×

NMB BANK
NIC ASIA

सफलतामा साथ

भलिबलकी राष्ट्रिय च्याम्पियन नेविका : माइतीदेखि ससुरालीसम्म खेलमय जीवन

जेठ ४, २०७६

NTC
Premier Steels

धनगढी – भलिबलकी अन्तर्राष्ट्रिय खेलाडी नेविका चौधरी (२७) लाई आफैंले हात पारेका अवार्ड र मेडलहरू औंला भाँची गन्नुपर्ने अवस्था छ । तर पनि उनले यकिनका साथ हिसाबकिताब भन्न सकिने अवस्था गुमाएकी छिन् ।

Muktinath Bank

अक्मकिँदै भनिन्, ‘क्षेत्रीय र जिल्ला लेबलको गेम त कति खेलियो, कति । पछिल्लो १४ वर्षयता मैले राष्ट्रिय र अन्तर्राष्ट्रिय गेम मात्रै खेलेकी छु । मेडल र अवार्ड पनि उत्तिकै जितेकी छु ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भनिन्छ – कुनै पनि व्यक्तिको सफलताको पछाडि उसको लगनशिलता र प्रतिभामा उसको वंशाणुगत गुण र हुनर पनि लुकेको हुन्छ रे ! हो त्यसै हुनरकै विशेषताले आज नेविका अन्तर्राष्ट्रिय स्तरमा पुगेकी छिन्भन्दा दुईमत नहोला ।


Advertisment
Nabil box
Kumari

कैलालीको कैलारी गाउँपालिका–७ बसन्ता माइती घर भएकी नेविकाका बुवा विष्णुप्रसाद चौधरी पनि भलिबलका राष्ट्रिय खेलाडी तथा प्रशिक्षक हुन् । आफ्नै बुवाको सिको गर्दै हाल उनी अन्तर्राष्ट्रिय खेलाडी तथा च्याम्पियन हुन सफल भएकी हुन् ।

Vianet communication

आफ्नो खेल जीवनको शुरूवाती अवस्थामा कैलाली जिल्लामा आयोजना हुने विभिन्न क्षेत्रीय तथा जिल्ला स्तरको प्रतियोगितामा सहभागिता जनाउने उनी २०६२ सालमा राष्ट्रिय स्तरको प्रतियोगिताको लागि छनौटमा परिन् । त्यसपछि लगातार २०६७ सालसम्म उनी सुदूरपश्चिम टीमबाट प्रतियोगितामा खेलिन् । आफ्नो टीमभित्र सधै ओपन स्पाइकरको भूमिका रहने उनले २०६५ सालमा काठमाडौंमा आयोजित ५ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम टीमलाई कास्य पदक दिलाइन् ।

खेलमा उत्कृष्ट क्षमता प्रदर्शनकै परिणाम स्वरुप उनलाई २०६७ सालमा सशस्त्र प्रहरी बल (एपीएफ) ले अफर गर्‍यो । सिपाहीमा कार्यरत उनी हालसम्म विभागीय टोली एपीएफबाटै राष्ट्रिय प्रतियोगिता खेल्दै आएकी हुन् ।

एपीएफबाट ३ दर्जन बढी राष्ट्रिय प्रतियोगिता खेलिसकेकी उनले महिला राष्ट्रिय भलिबल टोलीबाट ३ वटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेकी छिन् । सो राष्ट्रिय टोलीको प्रभावशाली खेलाडीको रुपमा रहेकी उनी सन् २०१४ मा आयोजित पहिलो साउथ एसियन वुमन भलिबल च्याम्पियनशिपमा दोस्रो स्थान, २०१६ मा आयोजित १२ औं सार्क प्रतियोगितामा तेस्रो स्थान र सन् २०१७ मा आयोजित सेन्ट्रल जोन भलिबल प्रतियोगिता आफ्नो टोली तथा मुलुकलाई दोस्रो स्थानमा पुर्‍याउन सफल भएकी हुन् । 

यसैबीच १४ वटा विधागत पुरस्कारमा ‘बेस्ट अवार्ड’ पाउन सफल भएको उनी बताउँछिन् । यति मात्रै नभई सन् २०१९ मा आयोजित छैठौं आईजीपी कपमा बेस्ट स्पाइकरको अवार्ड पाएको सुनाउँदै उनले हालै सम्पन्न ५ औं केएनपी राष्ट्रिय भलिबल प्रतियोगितामा ‘वुमन अफ द म्याच’ समेत हुन सफल भएको खुशी व्यक्ति गरिन् । उनले यसअघि नै ५ वटा राष्ट्रिय प्रतियोगितामा बेस्ट प्लेयरको अवार्ड हात पारिसकेकी थिइन् ।

‘बत्ती बालेर राति खेल्थ्यौं’

बाल्यावस्थादेखि खेलप्रति शौकिन नेविकाको भलिबलको गुरु नै उनको बुवा विष्णुप्रसाद हुन् । बुवामा रहेको भलिबलको नशा उनमा सरेको उनी आफैं स्वीकार्छिन् । बुवाको साथ पाएपछि उनी बुवासँगै दिनरात नभनी भलिबलमा रमाउँथिन् ।

