×

NMB BANK
NIC ASIA

उपेन्द्र र बाबुरामको उद्घोष : १० जोड १ को लागि तराई-मधेशमा आन्दोलन हुन्छ

जेठ २१, २०७६

NTC
Premier Steels

धनगढी- समाजवादी पार्टी नेपालका अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले अन्ततः ११ प्रदेशको प्रादेशिक संरचना नै वैज्ञानिक रहेको भन्दै त्यसको लागि तराईमा संघर्ष हुने निश्चित रहेको उद्घोष गरेका छन् ।

Muktinath Bank

मंगलवार धनगढीमा कैलाली कञ्चनपुरका थारु अगुवा, मुक्तकमैया लगायतसँगको भेटघाटको क्रममा अध्यक्षद्वय यादव र डा. भट्टराईले सो कुरा उद्घोषण गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारका उपप्रधान एंव स्वास्थ्य तथा मन्त्री समेत रहेका अध्यक्ष यादवले भने, 'थरुहट आन्दोलन नितान्त राजनीतिक आन्दोलन हो । यसमा मेरो पनि संलग्न छ । टीकापुरमा कार्यक्रम गर्दाताका बाटोमा अवरोध हुँदा जंगलको बाटो भएर म पनि फर्केकै हुँ । यो मुद्धा राजनीतिक भएकोले फौजदारी न्यायको हिसाब कुनैपनि हालतमा निकास दिँदैन । राजनीतिक ढंगले नै निकास हुन्छ ।’


Advertisment
Nabil box
Kumari

उनले हालको ७ प्रदेशको प्रादेशिक संरचनाले पनि दिगो निकास दिन नसक्ने टिप्पणी गरे । नेपालमा थारु, मधेशी, दलित, जनजातिलगायत उत्पीडनमा परेका समुदायको माग मुद्धा सम्बोधन गर्न १० जोड १ प्रादेशिक संरचना नै वैज्ञानिक रहेकोले आफूहरू अझैपनि १० जोड १ प्रदेशको मान्यतामा आडिग रहेको बताएका हुन् । 

Vianet communication

मन्त्री यादवले अगाडि थपे, ‘हामीले प्राप्त उपलब्धीलाई संस्थागत गर्न र बाँकी संविधान संशोधन प्रक्रियाबाट हासिल गर्न सरकारमा गएका हौं । तर अझैपनि हाम्रो माग यथावत नै छ । संविधान संशोधन भएन भने तराई-मधेशमा आन्दोलन हुन्छ ।’

त्यस्तै उनले थारु समुदायमा देखा परेका सिकल एनिमिया र थेलेसिमिया रोगलाई प्राथमिकतामा राखेर सरकारले कार्यक्रम ल्याएको बताए । 

सो पार्टीका अर्का अध्यक्ष भट्टराईले हालसम्मको राजनीतिक परिवर्तनलाई अपूूरो क्रान्तिको संज्ञा दिदै सबै असन्तुष्ट पक्षको माग सम्बोधन गर्न १० जोड १ को प्रादेशिक संरचना उपयुक्त रहेको बताए । उनले हालै लोक सेवा आयोगले खुला गरेको विज्ञापनले हालसम्म भएका अधिकार प्राप्तिका संघर्षको विरुद्धमा रहेको खारेज गर्नुपर्ने बताए ।

भेटघाटमा थारु अगुवाहरूले अधिकार प्राप्तिको आन्दोलनको क्रममा भएको टीकापुर घटनालाई राजनीतिक रूपमा सम्बोधन गर्नुपर्ने, घटनाबारे अनुसन्धान गर्न गठित सर्वोच्च अदालतका पूर्व न्यायधीश गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, सिकलसेल रोग रोकथाम र मुक्तकमैया पुन:स्थापना तथा व्यवस्थापनबारे ध्यानाकर्षण गराएका थिए ।

त्यस्तै नेताद्वय यादव र भट्टराईको आजै प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x