×

NMB BANK
NIC ASIA

सुदूरपश्चिम सरकारको दोस्रो चौमासिक समीक्षा : वित्तीय प्रगति जम्मा १२ प्रतिशत

चैत १८, २०७५

NTC
Premier Steels

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले सोमबार चालू आर्थिक वर्षको दोस्रो चौमासिकको प्रगति समीक्षा सार्वजनिक गरेको छ । विषयगत मन्त्रालयसहित प्रदेश सरकार मातहतका ११ निकायहरुको प्रगति समीक्षा गरिएको हो ।

Muktinath Bank

जस अनुसार सबैभन्दा कमजोर सामाजिक विकास मन्त्रालय देखिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्य सचिव नारायणप्रसाद बिडारीका अनुसार चालू आर्थिक वर्षका कूल बजेट तथा कार्यक्रमको २५ अर्ब ६ करोड ५६ लाख ४ हजार मध्ये हालसम्म वित्तीय प्रगति १२.१२ प्रतिशत र भौतिक प्रगति २४ प्रतिशत रहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विभिन्न योजना तथा कार्यक्रमको भुक्तानी पाइपलाइनमा तथा रनिङ बिलहरू आउने क्रम जारी रहेकोले कम प्रगति देखिएको मुख्य सचिव बिडारीको भनाइ थियो । उनका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रगति ३१ प्रतिशत रहेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयको १५ प्रतिशत, आर्थिक मामिला तथा योजना मन्त्रालयको १६ प्रतिशत, भौतिक पूर्वाधार मन्त्रालयको साढे ३६ प्रतिशत, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको साढे १५ प्रतिशत, सामाजिक विकास मन्त्रालयको ९ प्रतिशत, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको २५ प्रतिशत र मुख्य न्यायधिवक्ता कार्यालयको ५२. ३ पतिशत प्रगति रहेको छ ।


Advertisment
Nabil box
Kumari

बिडारीले जेठ महिनाभित्र स्वीकृत वार्षिक कार्यक्रमको ८० प्रतिशत बढी प्रगति गर्न मुख्यमन्त्री त्रिलोचन भट्टबाट निर्देशन समेत भएको बताए । जसअनुसार असार समान्तसम्ममा ९०/९५ प्रतिशत लक्ष्य हासिल गर्न सकिने उनको भनाइ थियो ।

Vianet communication

हालसम्म देखिएको प्रगति न्यून भएन र ? भन्ने लोकान्तरको जिज्ञासामा उनले भने, ‘फिल्डमा राम्रो काम भएको छ । आर्थिक वर्षको शुरूदेखि काम जारी छ । तर भुक्तानी हुन बाँकी रहेकोले पनि हाल कम देखिएको हो । कार्यसम्पन्न भएर नापजाँच भएर गुणस्तर परीक्षण भएर पनि तेस्रो पक्षको निरिक्षण भैसकेपछि मात्रै वित्तीय प्रगति देखिन्छ ।'

बिडारीले भने 'त्यही कारणले भौतिक प्रगति पहिलै देखिन्छ र भौतिक प्रगति गुणस्तरीय हो भनेर प्रमाणिकरण भैसकेपछि वित्तीय प्रगति देखिन्छ ।’

यसैबीच प्रदेश सरकारको सुस्त कार्यसम्पादनको चौतर्फी विरोधसमेत हुँदै आएको छ । प्रदेशसभामा प्रतिपक्षले मात्रै नभइ सत्तापक्षकै प्रदेशसभा सदस्यहरुले पनि विरोध जनाउन थालेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x