×

NMB BANK
NIC ASIA

चर्काे गर्मीमा राजधानीकै अस्पतालमा खानेपानीको हाहाकार

बैशाख २७, २०७६

NTC
Premier Steels

धनगढी – गर्मी बढेसँगै सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीस्थित सेती अञ्चल अस्पतालमा खानेपानीको हाहाकार भएको छ । 

Muktinath Bank

अस्पताल परिसरमा ६ वर्ष पहिले निर्माण गरिएको खानेपानी आयोजना हाल सुकेको छ । जसले गर्दा अस्पतालको धारा सुकेका छन् भने शौचालयमा पानी आउन नै छोडेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पानीको हाहाकार हुँदा बिरामी, कुरुवा र कार्यरत कर्मचारी तथा स्वास्थ्यकर्मीलाई सास्ती भएको छ ।


Advertisment
Nabil box
Kumari

कैलालीको मसुरियाबाट उपचारको क्रममा अस्पताल पुुगेका मानबहादुर तारामीले दैनिक बाहिरबाट एक बोतल पानी लिएर शौचालय जानुपरेको बाध्यता सुनाए । एक बोतल पानी शौचालय जान पर्याप्त नभएको बताउँदै उनले पानी अभावले अस्पतालका शौचालय दुर्गन्धित बनेको बताए ।

Vianet communication

धनगढी उपमहानगरपालिका–१३ राजपुरका साबु रानाले अस्पतालमा जडान गरिएको ‘आर्टिजन बोरिङ’बारे अनविज्ञता प्रकट गरे । अस्पतालमा पानीको व्यवस्था भएको भए किनेर खानुपर्ने बाध्यता नहुने उल्लेख गर्दै थोरै पानी चुहिने धारामा पानी भर्न लाइन लाग्नुपर्ने बाध्यता भएको बताए । पानी अभावले गर्दा अस्पतालमै रोगको संक्रमण फैलिने जोखिम बढेको उनको भनाई छ ।

नेपाल खानेपानी संस्थान धनगढी शाखाले दिएको पानीले बिहान सरसफाइ गर्न पनि पुग्दैन । राति ट्यांकीमा भरिएको २/३ फिट पानी पनि बिहानतिर अस्पतालको सफाइ गर्न पुग्दैन । बिहानपख अस्पतालका सहयोगीले तलबाट पानी बोकेर नै माथिल्ला तलामा जसोतसो शौचालय र वार्ड सफाइ गर्दै आएका छन् ।

‘१ महिनादेखि अस्पतालमा पानी आएको छैन,’ अस्पतालमा सरसफाइको काम गर्ने पार्वती मगरले गुनासो गरिन्, ‘जसरी पनि सफा गर्नुपर्छ भन्छन्, तलबाट पानी बोकेर नै पोछा लगाउनेदेखि शौचालय सफा गर्नुपर्छ ।’ 

सेती अञ्चल अस्पतालले २०६८ सालमा अस्पताल परिसरभित्रै ट्यूबबेल गाडेर ‘समरसेल’ पम्प जडान गरी १ लाख लिटरको ओभरहेड ट्यांकी बनाएपनि त्यो सफल हुन सकेन । ट्यूबबेल सुकेपछि अहिले खानेपानीले दिएको पानी पनि अस्पताललाई पुग्दैन । २ सय ५० शैयामा सञ्चालनमा रहेको अस्पतालमा पानी अभाव हुँदा हाहाकार भएको छ ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डेले मन्त्रालयले नै खानेपानी आयोजनाका लागि ठूलो बजेट दिनुपर्ने बताए । उनले अस्पताल परिसरमा निकालिएका हाते पम्पले पनि काम नगर्दा झन् समस्या उत्पन्न भएको बताए ।

‘२ वर्षअघि पनि गर्मीयाममा ‘बोरिङ’ सुकेपछि अस्पतालले ३/४ वटा हाते पम्प गाडेको थियो,’ उनले भने, ‘जसले केही हदसम्म पानीको समस्या कम गरेको थियो । तर अहिले ती सबै सुकेका छन् ।’

सुदूरपश्चिम प्रदेशका झण्डै २८ लाख जनताको स्वास्थ्यसँग जोडिएको सेती अञ्चल अस्पतालमा पानी अभाव हुँदा पनि सम्बन्धित निकायको रुपमा रहेको सामाजिक विकास मन्त्रालयले यसबारे खासै पहल गरेको छैन । 

अस्पतालमा उपचारको लागि आउने बिरामी प्रभावकारी औषधोपचार नपाउँदा सास्ती पाउने गरेका छन् । अस्पतालमा खानेपानी समस्या थपिएपछि सेवाग्राहीले नै सास्ती पाउन थालेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

जेठ ४, २०८१

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न दलहरूबीच सहमति जुट्न नसकेपछि प्रतिनिधि सभा बैठक शुक्रवार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ। शुक्रवार बिहान ११ बजेका लागि बोलाइएको बैठक पौने १ बजेको स...

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x