×

NMB BANK
NIC ASIA

कला संस्कृति

पुनर्जीवन पाउँदै मुंग्रहुवा नाच : लोक संस्कृतिप्रतिको मोहमा जम्दै युवा जमात

बैशाख १४, २०७६

NTC
Premier Steels

धनगढी – पछिल्लो समय कुुनै पनि जातजातिभित्र सबैभन्दा बढी उठ्ने सवाल हो – संस्कृति लोप भयो, युवापिँढीले आत्मसाथ गरेन, राज्यको लगानी भएन ।

Muktinath Bank

तर कतिपय संस्कृति यस्ता पनि छन्, जो एक पटक पूरै लोपोन्मुख अवस्थामा पुुगेर पनि पुुनर्जीवित भएका छन्, त्यो पनि नयाँ पिँढीको सक्रियताले । लोपोन्मुख अवस्थामा पुुगेर पनि हाल अति लोकप्रिय बनेको एउटा लोकसंस्कृति हो, आदिवासी थारु समुदायको ‘मुुंग्रहुुवा नाच’ । नाच लोकप्रिय मात्रै भएन, व्यावसायिक समेत बनेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मादलको खोट (ताल) मा नाचिने यो सामूहिक लोक नृत्य हो । जसमा युवाले पिठ्यूमा मयूरको प्वाँख बाँधेर मुङ्ग्रो (गदा) नचाउँदै र युवती डुरपट्टि अर्थात् द्रौपदी बनेर लेहंगा फरियामा सजिएर मंजिरा (मुजुरा) बजाउँदै नाँचिने हुुँदा यसलाई मुंग्रहुवा नाच भनिएको हो । 


Advertisment
Nabil box
Kumari

दाङ जिल्लाको देउखरबाट उत्पत्ति भएको बताइने नाच केही वर्ष अगाडिसम्म पश्चिम नेपालको कैलाली जिल्लाको कैलारी गाउँपालिका–६ खरुवाखेराका युवायुवतीले मात्रै प्रदर्शन गर्थे । तर पछिल्लो समय अन्य स्थानमा समेत देखाउन थालिएको छ ।

Vianet communication

खरुवाखेराका अगुवा मडरिया (मादल बजाउने व्यक्ति) भागीराम चौधरीले आफूहरू २०४३ सालदेखि मंग्रहुवा नाच नाच्दै आएको बताउँछन् । शुरूआती चरणमा डुरपट्टीको भूमिका समेत पुरुषले निर्वाह गरेको सुनाउँदै उनले नाचप्रतिको आकषर्ण र महत्त्व बढेपछि युवती नै डुरपट्टी बन्दै आएको बताए ।

विशेषतः दशैं र दीपावलीमा मात्रै प्रदर्शन गरिने नृत्य आजभोलि वर्षैभरि प्रदर्शन गरिन थालेको छ । विभिन्न औपचारिक कार्यक्रमको प्रमुख आकर्षणको रुपमा नाचलाई लिने गरेको बताइन्छ । मन्डरिया भागिरामले थारू वा गैरथारू समुदायले आयोजना गर्ने विभिन्न मेला, महोत्सवलगायत कार्यक्रममा आफूहरूको मुंग्रहुवा नाचलाई प्रस्तुतीका लागि बोलाइने गरेको जनाए ।

कैलाली, कञ्चनपुर, डोटी, दाङ, काठमाडौंसहित भारतका समेत विभिन्न स्थानमा पुगेर नाच देखाइसकेको बताउँदै उनले दूरी अनुुसार पारिश्रमिक समेत लिँदै आएको बताए । उनले भने, ‘यो सामूहिक नृत्य हो । मेहनत र दक्षता उत्तिकै चाहिन्छ । हामीले दूरीको आधारमा १० हजारदेखि २० हजारसम्म लिने गरेका छौं ।’

उनको नृत्य समूहमाा ४ जना डुरपट्टी, ३ जना मडरिया, ८ जना मुुङग्रोवाला र १ जना गुुरुवा (तान्त्रिक) सहित १६ जनाको समूह रहेको छ । जसमा अधिकांश नवयुवायुवती छन् । 

