×

NMB BANK
NIC ASIA

मुख्यमन्त्री कार्यालयमा ब्रह्मलुट : एक हातमा करार नियुक्ति, अर्को हातमा सवारी साधनको 'चाबी' !

जेठ ३१, २०७६

NTC
Premier Steels

जनकपुरधाम – प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले सुशासनको नारा दिएपनि उनकै कार्यालयमा सरकारी गाडी प्रयोगमा ब्रह्मलूट मच्चाइएको छ ।  

Muktinath Bank

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिवदेखि, स्वकीय सचिव र सचिवालयमा काम गर्ने करारका कर्मचारी समेतले सवारी सुविधा लिँदै आएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राउत आफू १ करोड ६२ लाख ५० हजार रुपैयाँको फर्चुनर गाडी चढ्छन् । उक्त विलाशी गाडी २०७५ असोज २४ गते मुख्यमन्त्री कार्यालयले किनेको हो ।


Advertisment
Nabil box
Kumari

मुख्यमन्त्री राउतका निजी सचिव, प्रमुख स्वकीय सचिव र सचिवालयमा रहेका समाजवादी पार्टी नेपालका नेताहरूले पनि चारपांग्रे देखि दुईपांग्रे सवारी साधन प्रयोग गर्ने गरेको पाइएको छ ।

Vianet communication

राउतका प्रमुख स्वकीय सचिव जितेन्द्रप्रसाद यादवले बा १ झ ९४२ नम्बरको निसान जीप चढ्दै आएका छन् । सो गाडी सेतो नम्बर प्लेटमा नै छ ।

‘म सहसचिव स्तरको मुख्यमन्त्री राउतको प्रमुख स्वकीय सचिव भएकाले सरकारी गाडी चढिरहेको हुँ,’ यादवले भने, ‘मुख्यमन्त्रीज्यूले पाउने सेवा सुविधासम्बन्धी कानून अनुसार नै सरकारी गाडी चढेको हुँ ।’

मुख्यमन्त्री राउतका अर्का स्वकीय सचिव दीपक यादवले पनि सरकारी गाडी दुरूपयोग गरिरहेका छन् । 

मुख्यमन्त्री राउतकै गृहजिल्ला पर्साका यादवले कानूनविपरीत गाडी चढ्दै आएका हुन् । उनले  बा २ झ २६१० नम्बरको पिकअप भ्यान चढिरहेका छन् । 

उनलाई सरकारी गाडी उपलब्ध गराउनुपर्ने कुनै नीतिगत व्यवस्था छैन । उनी समाजवादी पार्टी नेपाल, प्रदेश नम्बर २ का प्रदेश कमिटी सदस्य हुन् । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी पदमप्रसाद पोखरेल पनि स्वकीय सचिव यादवले सवारी सुविधा पाउनुपर्ने कुनै नीतिगत आधार नरहेको स्वीकार्छन् । 

‘प्रमुख स्वकीय सचिव सहसचिव स्तरको अधिकृत भएकाले गाडी दिइएको हो,’ पोखरेलले लोकान्तरसंग भने, ‘तर, अर्का स्वकीय सचिव दीपक यादवले कुन आधारमा सरकारी गाडी चढिरहनु भएको छ, त्यो थाहा भएन ।’ 

त्यसैगरी मुख्यमन्त्री राउतको सचिवालयमा रहेका समाजवादी पार्टी धनुषाका अध्यक्ष पशुपति यादवले पनि सरकारी सवारी साधन सुविधा पाएका छन् ।

१ लाख ६३ हजार ९ सय रुपैयाँमा किनिएको यमाहाको सरकारी मोटरसाइकल उनले चढिरहेका हुन् । त्यति मात्र कहाँ हो र, करारमा भर्ना गरिएका उनका सचिवालयका कर्मचारीहरू लक्ष्मण यादव र आतिश कुमार मिश्रले पनि सरकारी मोटरसाइकल चढ्दै आएका छन् । ती दुवै जनाको नियुक्ति नायव सुब्बा सरह कम्प्युटर अपरेटरमा भएको छ । 

