×

NIC ASIA

रानाथारुको अनौठो संस्कार : १ महिना ८ दिनको रमझमपछि होरी विसर्जन

चैत १४, २०७५

Prabhu Bank
NTC
Premier Steels

धनगढी- पश्चिम नेपालको कैलाली र कञ्चनपुर जिल्लामा मात्रै बसोबास रहेको रानाथारु वस्तीमा होरी अर्थात होलीको रमझम बिहीवार विधिवत रूपमा विसर्जन गरिएको छ । अन्य समुदायमा होली पर्वको विधिवत समापन चैत ७ गते नै सम्पन्न भयो । तर विभिन्न सांस्कृतिक झाँकीसहित होरी मनाउने प्रचलन रहँदै आएको सो समुदायमा एक साता ढिलो विसर्जन भएको हो ।

उसो त एक महिना पहिल्यैदेखि यो समुदायमा होरीको विधिवत शुरूआत गरिन्छ । दुई चरणमा होरी मनाउने प्रचलन रहेको यो समुदाय पहिलो चरण अर्थात माघ महिनाको पूर्णिमा (फागुन ७ गते) देखि फागुन पूर्णिमा (चैत ७ गते)सम्मको अवधिमा जिउँदो होरी र त्यसपछिको ८ दिन मृत होरी मनाउँदै आएको बताइन्छ । यसरी १ महिना ८ दिनसम्म यो समुदायमा होरी मनाइन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँका स्थानीयसमेत रहेका प्रदेश सभा सदस्य एवं रानाथारु बुद्धिजीवी मालामति रानाले होरी मनाउने विधिबारे प्रकाश पार्दै भनिन्, ‘माघ पूर्णिमाको राति गाउँको दक्षिणी सीमानामा पूजापाठ गरेर त्यहाँ ७ वटा कन्डा (गुइठा) छोड्छौं, त्यसपछि होरीको शुरूआत हुन्छ । फागुन पूर्णिमा नआउन्जेलसम्मको १ महिनाको अवधिमा प्रत्येक रात घर–घरमा गई होरी सम्बन्धी गीत गाउने र सामूहिक रूपमा नाच्ने प्रचलन रहिआएको छ ।’


Advertisment
Rupse Holidays
Nabil box

Vianet communication

उनको अनुसार गाउँको दक्षिणी सीमानामा १ महिना पहिल्यै छोडिएको गुइठा फागुन पूर्णिमाको राति पराल र तोरीको पिजाइसहित जलाइन्छ । दैत्य हिरण्य कस्यपकी बहिनी होलिकाको प्रतीक मानी गुइठालगायत वस्तुहरूलाई विधिपूर्वक पूजापाठ गरी जलाउने गरिन्छ ।

असत्यमाथि सत्यको जीतको अवसरमा मनाइने यस पर्व मनाउने तौरतरिकामा भने समुदाय पिच्छे विविधता पाइन्छ । यहाँसम्म कि १ महिना ८ दिनसम्म होरी मनाउने रानाथारु समुदायले फागु पूर्णिमापछिको १ दिनमा मात्रै रंग अविरको प्रयोग गरिने बताउँछिन् धनगढी–७ देवहरियाकी ७३ वर्षीया करुवा देवी राना ।

रानाथारु समुदायमा होरीको विधिवत समापन गर्ने पनि अनौठो तरिका पाइन्छ । होरीको अन्तिम दिनको बिहानै सबै गाउँलेहरू माटोको गोलीलाई सिन्कामा उनेर गाउँको दक्षिणी सीमानामा भेला हुन्छन् । बनाएर लगिएको ती माटाका गोलीहरूलाई यो समुदायमा खक्रेरा भन्ने गरिन्छ । गाउँको भर्रा (पूजारी)ले विधिवत रूपमा पूजापाठ गरिसकेपछि ती खक्रेरालाई फुटाएर होरीको विधिवत विसर्जन गरिने उनको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x