×

NMB BANK
NIC ASIA

धनगढी-सुदूरपश्चिम प्रदेशसभामा प्रदेशसभा सदस्यहरूले विषयगतसहितका मन्त्रालयको प्रगतिबारे कडा टिप्पणी गर्न थालेपछि मन्त्रालयका मन्त्रीहरू जवाफ दिन बाध्य भएका छन् ।

Muktinath Bank

मंगलवार बसेको प्रदेशसभा बैठकमा सरकारका १ मन्त्रीले सभालाई आफ्नो प्रगतिबारे सभामा जवाफ दिए । सरकारले कृषि तथा कृषकलाई उपेक्षा गरेको भन्दै आलोचना हुन थालेपछि सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले शून्य र विशेष समयमा बोल्दै प्रदेशसभा सदस्यहरूले उठाएको सवालवारे जवाफ दिइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले बीउ बिजन र मल संघीय सरकारले उपलब्ध गराउँदै आएकाले किसानलाई सहज रुपमा ती कृषि सामग्री उपलब्ध गराउनका लागि प्रदेश सरकारले पहल गरिरहेको बताइन् ।
मन्त्री चौधरीले पहिलो पटक प्रदेश सरकारले उखुको मूल्य निर्धारण गरेको बताउँदै कैलाली कञ्चनपुरमा ४ सय हेक्टरमा उखु खेती विस्तारका लागि मन्त्रालयले ५० प्रतिशत अनुदानमा उखु बीउ वितरण गरेको जानकारी गराइन् ।


Advertisment
Nabil box
Kumari

उनले चैते धान र ३ सय हेक्टरमा मसिनो बासनादार धान विस्तारका लागि पनि अनुदानमा बीउ उपलब्ध गराइएको जानकारी दिइन् । भूमि सम्बन्धी कानून संघीय सरकारले नबनाएकाले प्रदेश सरकारले बनाउन नसकेको मन्त्री चौधरीको भनाइ थियो । ‘तर कार्यविधिमार्फत काम भने भइरहेको छ,' उनले भनिन्, ‘यद्यपि, भूमि सम्बन्धी कानून निर्माणले गति लिएको छैन ।’

Vianet communication

उनले पहाडको १३८ हेक्टर जमिनमा ओखर खेती विस्तारका लागि ओखरको बिरुवा वितरण गरिएको, १८ वटा पकेट क्षेत्रबाट ६ सय मेट्रिक टन थारु आलु उत्पादन भएको समेत जानकारी गराइन् ।

त्यस्तै मुख्यमन्त्री साना सिँचाइ कार्यक्रममार्फत १ हजार ४ सय हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको मन्त्री चौधरीले जनाइन् ।

यसैबीच ‘सुदूरपश्चिम प्रदेश लोकमार्ग विधेयक २०७५’ टेबुल भएको छ ।  उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले उक्त विधेयक टेबुल गरेकी हुन् । प्रदेशसभाको अर्को बैठक बुधवार बोलाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x