बाल्यावस्थाको कुरा सम्झिँदा औधी रमाइलो लाग्ने बताउँदै उनी भन्छिन्, ‘बुवा नेपाल विद्युत् प्राधिकरणमा जागिरे हुनुहुन्छ । दिउँसो समय नभएपछि हामी राति पनि भलिबल खेल्थ्यौ । बुवा विद्युत्मा काम गर्ने हुँदा बत्तीको समस्यै थिएन । राति १ हजार वाटको बत्ती बालेर आँगनमै खेल्थ्यौ ।’

उनले भलिबलको अभ्यासको क्रममा छिमेकीलाई निकै सताएको र पछि छिमेकीले हसियाले भलिबल समेत फुटाइदिएको घटना अविश्मरणीय रहेको सुनाउँछिन् ।

‘सानो ठाउँमा अभ्यास गर्दा कसैको करेसाबारीमा बल पुग्थ्यो, त कसैको घरको भित्तामा बजारिथ्यो । जसले गर्दा छिमेकीबाट गाली नखाएको दिन सायदै हुन्थ्यो,’ उनले सुनाइन्, ‘१ दिन त झनै ठूलै दुर्घटनाबाट जोगियौं । सट हान्दा १ जना छिमेकीको नाकमा बल लाग्यो । उहाँको नाकमा रहेको सुनको फुली नै टुुट्यो । रिसले आगो हुनुभएकी उहाँले हाँसियाले हानेर बल नै फुटाइदिनुभयो ।’

सुदूरपश्चिम टोलीबाट खेल्दा  आफ्नो बुवाकै कोचबाट प्रतियोगिता खेलेको अनुभव समेत उनी सुनाउँछिन् ।

छोरीसँग खेल्ने बुवा

विष्णुप्रसाद आफ्नो सपना साकार भएको बताउँदै सन्तानप्रति गर्व गर्छन् । २०४२ देखि २०६२ सालसम्म राष्ट्रिय प्रतियोगितामा खेलेको अनुभव सुनाउँदै उनले २०६१ सालमा खेलबाट सन्यास लिएको बताए । तर २०४२ सालमा पहिलो पटक राष्ट्रिय प्रतियोगितामा खेल्दै गर्दा आफ्ना कुनै पनि सन्तानलाई भलिबलको अन्तर्राष्ट्रिय च्याम्पियन बनाएरै छोड्ने र १ दिन सन्तानसँगै प्रतियोगिता खेल्ने सपना बुनेका थिए । सो सपना आज उनका सन्तानले पूरा गरेका छन् ।

उनले अगाडि भने, ‘खेलबाट सन्यास त लिए । तर जेठी छोरी नेविकाले २०६२ सालमा राष्ट्रिय खेलमा सहभागिता जनाएपछि आफ्नै सन्यासलाई तोड्दै छोरीसँगै प्रतियोगिता खेले । मेरो सपना आज साकार भएको छ ।’

उनकी जेठी छोरी नेविका मात्रै होइन, विष्णुप्रसादका अन्य छोराछोरीले पनि खेलमै सफलता हासिल गरेका छन् । उनको माइली छोरी संगिता चौधरी ह्यान्ड बलकी अन्तर्राष्ट्रिय खेलाडी हुन् भने कान्छी छोरी संगम चौधरी बक्सिङकी राष्ट्रिय खेलाडी, छोरा आतिश चौधरी भलिबलको जुनियर राष्ट्रिय खेलाडी ।

खेलमा ससुरालीको साथ

विवाहपूर्व खेलमा परिवारको पूर्ण साथ सहयोग पाएकी उनले विवाहपश्चात् पनि उही गतिमा खेललाई निरन्तरता दिएकी छिन् । ससुराली परिवार पनि खेलाडीको मर्म र महत्त्व बुझ्ने पाएपछि उनको खेलप्रतिको उत्साह कायमै रहेको छ ।

२०७३ सालमा उनी विराटनगरका स्थानीय चन्दनकुमार सरदारसँग विवाह बन्धनमा बाँधिएकी हुन् । उनका पति फूटबल खेलका प्रशिक्षक हुन् । चन्दनकुमार पनि एपीएफमै आवद्ध भएको हुँदा उनीहरूको भेटघाट प्रेममा परिणत भयो । फलतः पश्चिमकी नेविका र पूर्वका चन्दनकुमार विवाह बन्धनमा बाँधिए ।

‘जसरी माइतीमा खेलमय दिनचर्या बित्थ्यो । उसैगरी खेल बुझ्ने नयाँ परिवारका साथपछि खेलमय जीवन बितिरहेको छ,’ उनले खुशी व्यक्त गरिन् ।

खेलबाट विश्राम लिने सोच

आफ्नो युवावस्था खेलमै गुजारेकी उनी अब भने विश्राम लिने मनस्थितिमा पुगेकी छिन् । पारिवारिक योजना तथा शारीरिक अवस्थाले साथ दिन छोडेको बताउँदै उनले यसै वर्षदेखि क्रियाशील खेल जीवनबाट विश्राम लिने बताइन् । तर जे गरेपनि स्वदेशमै गर्नुपर्ने बताउँदै उनले नयाँ खेलाडीलाई अवसर दिनुपर्ने र तिनीहरूकै लागि बाँकी समय पनि खर्चिने भावी योजना बनाउन थालेको बताइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x