महाभारतको गाथा तथा वीरताको प्रतीकसँग जोडिएको नृत्य रहेकाले पछिल्लो समय नवयुवायुवतीको आकर्षण उत्तिकै बढ्दो रहेको बताइएको छ ।

कैलालीको कैलारी गाउँपालिका–२ बसौटीका स्थानीय युवा विगत ५ वर्षदेखि नाच्दै आएका छन् । बसौटीको मंग्रहुवा नाच समूहका अगुवा लक्ष्मीनारायण चौधरीले पनि नाचप्रतिको क्रेज युवामा बढ्दो रहेको बताउँछन् । बुुढापाखाको सिको गर्दै हाल दक्षता हासिल गरेको बताउँदै उनले आफूहरूको नाच देखेर छिमेकी वस्तीका युवा समेत आकर्षित हुुँदै आएको जनाए ।

लक्ष्मीनारायण चौधरीले अगुवाइ गरेको समूहमा ३ जना मडरिया, १२ मुुंग्रोवाला, ८ जना डुरपट्टी, २ जना गुुरुवा र २ जना वैकपिल्क गरी २७ जनाको नृत्य समूह रहेको छ । दशैं पर्वको १ साता पहिल्यै देशबन्धिया गुुुरुवाबाट आखार बाँधेर (पूजापाठ) विधिवत् रुपमा शुरू गरिने बताउँदै उनले दीपावलीपछि नदीमा गएर भाले कुुखुराको बली चढाउने, नाच्न प्रयोग हुुने मुुङग्रो पखाल्ने र नुहाइधुवाई गरेर विधिवत् रुपमा समापन गरिँदै आएको जनाए । तर गुुरुवाकै सल्लाह अनुसार वर्षौमास नाच देखाउँदै आएको लक्ष्मीनारायण बताउँछन् । 

करीब ५२ खोट (ताल) मा नाचिने यो नाच आजभोलि १३÷१४ खोटमा मात्रै प्रदर्शन गरिँदै आइएको छ ।  मादलको तालमा एकदमै तीव्र गतिमा एकअर्काको मुुङग्रो आपसमा ठोक्काएर त कहिले जाँघमुनिबाट मुुङग्रो छिराउने र हावामा उछालेर पनि नाचिन्छ । अतिकति मुुङग्रो आपसमा ठोक्याउनमा झुक्किए चोट समेत लाग्ने गरेको बताइन्छ । जसको लागि नियमित अभ्यास चाहिने बसौटी मुुंग्रहुवा नाच समूहका अर्का अगुुवा धनीराम चौधरी बताउँछन् ।

डुरपट्टटीको भूमिकामा नृत्य गर्दै आएकी बसौटीकी २१ वर्षीया निर्मला चौधरीले नाच्न पाउँदा आफू निकै उत्साहित भएको बताउँछिन् । नाचको ऐतिहासिकता र नाच्ने कलाले गर्दा आफूलाई गर्व समेत लाग्ने गरेको उनको भनाई छ ।

समूहबीच अस्वस्थ प्रतिस्पर्धा

नाचप्रतिको बढेको क्रेजले पछिल्लो समय समूहबीच प्रतिस्पर्धा समेत हुुन थालेको छ । प्रतिस्पर्धा हुुनुु राम्रो भएपनि अस्वस्थ प्रतिस्पर्धाले आफूहरूलाई मारमा पारेको खरुवाखेराका भागीराम बताउँछन् ।

उनी भन्छन्, ‘लोकसंस्कृति प्रतिको आकर्षण बढ्नुु खुुशीको कुरा हो । हामीले दक्षता र गुुणस्तरमा ध्यान दिनुुपर्छ । तर हामीबीच हुुने अस्वस्थ प्रतिप्रर्धाले दुुःख लाग्छ । ग्राहक गुुणस्तर हेर्दैनन् । थारु कल्चर त हो, फलानोले यति पारिश्रमिक लिन्छ । फलानोले यति भन्छन् । त्यसैले समूहबीच पनि समन्वयको खाँचो देखिएको छ ।’

पाण्डवको युद्धको गाथा मुग्रहुवा हो : लोक संस्कृतिविद् 

थारु जातिको मुंग्रहुवा नाच लोकसंस्कृतिको रुपमा व्याख्या गरिएको छ । बर्किमार अर्थात् ठूलो लडाइँ (महाभारत) को गाथा बोकेको लोकसंस्कृति विद्ले विश्लेषण गर्दै आएका छन् ।

