×

NMB BANK
NIC ASIA

किन बन्छन् ह्वारह्वार्ती नेपाली चलचित्र?

कात्तिक २०, २०७४

NTC
Premier Steels
नेपाली चलचित्र क्षेत्रको बजार त्यति सुखद छैन । सुखद होस् या नहोस्, नेपाली चलचित्र बजारले विश्व बजारको सपना देखेको छ ।

विश्वभर छरिएर रहेका नेपालीबीच भने केही चलचित्रले आफ्नो उपस्थिति जनाउने मौका पाएका छन् । वाहवाही पनि पाइरहेका छन् । धेरैजसो चलचित्रले हलमा राम्रो व्यापार गर्नु त परैको कुरा लगानी समेत उठाउन सक्दैनन् । फिल्म बनाएर लगानी समेत उठाउन नसक्ने स्थितिमा पनि नेपालमा भने चलचित्र निर्माणको बाढी रोकिएको छैन । बरू चलचित्र अझ धेरै बन्ने क्रम जारी छ ।

लामो समय रंगमञ्चको अनुभव सँगालेका भाजु महेश नेपाली चलचित्रको संख्या बढ्नु तर स्तर नबढ्नुको कारण ठ्याक्कै यही भनेर भन्न सकिने स्थिति नरहे पनि केही चलचित्रले पाएको सफलतालाई आधार मानेर अरू निर्माताले फिल्म निर्माण गरेको कारण बताउँछन् ।

त्यसो त बिस्तारै स्तरीय चलचित्र बन्ने ‘फेज’ पनि शुरु भएको छ । नेपाली चलचित्रकर्मीले आफ्नो स्टार भ्याल्युलाई बढाउँदै गएका छन् । अभिनयको माध्यमबाट कलाकर्मीले चलचित्रमा आफ्नो भविष्य खोज्न थालेका छन् ।

कुनै समयमा नेपालमा एकदमै कम चलचित्र निर्माण हुन्थे । निर्माण भएका प्रायः सबै चलचित्र सफल हुन्थे । कारण थियो, नेपाली चलचित्रप्रतिको प्रेम । अर्को एउटा कारण भनेको त्यसबेला मनोरञ्जनका साधनको कमी थियो । अहिले भने नेपाली चलचित्रको ‘आन्तरिक प्रतिस्पर्धा’ धेरै छ ।

थोरै बजेटमा पनि राम्रा चलचित्र बन्न थालेका छन् । ठूला बजेटका चलचित्रले पनि नेपालमा बजारको आँकलन गरेर चलचित्र बनाउन हौसिएका छन् ।

तर निर्माण भएका चलचित्रमा धेरै चलचित्र ‘फ्लप’ हुन्छन् । केही चलचित्रले लगानी पनि उठाउँछन् । केहीले फाइदा समेत कमाउँछन् ।

पछिल्लो समय नेपाली सिनेमाको धार आफ्नै गतिमा बगेको छ । चलचित्रमा नयाँ स्वादको खोजी हुन थालेको छ । चलचित्रले लगानी नउठाएपनि निर्माणक्रम भने बरू बाक्लो बन्दै जाला । तर पातलो हुने पक्षमा छैन ।

‘चलचित्र धेरै बन्नुको कारण प्रायः विदेशमा बस्नेले फिल्ममा लगानी गर्ने प्रचलन बढ्नुले पनि हो,’ उनी भन्छन्, ‘साथी तथा चिनेको निर्देशकको भरमा हावादारीमा फिल्म बनाउनुले पनि चलचित्र स्तरीय बन्न सक्दैन ।’

कम बजेटमा स्पष्ट खाकाविना बनाएका चलचित्र सेन्सर पास होइन, हलबाट पनि छिटो नै पास भइरहेका हुन्छन् । निर्माता तथा निर्देशक ‘क्वालिटी’ मा भन्दा ‘क्वान्टिटी’ मा जोड दिएको जस्तो चलचित्र वृत्तमा देखिन्छ ।

चलचित्र ‘दसगजा’, ‘भीमदत्त’जस्ता चलचित्र निर्माण गरेका निर्माता तथा नायक नवल खड्का मिडियामा छाउन पाइन्छ भनेर नै नयाँ निर्माताहरू चलचित्र क्षेत्रमा होमिएको बताउँछन् । ‘निर्माताहरू मिडिया हाइपका लागि लगानी गर्नुहुन्छ । नबुझी बनाएका चलचित्रले फिल्मको गुणस्तरमा सम्झौता गर्छन्,’ उनी भन्छन्, ‘चलचित्रमा रहरै रहरमा लाग्ने प्रवृत्तिले पनि नेपाली चलचित्र राम्रा बन्न नसकेका हुन् ।’

चलचित्र ‘डाइङ क्यान्डल’ निर्देशन गरेका निर्देशक नरेश कुमार केसीको तर्क भने बेग्लै छ । उनी नेपाली चलचित्रमा निर्माताको भन्दा लगानीकर्ताको जगजगी धेरै भएको बताउँछन् ।

‘नेपालमा चलचित्र त बनाइन्छन् तर यहाँ लगानीकर्ता छन्, उनीहरूलाई हामी निर्माता भन्छौं,’ उनी स्पष्ट पार्छन्, ‘निर्माताको पनि आफ्नै कोर्स हुन्छ । पढेर, फिल्म बुझेर मात्र निर्माताले चलचित्र निर्माण गर्छन् । यहाँ त गोजीमा पैसा भयो भने निर्माता बन्ने चलन छ ।’

पैसा हुँदैमा निर्माता बन्न नसकिने केसीको राय छ । ‘निर्माताले फिल्म बुझ्नुपर्छ । फिल्म नबुझी बनाउँदा लगानी डुब्छ,’ उनी थप्छन्, ‘लगानी नै नगर्नुस् भन्न खोजेको होइन । समय, लगानी, सीप र विकासको सही प्रयोग गर्नुस् । अनि त पूरै नेपाली चलचित्रको बजार राम्रो बन्छ ।’

निष्कर्षतः नेपाली चलचित्र धेरै बन्नु तर चलचित्रको भीडमा नै हराउनु, कुनै चलचित्र रिलिज समेत हुन नपाउनु, मिडियामा प्रचार भएका चलचित्रले पनि चाहेअनुसारको व्यापार गर्न नसक्नुको कारण ‘सोचाइको उत्पादन’ हुन नसक्नु भन्ने बुझिन्छ ।

बरू कम चलचित्र बनाउने र राम्रा चलचित्र समेत बनाउने हो भने चलचित्रले विश्वबजारमा समेत आफ्नो बलियो उपस्थिति देखाउन सक्छ ।

फिल्म नबुझेका निर्माताले पैसा खर्च गरेको भरमै राम्रो फिल्म बन्छ भन्नुभन्दा पनि कसरी राम्रो बनाउन सकिन्छ भन्ने कुरालाई ध्यान दिएर फिल्म निर्माण गर्नुपर्ने हुन्छ ।

तर नेपालमा भने बजेट हुँदैमा आँखा चिम्लेर फिल्म बनाउने प्रवृत्तिले स्तरीय चलचित्र त बन्दैन नै, बनेका स्तरीय चलचित्रलाई समेत असर गर्ने गर्दछ । बरु केही समय खर्चेर पूर्ण योजनासहित चलचित्र निर्माण गर्दा सम्पूर्ण चलचित्र क्षेत्रको विकासका लागि टेवा पुग्छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x