दुवै जना धनुषाका स्थानीय पत्रकार पनि हुन् । मुख्यमन्त्री राउतको प्रेस सल्लाहकारका लागि दुवै जनाले दाबी गर्दै आएका थिए । तर राउतले उनीहरूलाई उक्त जिम्मेवारी नदिएर नायव सुब्बा बराबरको कम्प्युटर अपरेटरमा नियुक्त गरे ।

मुख्यमन्त्री राउत जाने प्रायःजसो कार्यक्रममा ती दुवै पत्रकार क्यामेरा लिएर पुग्ने गरेका छन् । मिश्र त  सिरहामा सम्पन्न भएको फोरम नेपालको प्रदेश नम्बर दुईको अधिवेशनमा प्रदेश कमिटी सदस्यका लागि उम्मेदवार समेत बनेका थिए । तर, उनी पराजित भए । 

उपसचिवलाई पनि गाडी !

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका जिन्सी फाँट प्रमुख नायव सुब्बा रामस्वार्थ महतोले दिएको जानकारी अनुसार प्रमुख सचिवदेखि उपसचिवसम्मले मन्त्रालयका लागि किनिएका चारपांग्रे गाडी चढ्दै आएका छन् ।

६१ लाख ८५ हजार रुपैयाँमा किनिएको ज १ झ ४४४ नम्बरको गाडी प्रमुख सचिव दीपक सुवेदीले चढिरहेका छन् ।

२०७५ साल असोज २४ गते ५३ लाख ९३ हजार ४ सय रुपैयाँमा किनिएका निसान कम्पनीका दुई गाडी सचिवका लागि छुट्ट्याइएको छ । ज१झ ४३१ र ज१झ ४३२ नम्बरको निसान गाडी सचिवले चढिरहेका छन् । 

त्यसैगरी स्थानीय शासन तथा सामुदायिक विकास केन्द्र सिंहदरबार काठमाडौंबाट हस्तान्तरण गरिएको बा२झ ४२०७ नम्बरको निसान पिकअप उपसचिव सुशील श्रेष्ठले चढ्दै आएका छन् ।

२०७५ साल पुस १३ गते हस्तान्तरण गरिएको उक्त गाडीको मूल्यांकन २१ लाख ४३ हजार ९ सय ६८ रुपैयाँ गरिएको छ ।

चारपांग्रे सवारी सुविधा सह–सचिवभन्दा तल्लो तहका कर्मचारीले पाउने व्यवस्था छैन । तर पनि उपसचिवले गाडी प्रयोग गरिरहेको देखिन्छ ।

२०७५ साल जेठ ३० गते क्षेत्रीय प्रशासन कार्यालय धनकुटा बाट हस्तान्तरण गरिएको को १ झ ४४४ नम्बरको निसान जीप जगेडामा राखिएको छ ।

जिन्सी फाँट प्रमुख महतोले भने, ‘मुख्यमन्त्री कार्यालयमा आकस्मिक केही काम परे कार्यालय प्रयोजनका लागि उक्त गाडी रिजर्भ स्वरूप जगेडामा राखिएको छ ।’

त्यही मितिमा निर्वाचन कार्यालय सिरहाबाट मन्त्रालयमा हस्तान्तरण भई आएको बा १ झा ७६१८ नम्बरको महेन्द्रा डबल क्याप गाडी कहाँ छ भन्ने कुराको अभिलेखमा उल्लेख गरिएको छैन । ७ लाख ७० हजार २ सय ९ रुपैयाँ मूल्य पर्ने भनेर मूल्यांकन गरिएको उक्त गाडी अहिले कसले प्रयोग गरिरहेको छ भन्ने पनि अभिलेखमा उल्लेख छैन ।

सिँचाइ विकास डिभिजन कार्यालय धनुषाबाट हस्तान्तरण गरिएको बा१झ ८३३५ र बा१झ ७६२१ नम्बरको महेन्द्र डबल क्याप गाडी आन्तरिक मामिला तथा कानून मन्त्रालयमा पठाइएको छ ।

