हिन्द महासागरको एक तटमा जम्मा भयो ४१ करोड प्लास्टिकका टुक्रा

एजेन्सी- हिन्द महासागरमा अस्ट्रेलियाको आसपासको केही द्वीपका तटहरूमा ठूलो मात्रामा प्लास्टिक जम्मा भएका छन् ।

महासागरका तटहरूमा १० लाख जुत्ता, पौने ४ लाख टूथ ब्रससहित करीब ४१ करोडभन्दा बढी प्लास्टिकका टुक्रा जम्मा भएका छन् । 


Advertisement

हालै गरिएको एक शोधमा यसबारे जानकारी दिइएको हो । शोधका अनुसार कोकस द्वीपमा करीब २३८ टन प्लास्टिकका फोहोर जम्मा भएका छन् । 

यो अध्ययन जरनल साइन्टिफिक रिपोर्ट्समा प्रकाशित भएको हो । 

संसारमा कतिमात्रामा प्लास्टिक प्रयोग हुन्छ भन्ने यसले स्पष्ट पार्छ । 

शोधमा संलग्न अस्ट्रेलियाका तस्मानिया विश्वविद्यालयका मरीन ऐंड अन्टार्कटिक स्टडीजका शोधकर्ता जेनिफर लावर्सले परम्परागत तरिकाबाट अनुमान गर्दै ४१ करोड ४० लाख प्लास्टिकका टुक्राको वजन २३८ टन हुन सक्ने बताएका हुन् । 

कमेन्ट गर्नुहोस्