×

NMB BANK
NIC ASIA

पोखरा- पोखरा महानगरपालिकाको वडा कार्यलयबाट स्वास्थ्य बीमा कार्ड वितरण थालिएको छ । वडाभित्र रहेका विपन्न र असहाय नागरिकलाई महानगरपालिका वडा नम्बर १ ले स्वास्थ्य बीमा कार्ड वितरण अभियान शुरू गरेको हो ।

Muktinath Bank

बीमाको पोखरा महागरनपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले कार्ड वितरण गरेर शुभारम्भ गरेकी हुन् । उपप्रमुख गुरुङले महानगरपालिकाले एक वडा एक स्वास्थ्य केन्द्र स्थापना कार्यक्रम ल्याएको बताउँदै नागरिक स्वास्थ्यप्रति महानगरपालिका सचेत रहेको बताइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले अहिलेको प्रमुख आवश्यकता शिक्षा, स्वास्थ्य र रोजगारी रहेको बताउदै महागरनले त्यसलाई प्राथमिकतामा राख्दै त्यही अनुसार ऐन नियम बनाएको बताइन् । गुरुङले नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर महानगरले शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र समेत सञ्चालनमा ल्याएको बताइन् ।


Advertisment
Nabil box
Kumari

वडाले विपन्न र असहाय नागरिकको स्वाथ्य बीमाका लागि विनियोजन गरेको १ लाख रुपैयाँबाट वडाभित्रका ४० घर परिवारको स्वाथ्य बीमा गरिएको वडा अध्यक्ष शारदा कुमारी पराजुलीले बताइन् । वडाले एक परिवाको २५ सय रुपैयाँका दरले ४० परिवारको बीमा गरिदिएको हो ।

Vianet communication

‘विपन्न परिवारको स्वास्थ्य बीमा गर्ने कार्यक्रम अन्तर्गत वडाले विनियोजन गरेको बजेटबाट स्वास्थ्य बीमा गरेर कार्ड वितरण गरेका छौ,’ उनले भनिन्, ‘एक जनाको कार्डबाट परिवारका पाँच जनाले ५० हजार रुपैयाँ बराबरको उपचार गर्न पाउने छन् ।’

वडाले गरेको स्वास्थ्य बीमा कार्यक्रमबाट २ सय जना लाभाविन्त हुने छन् । वडाले किटान गरेका नागरिकहरूलाई शुक्रवार कार्ड वितरण गरिएको छ ।

पोखरा महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रममार्फत उपलब्ध सुविधाको उपयोग गर्न आग्रह गरे । उनले नियमित स्वास्थ्य परिक्षण गर्न समेत आग्रह गरे ।

स्वास्थ्य बिमा बोर्ड गण्डकीका संयोजक जीवराज खरेलले कुनै पनि नागरिक स्वास्थ्य उपचारबाट बञ्चित हुन नपरोस भन्ने उद्देश्यले सरकारले कार्यक्रम ल्याएको बताए । उनले ४२ जिल्लामा कार्यक्रम संञ्चालन भैरहेको बताए ।

सरकारले तीन वर्ष अघि शुरू गरेको स्वास्थ्या बीमा कार्यक्रममा कास्कीबाट १ लाख ३ हजारले जनाले स्वास्थ्य बीमा गराइसकेका छन् ।  

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x