×

NMB BANK
NIC ASIA

प्रतिपक्षी खबरदारी

सरकारलाई कांग्रेसको चेतावनी : काठमाडौंका जनता उठेपछि के हुन्छ हेक्का राख्नुस् !

जेठ ३०, २०७६

NTC
Premier Steels

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुठीको अस्थित्व समाप्त पारेर काठमाडौं उपत्यकाको सम्पदामाथि धावा बोल्ने काम नगर्न सरकारलाई चेतावनी दिएको छ । 

Muktinath Bank

काठमाडौंमा आन्दोलनको हुरी चल्न लागेको भन्दै समयमै गुठी विधेयक संशोधन गर्नेतर्फ लाग्न सरकारलाई कांग्रेसको सुझाव छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिनिधि सभाको बिहीवार बसेको बैठकको शुरूमै सभामुखसँग समय लिएर कांग्रेस केन्द्रीय सदस्य एवं सांसद भीमसेनदास प्रधानले अन्तर्राष्ट्रिय समुदायलाई चिनाएको भाषा संस्कृति र सम्पदामाथि सरकारले धावा बोलेको आरोप लगाएका हुन् । 


Advertisment
Nabil box
Kumari

‘सरकारलाई ज्ञान होला, काठमाडौंका जनता उठेपछि कुनै शक्तिले रोक्न सक्दैन, राणा शासन ढल्यो, २०४६ सालमा काठमाडौंका जनता उठ्यो र बहुदल आयो । प्रतिगमनको कुरामा साथ दिएको थिएन गणतन्त्रको नारा लागेपछि आन्दोलन उठ्यो र राजतन्त्र फ्याक्यो,’ पूर्व रक्षामन्त्री समेत रहेका प्रधानले भने, ‘हेक्का राख्नुस् केपी ओली सरकार ढल्ने चिन्ता होइन, हामीले ल्याएको संविधान डिरेल होला भन्ने चिन्ता हो ।’

Vianet communication

पृथ्वीनाराण शाहले काठमाडौंको राज्य जितेपछि पनि संस्कृतिमा धावा नबोलेको स्मरण गर्दै उनले समयमै विधेयक सच्चाउन माग गरे । ‘काठमाडौंमा आन्दोलनको हुरी चल्दैछ, बादल गर्जिंदैछ, कतै त्यो आन्दोलनले संविधान डिरेल नहोस् । यो विधेयक संशोधन गरेन भने आन्दोलन चर्किन्छ, त्यसले कहाँ पुर्‍याउन भन्न सकिन्न,’ प्रधानले भने ।

गुठी विधेयक संशोधन गर्ने सरकारको निर्णयको विरोधमा कांग्रेसले सदनमा लगातार आवाज उठाइरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x