×

NMB BANK
NIC ASIA

काठमाडौं- काठमाडौंको सुन्धारामा एउटा यस्तो सरकारी कार्यालय छ, जहाँ सेवाग्राहीका लागि भनेर निकै फराकिलो काउन्टर राखिएको छ । उक्त काउन्टरबाट एकैपटक सयौं सेवाग्राहीले सुविधा लिन सक्छन् । सरकारी कार्यालयमा कर्मचारीको अभाव छैन भन्ने सुन्दा जो कोही पनि अचम्म पर्न सक्छन् तर उक्त कार्यालयमा पर्याप्त कर्मचारी छन् । 

Muktinath Bank

काउन्टरका प्रत्येक कुर्ची एक/एक कर्मचारीहरूले सेवाग्राहीलाई सेवा दिन तत्परताका साथ बसेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काउन्टर शाखामा सेवाग्राहीले कुर्नु नपरोस् भनेर करीब एकदर्जन जति काउण्टर सेक्सन बनाइएको छ । सेवाग्राही सहज ढंगले पालो कुर्न सकुन् भनेर प्रत्येक सेक्सनमा डिजिटल प्रणाली जडान गरिएको छ । 


Advertisment
Nabil box
Kumari

सेवाग्राही आउनेबित्तिकै टोकन लिन्छन् र तुरुन्तै उनीहरूलाई काउन्टरमा डिजिटल आवाजले बोलाउँछ । 'टोकन नम्बर फलानो, यति नम्बर काउन्टरमा आउनुस्,' डिजिटल सिस्टम बोलाउँछ । टोकन नम्बर लिइसकेका कुनै पनि सेवाग्राहीले हालसम्म ५ मिनेटसम्म कुर्नुपरेको रेकर्ड छैन । 

Vianet communication
Laxmi Bank

अझ अचम्मको कुरा के भने उक्त सरकारी कार्यालयमा सेवाग्राही निकै कम जान्छन् । बुधवार दिउँसो लोकान्तरकर्मी उक्त कार्यालयमा पुग्दा जम्माजम्मी २ जना सेवाग्राही थिए । आधा घण्टासम्म कुर्दा पनि थप कोही सेवाग्राही आएनन् । 

उक्त सरकारी कार्यालयको नाम हो- गोश्वारा हुलाक कार्यालय । कार्यालय यति कामविहीन बनेको छ कि कुनै दिन त अति न्यून संख्यामा सेवाग्राही आउँछन् ।  

कार्यालयमा सेवाग्राहीको भीड नभएपछि चिठी सम्बन्धी सम्पूर्ण काम काउन्टर शाखाबाट नै हुन्छ । कार्यालय बाहिर परिसरमा रहेका पत्र मन्जुषा कामविहीन भएका छन् । 

समयसापेक्ष नीति तथा कार्यक्रम अभावका कारण हुलाकमा सेवा लिन आउने सेवाग्राही घट्दै गइरहेका छन् । इन्टरनेट र मोबाइल प्रयोगको वृद्धिसँगै व्यक्तिगत सूचना हुलाकमार्फत् आदानप्रदान गर्ने काम निकै घटेको छ । पछिल्लो समय कार्यालयमा नगन्य सेवाग्राही आउने गरेको देखिएको छ ।

हालसम्म कार्यालयमा ४ सय ४४ जना कर्मचारीले काम गर्दै आएकोमा चालू आर्थिक वर्षको शुरूआतमा भएको नयाँ सर्वेक्षण पश्चात ३ सय ६० जना कर्मचारीको दरबन्दी कायम रहेको हो । राजधानीमा अवस्थित गोश्वारा हुलाक कार्यालयमा यति कर्मचारी सामान्य भएपनि सेवाग्राहीको संख्याका आधारमा यो बडेमानको संख्या हो ।

‘कार्यालयले चिठीपत्र बाहेक द्रुत डाँक सेवा (ईएमएस) र वित्तीय सेवा जस्ता क्षेत्रमा काम गर्दै आएको छ,' उपसचिव समेत रहेका कार्यालय प्रमुख वेद प्रसाद भण्डारीले भने, ' व्यक्तिगत रूपमा चिठीपत्र आदानप्रदानको काम न्यून भएतापनि सरकारी कार्यालय र अन्य कार्यालयबीचको चिठीपत्र आदानप्रदानमा हुलाकको प्रयोग प्रभावकारी रहेको छ ।'

ईएमएस नेपाल सरकारको हुलाक सेवाबाट डकुमेन्ट तथा मालसामान वितरणका लागि संचालित सेवाको नाम हो । भण्डारीका अनुसार ईएमएसमार्फत् नेपाल र विदेशका ३९ देशमा कागजात र सरसामानहरू पठाउन सकिन्छ । यसबाट दक्षिणी महादेश अस्ट्रेलियादेखि युरोपका कतिपय देश हुँदै अमेरिकासम्म कागजात र सामान पठाउन सकिन्छ । 

यस कार्यालयले काठमाडौं उपत्यकाभित्र ३ वटा गाडी राखेर ३ वटै रुट निर्माण गरी 'घुम्ती हुलाक सेवा'को सञ्चालन गर्ने गर्छ । घुम्ती हुलाक सेवाले अहिलेसम्म उपत्यकाभित्रका सरकारी कार्यालयलाई मात्रै समेटेको छ । 

घुम्ती हुलाक सेवाले हुलाकको आम्दानी र प्रभावकारितामा वृद्धि गरेको कार्यालय प्रमुख भण्डारीले बताए । 'घुम्ती हुलाक सेवाबाट कार्यालयले गतवर्ष टिकट र सेवाशुल्कमार्फत ६६ लाख आम्दानी गरेको छ,’ उनले जानकारी दिए ।

व्यावसायिक सेवामा कार्यलयले द्रुत डाँक सेवा सञ्चालन गर्दै आएको छ । ‘यो सेवामा हामीले समयसीमा निर्धारण गरेर नै सामान ईएमएस गर्दै आएका छौं । समयमा सम्बन्धित व्यक्तिले सामाग्री प्राप्त नगरेमा उचित क्षतिपूर्तिको समेत व्यवस्था गरेका छौं । तर यसको प्रभावकारी प्रचार हुन सकिरहेको छैन,’ भण्डारीले बताए ।

कार्यालयले सञ्चालन गर्दै आएको गर्दै आएको हुलाक बचत बैंक ६२ वटा जिल्ला हुलाकमा रहेको छ । तर स्वचालित सेवाको अभावमा थोरै सेवाग्राहीमा सीमित हुँदै आएको छ । पछिल्लो समय सरकारले बचत बैंक सञ्चालन नगर्ने निर्णय गरेपछि यसको कारोबार परिणाममा थप कटौती भएको गुनासो भण्डारीले गरे ।

'सञ्चारको क्षेत्रमा हुलाक एउटा पुरानो संस्था हो,' कार्यालय प्रमुख भण्डारी भन्छन्, 'चिठीपत्र आदानप्रदानका लागि हुलाकको महत्व घटेको छैन । सूचना प्रविधिको विकाससँगै इन्टरनेटको प्रयोगका कारण चिठीपत्रको प्रयोग घट्यो । हामीले हुलाकलाई व्यवसायीकरण गर्न सकिरहेका छैनौं ।' 

यसको समयानुकूल विकास गर्न जरुरी रहेको भण्डारीको भनाइ छ । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x