थारु लोक संस्कृतिविद् अशोक थारुले महाभारतका प्रमुख पात्र ५ पाण्डवमध्ये भीमलाई थारु जातिले भेंवाको नामले आफ्नो कूल देवताको रुपमा पुज्दै आएको बताउँछन् । त्यही भीमको प्रमुख हतियार गदा अर्थात् मुुङ्ग्रो हो । भीमले सोही मुुङ्ग्रोको मद्दतले महाभारत युुद्ध लड्नुुका साथै थुुप्रै चेलीहरूको उद्धार गरेको कुरा बर्किमार महाकाव्यमा उल्लेख भएको बताउँदै मुुंग्रहुुवा नाच पाण्डवको वीरताको गाथा भएको थारु लोक संस्कृतिविद् थारुको बुझाइ छ ।

‘५ पाण्डवमध्ये भेंवा (भीम) थारु राजा दङ्गीशरणको विशिष्ट पात्र थिए । उद्धारकर्ता थिए । यसैकारणले थारु लोकले लोककाव्य बर्कीमारमा ‘भली र भेंवा’ भनी उनको स्तुति गाएका छन्,’ संस्कृतिविद् थारुले भने, ‘मुंग्रहुुवालगायत थारु जातिको लोक संस्कार, संस्कृति एउटा प्रमाण हो । महाभारतको लडाइँ तथा महाभारत कालमा यो जातिको कुनै न कुनै रुपमा उपस्थिति थियो भन्ने दर्शाउँछ । त्यसैलाई आधुनिक इतिहासकारले ३२ सय वर्ष पुरानो र पुराणको आधारमा ५ हजार वर्ष पुरानो ऐतिहासिक मान्छन् ।’

‘साहित्यमा ९ वटा रस प्रमुख छन् । मंग्रहुुवा नाचमा बोल्ने मादलको खोट, मङ्ग्रोको आवाज वीर रस हो । यो नाच नभएर नाट्य नृत्य हो । त्यही मुुङ्गोबाट यस नाचको उत्पत्ति भएको हो,’ उनी अगाडि थप्छन् ।
महाभारतको अर्को प्रसंग सुुनाउँदै थारुले भने, ‘एकताका ५ पाण्डव आफ्नो गुुप्तबासको क्रममा भेष बदलेर राजा विराट कहाँ बसेका थिए । राजा विराट लडाइँको क्रममा अन्त गएको बेला उनको सेनापति किचका (किचक) ले पाण्डव पत्नी द्रौपदीप्रति मोहित भए । अनि द्रौपदीले आफ्नो सुरक्षाका लागि आफ्ना पतिहरूसँग आग्रह गरिन् । आफूहरूको गोपनीयता खुल्ने डरले युुधिष्ठिर लगायतकाले आफ्नो सुुरक्षा आफैं गर्न द्रौपदीलाई सुुझाएपछि उनी अर्का पति भीमलाई गुुहारेछन् । अनि भीमले द्रौपदीको भेष धारण गरी किचकलाई मारेका थिए । सोही कारणले पनि पहिले–पहिले मंग्रहुवा नाचमा पुरुषहरू नै महिलाको भेषमा डुरपट्टी बनेर नाच्थे ।’

मुुंग्रहुवामा तन्त्र मन्त्रको प्रभाव !

मंग्रहुवा नाचमा अन्य पात्रझैं थारु गुुरुवा तथा तान्त्रिकको भूमिका पनि प्रधान मानिन्छ । यो लोक नृत्यमा मायावी शक्तिको चलखेल हुुने जनविश्वास रहँदै आएको थारु जातिमा त्यस्ता शक्तिको प्रभावलाई नियन्त्रण गर्न मुुंग्रहुवा नाच समूहले गुरुवाको व्यवस्था गरेको बताइन्छ । नाचको विधिवत् शुुरूवात र अन्त्य पनि गुुरुवाबाटै हुने बसौटी मंग्रहुवा नाच समूहका अगुवा धनिराम बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

बैशाख ९, २०८१

बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ ...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x