदय माध्यमिक विद्यालय सुदूरपश्चिम प्रदेशमा पहिलो सूचना प्रविधिमैत्री ‘आइटी स्मार्ट’ सामुदायिक विद्यालय बन्ने भएको छ ।

Muktinath Bank

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत मंसिरमा सूचना प्रविधि मैत्री विद्यालय स्थापना, सञ्चालन तथा व्यवस्थापनको लागि सामुदायिक विद्यालयहरूलाई प्रस्ताव आह्वान गरेको थियो । जसअनुसार प्रत्येक प्रदेशबाट एक/एक वटा सामुदायिक माध्यमिक विद्यालयलाई आइटी स्मार्ट विद्यालयको लागि छनौट गरेको छ । सुदूरपश्चिम प्रदेशबाट सर्वोदय माध्यमिक विद्यालय छनौटमा परेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

छनौटको केही मापदपण्ड बनाइएको थियो । छनौट हुने सामुदायिक विद्यालय माध्यमिक तहसम्म भएको हुनुपर्ने, सुरक्षित पक्की भवन, फर्निचरलगायत भौतिक पूर्वाधारको राम्रो व्यवस्था भएको हुनुपर्ने, अनिवार्य रूपमा नियमित विद्युत आपूर्ति, ब्रोडब्याण्ड इन्टरनेट कनेक्टिभिटीको व्यवस्था, सूचना प्रविधिसम्बन्धी दक्ष जनशक्तिको व्यवस्था भएको हुनुपर्ने वा गराउने प्रतिबद्धता प्राप्त भएको हुनुपर्नेलगायतको मापदण्ड तोकिएको थियो ।


Advertisment
Nabil box
Kumari

छनौटमा परेका विद्यालयमा अब परम्परागत पठनपाठनलाई हटाएर डिजिटलमय बनाइने छ । जसको लागि निर्देशिकासमेत तयारी भइसकेकाले केही समयमा नै संरचना जडानको कार्य नेपाल दूरसञ्चारबाट हुने सूचना प्रविधि विभागका महानिर्देशक लक्ष्मी यादवले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षभित्रै छनौटमा परेका विद्यालयमा २ वटा कम्प्युटर ल्याब, प्रत्येक कक्षा कोठामा डिजिटल बोर्ड जडान गरिने भएको छ । जसमा डिजिटल कन्टेन्ट (विषयवस्तु)को माध्यमबाट विद्यार्थीहरूलाई पठनपाठन गराइने भएको छ । जसको लागि प्रयाप्त विद्युत्, इन्टरनेटको व्यवस्था सम्बन्धित विद्यालयले गर्नुपर्ने महानिर्देशक यादवले बताए ।

Vianet communication

‘छनौटमा परेका विद्यालयको पठनपाठन डिजिटलमय हुनेछ । जहाँ परम्परागत पठनपाठन पूर्ण रूपमा हटाइने छ । नेपाल टेलिकमबाट जडान गरिने सामग्री जडानको तयारीमा रहेकोले चालु आर्थिक वर्षभित्रै कार्यान्यन हुन्छ,' महानिर्देशक यादवले लोकान्तरसँग भने ।

सिर्जनशिलतामा उत्तिकै अब्बल सर्वोदय

सुदूरपश्चिममा छनौटमा परेको सर्वोदय माध्यमिक विद्यालय व्यवस्थापकीय र सिर्जनशिलतामा निकै अगाडि रहेको पाइएको छ । पछिल्लो समय सामुदायिक विद्यालयहरूको अवस्था खस्किँदो रहेता पनि सो विद्यालय भने संस्थागत विद्यालयलाई टक्कर दिँदै आएको छ । विसं २०३७ सालमा स्थापना तथा २०४६ वैशाख ४ गते जिल्ला शिक्षा कार्यालय कैलालीबाट कक्षा १ को स्वीकृति प्राप्त गरेको थियो । तर सो विद्यालयले २०६८ देखि मात्रै माध्यमिक तहको पढाई सञ्चालन गर्दै आएको छ ।

विद्यालयको अवस्थाबारे जानकारी गराउँदै विद्यालयका प्रधानाध्यापक जीतबहादुर चौधरीले सामुदायिक विद्यालयको खस्कँदो साख जोगाउँदै आएको र हाल सुधारोन्मुख अवस्थामा रहेको बताए । प्रधानाध्यापक चौधरीका अनुसार विद्यालयमा कार्यरत सबै शिक्षक, शिक्षिका, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीका छोराछोरीहरू विद्यालयमा अध्ययनरत छन् ।

विद्यालयको रणनीतिक योजना सुनाउँदै प्रधानाध्यापक चौधरीले भने, ‘हामी परीक्षामूखी शिक्षाभन्दा जीवनोमूखी शिक्षामा जोड दिँदै आएका छौं । एसईई नतिजामा कति प्रतिशत ल्याउने भन्दा पनि विद्यार्थीको चरित्रमा जोड दिन्छौं । १० वर्षपछि विद्यालयमा अध्ययनरत विद्यार्थीले कस्तो स्थानमा पुग्छ ? समाज निर्माणको लागि कसरी योग्य बनाउने र के कसरी योगदान दिन्छ भन्ने पक्ष ध्यान दिन्छौं ।’

विद्यालयमा एउटा रोचक पक्ष के छ भने सो विद्यालयमा उपहार दिने कार्यमा निकै नै रचनात्मक र मितव्ययिता अपनाइएको पाइएको छ । प्रधानाध्यापक चौधरीले थपे, ‘सबै कार्यको थालनी म आफैंबाट गर्ने प्रयास गर्दै आएको छु । चाहे विद्यालयको सरसफाइ होस्, चाहे नियमित हाजिरी । विद्यार्थीहरू आफ्नो जन्म दिनमा केक काट्नु, पार्टी दिनुको सट्टा विद्यालयलाई पुस्तक उपहार दिने बानीको विकास गरेका छन् । म आफ्नो जन्म दिन (कार्तिक २५ गते) विद्यालयलाई राष्ट्रिय झण्डा उपहार दिएर सुरुआत गरेको थिए । ठूलाबाटै सकारात्मक सोच र कार्यको थालनी गरे असम्भव भन्ने केही छैन ।’

विद्यालयमा २८३ जना विद्यार्थी अध्ययनरत छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x