२०७५ साल फागुन ९ गते बा२झ १९३२ र बा २ झ १०११ नम्बरको महेन्द्राको बोलेरो र अर्को टाटा सुमो गाडी प्रदेश प्रमुखको कार्यालयमा पठाइएको छ । मुख्यमन्त्री कार्यालयले उक्त गाडी प्रदेश प्रमुखको कार्यालयमा पठाएको अभिलेखमा उल्लेख रहेको भएपनि ती गाडी कुन ठाउँबाट त्यस मन्त्रालयमा हस्तान्तरण भई आएको भन्नेबारे केही उल्लेख छैन ।

२०७५ साल फागुन १० गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट हस्तान्तरण भई आएको बा २ झ १२८४ नम्बरको टाटा जेनस पिकअप सामाजिक विकास मन्त्रालयमा पठाइएको छ । फेरि फागुन २५ गते प्रधानमन्त्रीको कार्यालयबाट हस्तान्तरण भई आएको बा २ झ ९०३ नम्बरको टाटा सफारी आर्थिक मामिला तथा योजना मन्त्रालयमा पठाइएको छ । 

नम्बर प्लेट उल्लेख नभएको तथा बिग्रेको अवस्थामा रहेको टोयटा ल्याण्ड क्रुजर र मित्सुबिसीको बा १ झ ४३५३ नम्बरको पजेरो जीप २०७५ साल चैत्र १ गते प्रदेश नीति आयोगको कार्यालयमा पठाइएको छ ।

बा १ झ ८५६६ नम्बरको टाटा पिकअप २०७५ साल चैत्र २२ गते प्रदेश सभा सचिवालयलाई हस्तान्तरण गरिएको छ । त्यसैगरी संघीय सरकारको शिक्षा मन्त्रालयबाट हस्तान्तरण भई आएको बा १ झ ४०५ नम्बरको टोयटा गाडी पनि सोही मितिमा प्रदेश सभा सचिवालयलाई हस्तान्तरण गरिएको छ ।

उपसचिवदेखि सवारी चालकसम्मलाई मोटरसाइकल स्कूटर 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कुल १५ वटा मोटरसाइकल किनेको छ । ती मोटरसाइकल मन्त्रालयका कर्मचारीले चढ्दै आएका छन् ।

हलुका सवारी चालक, खरदार, नायब सुब्बादेखि उपसचिव तहसम्मका मन्त्रालयका कर्मचारीहरूले ती मोटरसाइकल चढ्दै आएका छन् ।

२ लाख ९ हजार ९ सय रुपैयाँ पर्ने यामाहाका मोटरसाइकल ५ वटा किनिएको छ । ती ५ मोटरसाइकल शाखा अधिकृतहरू विपिनकुमार ठाकुर, श्यामसुन्दर महतो, कम्प्युटर अधिकृत धनन्जय सिंह, नायव सुब्बाहरू रामस्वार्थ महतो र रामसुदिष्ट महतोले चढिरहेका छन् ।

त्यसैगरी १ लाख ६३ हजार ९ सय रुपैयाँका दरले किनिएका १० वटा मोटरसाइकल पनि कर्मचारीले चढ्दै आएका छन् ।

उपसचिव दिलिप प्रधान, लेखा अधिकृत जितेन्द्र यादव, शाखा अधिकृत कृष्ण कुमार मिश्र, कम्प्युटर अपरेटर सतिश सिंह, रामप्रसाद महतो, लक्ष्मण यादव, आतिषकुमार मिश्र, खरदार जितमोहन दास, प्रमुख सचिवका सवारी चालक नागेन्द्र महतोले मोटरसाइकल चढ्दै आएको देखिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

फागुन ४, २०८०

बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोप लागेका नेपाली कांग्रेसका सांसद तथा डलर अर्बपति विनोद चौधरी केही दिनअघि भारत हानिए । ५ दिनअगाडि उनले भारतका केन्द्रीय जलशक्ति मन्त्री गजेन्द्र सिंह शेखावतसँग ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x